मुख्य समाचार
ओलीले एकै पटक प्रतिनिधिसभा सदस्य निर्वाचन हुनेमा आशंका व्यक्त
ओलीले एकै पटक प्रतिनिधिसभा सदस्य निर्वाचन हुनेमा आशंका व्यक्त

— एमाले अध्यक्ष केपी शर्मा ओलीले एकै पटक प्रतिनिधिसभा सदस्य निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकमा ओलीले यस्तो बताएका हुन्।

अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले निर्वाचनमा कसरी जाने भन्नेबारे नेतृत्वबीच छलफल भइरहेको बताए। उनले अध्यक्ष ओलीले बाह्य रूपमा निर्वाचनको माहोल बनेको र त्यसअनुसार तयारी गर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको पनि बताए। भट्टका अनुसार ओलीले आगामी निर्वाचनलाई आन्दोलनकै रूपमा लिनुपर्ने बताएका थिए।

ओलीले सरकारको गतिविधि र देशमा भइरहेको साम्प्रदायिक घटनाले निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्योलता सिर्जना गरेको पनि बैठकमा बताएका थिए। भट्टले भने, ‘चुनावमा कसरी जाने, के गर्ने भन्ने कुरा नेतृत्वबीच छलफल हुनु स्वाभाविक नै हो। बाह्य रूपमा वातावरण बनेको जस्तो छ, त्यसको तयारी हामीले गर्नुपर्छ।’

ओलीले निर्वाचन हुन्छ कि हुँदैन भन्नेमा अन्योल रहेको भन्दै चुनाव एकै पटक नभई खण्ड–खण्डमा हुन सक्ने र यसबारे मनोवैज्ञानिक रूपमा तयार रहन निर्देशन दिएको पनि भट्टले बताए।

सचिवालय बैठकमा ओलीले एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू आफैं निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्र गरिरहेको दाबी पनि सुनाएका थिए। तर यस्तो षड्यन्त्र ठ्याक्कै कसले र कसरी गरिरहेको छ भन्नेबारे भने केही खुलाएनन्।

एमालेले चुनावमा भाग लिनका लागि समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाइसकेको छ। यद्यपि ओलीले सार्वजनिक रूपमा भने चुनाव नहुने शंका दोहोर्‍याइरहेका छन्। १५ पुसमा राजधानीमा आयोजित पार्टीको कार्यक्रममा पनि ओलीले चुनावको वातावरण नबनेको र नेताहरूलाई लखेट्ने काम भइरहेको बताएका थिए। उनले भनेका थिए, ‘चुनावमा एमाले–कांग्रेसबाहेकले सरकार बनाउँछ? सम्भव यो कुरा हो? यस्तो कुरा पत्याएर प्रधानमन्त्री हुन लाग्ने?’

ओलीले राजनीतिक अभिव्यक्तिमा चुनावबारे बदलिदो दृष्टिकोण सार्वजनिक गरिरहेपनि एमाले चुनावमा होमीइसकेको देखिन्छ । आइतबार मात्रै आयोगले गुन्डुस्थित ओली निवासमै पुगेर उनको बयान लिएलगत्तै उनको स्थानहद फुकुवा भइसकेको छ ।



एमालेले अध्यक्ष ओलीलाई लगाएको स्थानहद र पासपोर्ट रोक्का फुकुवा हुनबित्तिकै चुनावी अभियानलाई तीव्रता दिने आन्तरिक तयारी गरेको थियो । त्यसअघि एमालेले संसद पुन:स्थापनालाई पहिलो र निर्वाचनलाई दोस्रो प्राथमिकतामा राखेको थियो ।

एमालेले पुस २६ भित्र प्रत्यक्ष उम्मेदवारको सफारिस गर्न निर्देशन दिइसकेकोछ । पुस २० भित्र जिल्लाको पालिका कमिटीले जिल्लालाई, २४ भित्र जिल्लाले प्रदेश र २५ भित्र प्रदशेले केन्द्रीय कमिटीलाई प्रत्यक्ष उम्मेदवारको सिफारिस गर्न निर्देशन गरिसकेको छ । त्यही निर्देशनअनुसार पालिका कमिटीहरुले सम्भावित उम्मेदवार छान्ने प्रक्रिया तीव्र बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित मधेशी आयोग र मुस्लिम आयोगमा पुगी आयोगका पदाधिकारीहरुसँग भेटघाट तथा समसामयिक विषयमा छलफल गरेका छन् । मन्त्री अर्याललाई ललितपुर जावलाखेलमा रहेको मुस्लिम आयोगमा आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलि तथा आयोगका अन्य पदाधिकारीहरुले र मधेशी आयोग ज्वागलमा आयोगका कार्यवाहक अध्यक्ष जीवछ साह तथा आयोगका अन्य पदाधिकारीहरुले स्वागत गरे । पछिल्ला दिनमा तराई मधेशका ...
— धरानका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आगामी प्रतिनिधिसभा चुनाव सुनसरी क्षेत्र नम्बर १ बाट उठ्ने भएका छन् । बुधबार सामाजिक सञ्जालबाट मेयर साम्पाङले आफू सुनसरी १ बाटै उठ्ने घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु ! जय माटो ! ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङहरुले अझै बीस वर्ष निर्वाचन नजित्ने दाबी गरेका छन् । पार्टीमा आवद्ध नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी प्रहरी संगठन (नेपोन)ले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उक्त जिकिर गरेका हुन् । अध्यक्ष ओलीले मुलुकमा निर्वाचन भए एमालेले जित्ने पनि बताए । उनले ...
— पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव प्रकाशमणि शर्माको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । काठमाडौं महानगरपालिका वडा नं. १८ निवासी भेषराज लुइँटेलले कोष र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई विपक्षी बनाउँदै बुधबार रिट दर्ता गरेका हुन् । रिट बिहीबारका लागि पेसी सूचीमा तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी ...
— धनकुटामा दुई फरक स्थानमा महिला र पुरुषको शव फेला परेको छ । सहिदभूमि गाउँपालिका–७ मा महिला र महालक्ष्मी नगरपालिका–१ मा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । दुवै शवको पहिचान भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटा स्रोतका अनुसार शव फेला पर्नेमा सहिदभूमि–७ गैरीगाउँकी ४४ वर्षीया पूर्णिमा मगर र महालक्ष्मी नगरपालिका–१ का ४३ वर्षीय ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम