मुख्य समाचार
सशस्त्र प्रहरीको गोली लागेर सिटी सफारी चालक विजय साहको मृत्यु भएको घटनापछि प्रहरीमा व्यापक हेरफेर
सशस्त्र प्रहरीको गोली लागेर सिटी सफारी चालक विजय साहको मृत्यु भएको घटनापछि प्रहरीमा व्यापक हेरफेर

: सुनसरीको कोशी गाउँपालिका–लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर सिटी सफारी चालक विजय साहको मृत्यु भएको घटनापछि प्रहरीमा व्यापक हेरफेर भएको छ। सशस्त्र प्रहरी बलको ४ नम्बर गण, सुनसरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सहित बोडर आउट पोस्ट लौकहीमा कार्यरत सबै ३६ जना सशस्त्र प्रहरीलाई तानिएको छ ।

घटनापछि सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकले छुट्टै छानबिन समिति गठन गरेको हो।


स्थानीयवासीहरू आक्रोशित भई विरोध प्रदर्शनमा उत्रिएपछि ४ नम्बर गण सुनसरीका गणपति एसपी निर्मल कुमार थापालाई सशस्त्र प्रहरी बलको बराह बाहिनी, पकलीमा तानिएका छन् ।


थापाको स्थानमा सशस्त्र प्रहरीका अर्का एसपी ज्ञानमणि पौडेललाई खटाइएको पकलीका बाहिनीपति डिआईजी कुमार न्यौपानेले जानकारी दिए ।

त्यस्तै, बोडर आउट पोस्ट लौकहीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक मनिष कटवालसहित ३५ जना सशस्त्र प्रहरीको सेट नै परिवर्तन गरिएको छ । कटवालको स्थानमा नयाँ सशस्त्र प्रहरी निरीक्षक भुपाल खड्का सहित ३५ जना प्रहरी लौकहीमा खटाइएको डिआईजी न्यौपानेले बताएका छन् ।

साहमाथि गोली प्रहार गर्ने सशस्त्र प्रहरी हबल्दार नवराज खतिवडालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेबेले जानकारी दिए ।

गत बुधबार राति कोशी गाउँपालिका–लौकहीस्थित सशस्त्र प्रहरी बलको ३ नम्बर पोस्ट नजिक भारतबाट तस्करीको चिनी लिएर नेपालतर्फ आउँदै गरेका साहलाई ड्युटीमा रहेका सशस्त्र प्रहरी हबल्दार खतिवडाले गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो।

घटनापछि सशस्त्र प्रहरी प्रधान कार्यालयले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रबिनराज कर्णजितको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्का र राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका अनुसन्धान अधिकृत सदस्य रहेको अर्को तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । दुबै समितिले घटनाको गहिरो छानबिन गरिरहेको जनाएका छन् ।

सशस्त्र प्रहरीले भारतबाट तीनवटा अटो र एउटा सिटी सफारी नेपालतर्फ आउँदै गर्दा अगाडिको अटोबाट सशस्त्र प्रहरीलाई लक्षित गरी गोली प्रहार भएपछि आत्मरक्षाका लागि जवाफी फायरिङ गर्नुपरेको दाबी गरेको छ । घटनापछि सशस्त्र प्रहरीमाथि मुद्दा दर्ता हुनु र सामूहिक सरुवा गरिनुले फिल्डमा कार्यरत प्रहरीको मनोबल घट्ने भन्दै केही सशस्त्र प्रहरी कर्मचारीले असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित मधेशी आयोग र मुस्लिम आयोगमा पुगी आयोगका पदाधिकारीहरुसँग भेटघाट तथा समसामयिक विषयमा छलफल गरेका छन् । मन्त्री अर्याललाई ललितपुर जावलाखेलमा रहेको मुस्लिम आयोगमा आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलि तथा आयोगका अन्य पदाधिकारीहरुले र मधेशी आयोग ज्वागलमा आयोगका कार्यवाहक अध्यक्ष जीवछ साह तथा आयोगका अन्य पदाधिकारीहरुले स्वागत गरे । पछिल्ला दिनमा तराई मधेशका ...
— धरानका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आगामी प्रतिनिधिसभा चुनाव सुनसरी क्षेत्र नम्बर १ बाट उठ्ने भएका छन् । बुधबार सामाजिक सञ्जालबाट मेयर साम्पाङले आफू सुनसरी १ बाटै उठ्ने घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु ! जय माटो ! ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङहरुले अझै बीस वर्ष निर्वाचन नजित्ने दाबी गरेका छन् । पार्टीमा आवद्ध नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी प्रहरी संगठन (नेपोन)ले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उक्त जिकिर गरेका हुन् । अध्यक्ष ओलीले मुलुकमा निर्वाचन भए एमालेले जित्ने पनि बताए । उनले ...
— पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव प्रकाशमणि शर्माको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । काठमाडौं महानगरपालिका वडा नं. १८ निवासी भेषराज लुइँटेलले कोष र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई विपक्षी बनाउँदै बुधबार रिट दर्ता गरेका हुन् । रिट बिहीबारका लागि पेसी सूचीमा तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी ...
— धनकुटामा दुई फरक स्थानमा महिला र पुरुषको शव फेला परेको छ । सहिदभूमि गाउँपालिका–७ मा महिला र महालक्ष्मी नगरपालिका–१ मा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । दुवै शवको पहिचान भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटा स्रोतका अनुसार शव फेला पर्नेमा सहिदभूमि–७ गैरीगाउँकी ४४ वर्षीया पूर्णिमा मगर र महालक्ष्मी नगरपालिका–१ का ४३ वर्षीय ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम