मुख्य समाचार
दक्षिण कोरिया र चीनले औद्योगिक आदान-प्रदान, प्रविधि, वातावरणलगायत विभिन्न क्षेत्रमा सहकार्यका लागि १४ वटा समझदारी पत्र (एमओयू)मा हस्ताक्षर
दक्षिण कोरिया र चीनले औद्योगिक आदान-प्रदान, प्रविधि, वातावरणलगायत विभिन्न क्षेत्रमा सहकार्यका लागि १४ वटा समझदारी पत्र (एमओयू)मा हस्ताक्षर

: दक्षिण कोरिया र चीनले औद्योगिक आदान-प्रदान, प्रविधि, वातावरणलगायत विभिन्न क्षेत्रमा सहकार्यका लागि १४ वटा समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरेका छन्। सोमबार बेइजिङमा दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच भएको शिखर भेटवार्ताका अवसरमा यी समझदारीपत्रमा हस्ताक्षर गरिएको हो। दक्षिण कोरियाको राष्ट्रपति कार्यालय चेओङ वा डेले यसबारे जानकारी दिएको छ।

१४ वटा एमओयूसँगै दक्षिण कोरियामा रहेका चिनियाँ ऐतिहासिक सांस्कृतिक सम्पदा चीन फर्काउनेसम्बन्धी छुट्टै सम्झौता पनि गरिएको छ। यसले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने सियोल र बेइजिङको साझा प्रयासलाई उजागर गरेको छ। राष्ट्रपति लीले चीनसँगको सम्बन्ध स्थिर रूपमा व्यवस्थापन गर्दै अमेरिका–दक्षिण कोरिया सुरक्षा गठबन्धनलाई सुदृढ राख्ने ‘व्यावहारिक कूटनीति’लाई अघि बढाइरहेका छन्।


सम्झौतामध्ये दक्षिण कोरियाको व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच नियमित संवाद संयन्त्र स्थापना गर्ने एमओयू पनि छ, जसले दुई देशबीचको व्यापारिक सहकार्यलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।



प्रविधि क्षेत्रमा विज्ञान तथा प्रविधि नवप्रवर्तनमा सहकार्य गर्ने र डिजिटल प्रविधि सहयोगसम्बन्धी छुट्टाछुट्टै एमओयूमा हस्ताक्षर गरिएको छ। त्यस्तै, सम्भावनायुक्त स्टार्टअप खोजी तथा विकास गर्ने, नयाँ प्रविधि प्रयोग गरी बौद्धिक सम्पत्ति अधिकार (आईपी) संरक्षणको आधार तयार गर्ने र आयात-निर्यातसँग सम्बन्धित आईपी उल्लङ्घनविरुद्ध कानुन कार्यान्वयन सुदृढ गर्ने विषयमा पनि सहमति भएको छ।

खाद्य सुरक्षा तथा मत्स्य, पशु र वनस्पति क्वारेन्टाइन प्रक्रियासम्बन्धी अतिरिक्त एमओयूहरू पनि हस्ताक्षर भएका छन्। वातावरणीय क्षेत्रमा, जलवायु परिवर्तनजस्ता विषयमा मन्त्रीस्तरीय तथा कार्यस्तरीय नियमित बैठक गर्ने एमओयूमा सहमति भएको छ। यसले वायुप्रदूषण (सूक्ष्म धुलो) जस्ता सीमित मुद्दाभन्दा बाहिर गएर द्विपक्षीय सहकार्यको दायरा विस्तार गर्ने लक्ष्य राखेको छ।

यातायात सहकार्यसम्बन्धी सम्झौताअन्तर्गत स्थल यातायात, सडक, रेल तथा भविष्यका यातायात प्रविधिमा सहकार्य गर्ने र कार्यस्तरीय परामर्श संयन्त्र स्थापना गर्ने योजना समेटिएको छ। राष्ट्रपति लीको राजकीय भ्रमणकै अवसरमा दक्षिण कोरियाको काङ्सोङ कला तथा संस्कृति प्रतिष्ठानले सन् १९३३ मा खरिद गरी आफ्नो सङ्ग्रहमा राखेका छिङ राजवंशकालीन दुई ढुंगे सिंहका मूर्ति चीन फर्काइने भएको छ। यसलाई औपचारिकता दिन दक्षिण कोरियाको राष्ट्रिय संग्रहालय र चीनको राष्ट्रिय सांस्कृतिक सम्पदा प्रशासनबीच प्रमाणपत्रमा हस्ताक्षर गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...
: स्पेनमा दुई तीव्र गतिका रेल एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। रोयटर्सका अनुसार बिहान ९ बजे भएको दुर्घटनामा रेन्फे र इरियो कम्पनीका रेलहरू आपसमा ठोक्किएका हुन्। दुर्घटनाका कारण इरियो रेलका दुई वटा डिब्बा पटरीबाट बाहिर खसेको बताइएको छ। अधिकारीहरूले दुर्घटनाको कारण र घाइतेहरूको यकिन तथ्यांक संकलन गरिरहेका छन्।
: रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा मानवीय सहायता पुर्‍याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सीमित युद्धविराम सुरु भएको छ । खाद्यान्न, पानी र विद्युत् अभावमा रहेका स्थानीय बासिन्दा बाँच्नका लागि बगैँचामा उम्रिएका झारपात पकाएर खान बाध्य भएको बीबीसीले जनाएको छ । युक्रेनी अधिकारी र रुसी रक्षा मन्त्रालयले युद्धविराम पालना भइरहेको बताएका छन्। अमेरिकी प्रथम महिला ...
: बेलायतका राजा चार्ल्स तृतीयले क्यारिबियन क्षेत्रको भ्रमणका क्रममा दास व्यापार र औपनिवेशिक शासनको पीडादायी इतिहास स्वीकार गर्ने भएका छन् । तर, बेलायतको दास व्यापारमा रहेको भूमिकाका लागि औपचारिक माफी माग्ने वा क्षतिपूर्ति दिने योजना भने नरहेको जनाइएको छ । नौदिने क्यारिबियन भ्रमणका क्रममा राजा चार्ल्स पहिलोपटक राष्ट्रप्रमुखका रूपमा बहामास पुगेका हुन् । भ्रमणका क्रममा उनले ...