मुख्य समाचार
जनवरी २३ र २४, २०२६ मा बुटवलको मणिग्राम विश्राम बाटिकामा ‘वर्डक्याम्प नेपाल २०२६’ हुने
जनवरी २३ र २४, २०२६ मा बुटवलको मणिग्राम विश्राम बाटिकामा ‘वर्डक्याम्प नेपाल २०२६’ हुने

: वर्डक्याम्प नेपाल यस वर्ष बुटवलमा आयोजना हुने भएको छ। जनवरी २३ र २४, २०२६ मा बुटवलको मणिग्राम विश्राम बाटिकामा ‘वर्डक्याम्प नेपाल २०२६’ हुने भएको हो। प्रविधि र व्यापारको केन्द्रका रूपमा उदाउँदै गरेको लुम्बिनी प्रदेशका लागि यस कार्यक्रमलाई एउटा महत्वपूर्ण अवसरको रूपमा हेरिएको आयोजकहरूले बताएका छन्।


वर्डप्रेससम्बन्धी ज्ञान र अवसर काठमाडौंमा मात्र सीमित नराखी देशका अन्य भूभागमा विस्तार गर्ने उद्देश्यका साथ यस वर्षका लागि बुटवललाई सम्मेलनस्थलका रूपमा चयन गरिएको हो। यो कदमले नेपालको बढ्दो डिजिटल अर्थतन्त्रलाई टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। वेवसाइट निर्माण, सामग्री व्यवस्थापन तथा ई-कमर्स समाधानमा वर्डप्रेसले निभाइरहेको भूमिका महत्वपूर्ण ठहरिएको आयोजकहरूको भनाइ छ।


यस वर्षको वर्डक्याम्पले विगतका सफल संस्करणहरूको परम्परालाई निरन्तरता दिँदै सिकाइ, नेटवर्क निर्माण र समुदाय सुदृढीकरणका लागि महत्वपूर्ण मञ्च उपलब्ध गराउनेछ। भैरहवा र लुम्बिनी जस्ता महत्वपूर्ण गन्तव्यको नजिक रहेको बुटवलमा आयोजनाले तराई क्षेत्रका साथै देशका अन्य स्थानबाट पनि सहभागी आकर्षित हुने विश्वास गरिएको छ। प्राकृतिक सौन्दर्य, भ्यू–प्वाइन्ट, पार्क र आध्यात्मिक गन्तव्यले भरिपूर्ण बुटवल वर्डक्याम्प नेपाल २०२६ का लागि उपयुक्त पृष्ठभूमि हुने बताइएको छ।



कार्यक्रम दुई दिनसम्म सञ्चालन हुनेछ। जनवरी २३ मा ‘कन्ट्रिब्युटर डे’ रहनेछ, जसअन्तर्गत सहभागीहरूले विभिन्न टिम तथा समूहमा विभाजित भई वर्डप्रेस परियोजनामा प्रत्यक्ष योगदान, सिकाइ र सहकार्यको अनुभव लिन सक्नेछन्। जनवरी २४ मा ‘कन्फरेन्स डे’ सञ्चालन हुनेछ, जहाँ विशेषज्ञ वक्ताहरूका प्रस्तुतिहरू, प्यानल छलफल र व्यवहारिक कार्यशालाहरू रहनेछन्। यस दिन वर्डप्रेससम्बन्धी नयाँ प्रवृत्ति, उत्तम अभ्यास तथा नवीनतम विकासबारे जानकारी लिन सकिनेछ।

कार्यक्रममा नेपालभरिका वर्डप्रेसप्रेमी, डेभलपर, डिजाइनर, कन्टेन्ट क्रिएटर, व्यवसायी, विद्यार्थी तथा प्रयोगकर्ताहरू सहभागी हुन सक्नेछन्। करियर विकास, नेटवर्क विस्तार, नयाँ अवसरको खोजी र वर्डप्रेस इकोसिस्टमबारे अद्यावधिक जानकारी प्राप्त गर्न चाहनेका लागि सम्मेलन उपयोगी हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि गत गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका कारण पूर्णरूपमा क्षतिग्रस्त भएका सवारी साधनका लागि सवारी साधन कर, नवीकरण दस्तुर र जरिवानामा छुट दिने निर्णय गरेको छ । प्रदेश सरकारको सो निर्णय राजपत्रमा प्रकाशित भएको छ । प्रदेश सचिव झलकराम अधिकारीका अनुसार प्रदर्शनका क्रममा ...
। यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दिएकाहरुमाथि आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । हिजो सातै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता भएको थियो । आज ती उम्मेदवारी उपर उजुरी परेमा यही पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने आयोगको कार्यतालिका ...
। सर्वोच्च अदालतले मंगलबार एकाएक पहिलो प्रतिनिधिसभा विघटनको मुद्दाको फैसलाहरु आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्‍यो । संवैधानिक इजलासको नेतृत्व गरेका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको असहयोगको कारण देखाई सर्वोच्च अदालतले पाँच वर्षअघिको फैसलाको पूर्णपाठ प्रकाशित गरेको थिएन । संक्षिप्त आदेश भने फैसलाकै दिन अर्थात ११ फागुन २०७७ मा सार्वजनिक गरेको थियो । पूर्णपाठ नै तयार नहुने देखेपछि कतिपयले यसलाई ...
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेका सोम पोर्तेलले उम्मेदवारी दिएका छन्
। नेपाल प्रहरीका १० एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले बैठकले पुस २३ गते प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेकोे हो । पहिलो नम्बरमा विशेष सुरक्षा गण कञ्चनपुरमा दरबन्दी भएका राम प्रकाश शाह बढुवा सिफारिस भएका छन् । त्यसपछि क्रमश: भुवनेश्वर तिवारी, ऋषि राम कंडेल, सुरेश प्रसाद ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम