: नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ । ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा केही समयमा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्न लागेको हो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार हिजोको बैठकले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा कांग्रेसले अन्य राजनीतिक दलहरुसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गरेको छ।
आजको बैठकले उम्मेदवारको नामावली टुंग्याउने छ। आगामी माघ ११ गते १८ सिटको लागि राष्ट्रियसभाको निर्वाचन हुँदैछ। राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमको पनि एक सिट रिक्त हुँदैछन्। १८ सिटको लागि हुन लागेको निर्वाचनमा कांग्रेस र एमालेबीच सिट संख्यामा पनि सहमति भइसकेको छ।