मुख्य समाचार
समानुपातिक उम्मेदवारको बन्दसूची : दलले फिर्ता लिन मिल्दैन, व्यक्ति आफैंले निवेदन दिनुपर्छ
समानुपातिक उम्मेदवारको बन्दसूची : दलले फिर्ता लिन मिल्दैन, व्यक्ति आफैंले निवेदन दिनुपर्छ

— के दलहरूले आफुखुशी बन्दसूचीबाट उम्मेदवारको नाम हटाउन सक्छन्? निर्वाचन आयोगले यस्तो सूचीबाट सम्बन्धित राजनीतिक दलले आफूखुसी कसैको नाम फिर्ता लिन नमिल्ने जनाएको छ।

काठमाडौं – समानुपातिक उम्मेदवारको बन्दसूचीमा नाम भएका केहीले आफूले नाम फिर्ता लिएको घोषणा गरिरहेका बेला धेरैको जिज्ञासा छ—के दलहरूले बन्दसूचीबाट उम्मेदवारको नाम हटाउन सक्छन्? निर्वाचन आयोगले यस्तो सूचीबाट सम्बन्धित राजनीतिक दलले आफूखुसी कसैको नाम फिर्ता लिन नमिल्ने जनाएको छ।

आयोगकी सहायक प्रवक्ता तथा उपसचिव सीता पुन श्रीसले निर्वाचन कार्यतालिका अनुसार बन्दसूचीबाट कुनै उम्मेदवारले नाम फिर्ता लिन चाहेमा २८ पुसमा निवेदन दिन पाउने र आफ्नो नाम फिर्ता लिने अधिकार सम्बन्धित उम्मेदवारलाई मात्रै रहेको बताइन्। उनले नाम फिर्ताका लागि तोकिएको मितिमै निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्ने स्पष्ट पारिन्।

उनले राजनीतिक दलले आफूखुसी बन्दसूचीमा नाम हटाउने वा हेरफेर गर्न नमिल्ने बताउँदै बन्दसूचीको जाँचका क्रममा आयोगले औंल्याएको त्रुटिबाहेक अन्य कारणले दलले नाम परिवर्तन गर्न नपाउने जानकारी दिइन्।

समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीमा रहेका कतिपय उम्मेदवारले सामाजिक सञ्जालमार्फत नाम फिर्ता लिएको घोषणा गरेका छन्। मुख्य रूपमा रास्वपाका सात जनाले उम्मेदवारी फिर्ताको घोषणा गरेका छन्। आयोगका अनुसार बन्दसूचीबाट नाम हटाउन चाहने उम्मेदवारले निर्वाचन अधिकृतसमक्ष उपस्थित भएर निवेदन दिनुपर्छ। प्रतिनिधिसभा सदस्य समानुपातिक निर्देशिकाअनुसार नाम फिर्ता लिन चाहने व्यक्तिले अनुसूची–१८ बमोजिम निवेदन दिनुपर्छ, जसको ढाँचा निर्देशिकामा उल्लेख छ। त्यसरी दिएको निवेदन फिर्ता लिन पाइँदैन।


पेस गरिएको बन्दसूचीमा आयोगले औंल्याएको त्रुटि सच्याएर राजनीतिक दलले उम्मेदवारको बन्दसूची २१ देखि २७ पुसभित्र बुझाउनुपर्नेछ। त्यसपछि मात्रै उम्मेदवारले नाम फिर्ता लिन पाउनेछन्। उम्मेदवारले नाम फिर्ता लिएपछि त्यसको जानकारी आयोगले २९ पुसमा सम्बन्धित राजनीतिक दललाई गराउनेछ। उम्मेदवारले फिर्ता लिएका कारण रिक्त रहेको स्थानमा अर्को उम्मेदवारको नाम पठाउन ३० पुसदेखि २ माघसम्मको समय तोकिएको छ।

४ माघमा आयोगले बन्दसूचीको नामावली प्रकाशन गर्नेछ। बन्दसूचीमा समावेश उम्मेदवारको योग्यतामाथि दाबी–विरोधका लागि ५ देखि १० माघसम्म समय दिइएको छ। दाबी–विरोध र उजुरीमाथि छानबिन गरी निर्णय लिने समय ११ देखि १७ माघसम्म तोकिएको छ। दाबी–विरोधका कारण कसैको नाम हटाउनुपरेमा १९ माघमा आयोगले सूचना प्रकाशन गर्ने र २० माघमा उम्मेदवारको बन्दसूची अन्तिम रूपमा सार्वजनिक गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रहरीका १० एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले बैठकले पुस २३ गते प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेकोे हो । पहिलो नम्बरमा विशेष सुरक्षा गण कञ्चनपुरमा दरबन्दी भएका राम प्रकाश शाह बढुवा सिफारिस भएका छन् । त्यसपछि क्रमश: भुवनेश्वर तिवारी, ऋषि राम कंडेल, सुरेश प्रसाद ...
। गृहमन्त्री ओमप्रकाश अर्यालले संविधान रक्षाका लागि निर्वाचन अनिवार्य शर्त भएको बताएका छन् । मानवअधिकार सङ्गठन र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज आयोजना गरेको ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन, सहभागिता’ शीर्षकको कार्यक्रममा उनले संविधानको रक्षा र लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन अनिवार्य भएको बताएका हुन् । “मानवअधिकार र पीडितको पक्षमा सँधै लाग्नेछु । दण्डहिनताका पक्षमा म छैन, मुलुक ...
। जिल्लाको बेदकोट नगरपालिका भएर बग्ने चौधरनदीको मुख्य सहायक राधानदीमा ‘राडार लेभल सेन्सर’ (आरएलएस) जडान गरिएको छ । बाढीको पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यका साथ नदीमा जलस्तर मापन गर्ने आधुनिक आरएलएस प्रविधि जडान गरिएको हो । इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन, डिसिए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए), कञ्चनपुरको साझेदारीमा सञ्चालित ‘स्मार्ट’ परियोजनाअन्तर्गत उक्त प्रविधि ...
। नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेकाले सोहीअनुसार फौज परिचालन हुने जानकारी दिए । उनले भने, ‘निर्वाचनका लागि एकीकृत सुुरक्षा योजनाले मार्ग निर्देशन गरेअनुरुप ...
। सरकारले निर्वाचन प्रहरीका लागि भर्ना खुलाएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि भर्ना खुलाइएको हो । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले सूचना जारी गर्दै एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको छ । भर्नाका लागि यही पुस २५ गते शुक्रबारदेखि माघ १ गतेसम्म दर्खास्त ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम