मुख्य समाचार
नेपाली कांग्रेस र एमाले गठबन्धनबाट दुईजना र नेपाली कम्युनिष्ट पार्टीबाट दुईजना गरी चारजनाको उम्मेदवारी
नेपाली कांग्रेस र एमाले गठबन्धनबाट दुईजना र नेपाली कम्युनिष्ट पार्टीबाट दुईजना गरी चारजनाको उम्मेदवारी

: राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट चारजनाको उम्मेदवारी परेको छ । रिक्त २ सिटका लागि नेपाली कांग्रेस र एमाले गठबन्धनबाट दुईजना र नेपाली कम्युनिष्ट पार्टीबाट दुईजना गरी चारजनाको उम्मेदवारी परेको हो ।

कांग्रेस एमाले गठबन्धनबाट नेपाली कांग्रेसका खम्म बहादुर खाती र नेकपा एमालेबाट लिला कुमारी भण्डारीको उमेदवारी परेको छ । खातीको प्रस्तावकमा कांग्रेसबाट प्रदेश सभा सदस्य पदम बहादुर शाही प्रस्तावक र नेकपा एमालेका प्रदेश सभा सदस्य चक्र बहादुर मल्ल समर्थक रहेका छन् ।


यस्तै लीला कुमारी भण्डारीको उम्मेदवारीमा एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठक समर्थक र एमालेकै प्रदेश सभा सदस्य सन्तोष कुमारी शर्मा थापा समर्थक रहेका छन् । सुदूरपश्चिमा महिला समूहबाट एकजना र अन्य समूहबाट एकजनाको पद रिक्त थियो । महिला समूहबाट शारदा भट्ट र अन्य समूहबाट तारामान स्वारको पदावधी सकिन लागेको हो । दुबैजना ६ वर्षअघि नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।



उता नेकपाले भने महिला समूहबाट साविकको नेकपा समाजवादी निकट रहेकी रोजी बस्नेत सुनार र अन्य समूहबाट माओवादी निकट रहेका व्यवसायी टीकाराम जैशीले उम्मेदवार बनाएको छ।

सुदूरपश्चिममा ८८ स्थानीय तह र ५३ प्रदेश सभा सदस्य छन् । तर, तत्कालिन नेकपा समाजवादीका प्रदेश सभा सदस्य दीर्घ बहादुर सोडारीलाई भ्रष्टाचार मुद्दा लागेकाले राष्ट्रिय सभा निर्वाचनमा ५२ जनाले मात्रै मतदान गर्न पाउनेछन् भने स्थानीय तह तर्फ बेल्डाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथलाई पनि भ्रष्टाचार मुद्धा लागेकाले उनी पनि निलम्बनमा छिन ।

सुदूरपश्चिममा एक प्रदेश सभा सदस्य र एकजना स्थानीय तहका पदाधीकारी बाहेकले मत हाल्नेछन् । स्थानीय तहका पदाधीकारीको १९ र प्रदेश सभा सदस्यको ५३ मतभार रहेको छ ।

निर्वाचन कार्यालयका अनुसार सुदूरपश्चिममा ८८ स्थानिय तहको ३३ सय ४४ र ५३ प्रदेश सभा सदस्यको २८ सय ९ गरी २२९ जना मतदाताको ६१ सय ५३ मतभार रहेको छ । त्यसमा निलम्बित २ जनाको मतभार घटाउँदा अहिले सुदूरपश्चिमा राष्ट्रिय सभाका लागि ६ हजार ८१ मतभार रहेको छ ।

पार्टीगत रुपमा हेर्ने हो भने कांग्रेसको ८६ स्थानीय तहका प्रमुख/उपप्रममुख र १८ जना प्रदेश सभा सदस्य गरी २५ सय ८८ मतभार छ । यस्तै एमालेको ५० स्थानीय तह प्रमुख÷उपप्रमुख र ११ जना प्रदेश सभा सदस्य गरी १५ सय ३३ मतभार रहेको छ । गठबन्धनको मात्रै ४१ सय २१ मतभार रहेको छ ।

नेकपा भीत्र साविकको माओवादी केन्द्रको २५ स्थानीय तह प्रमुख/उपप्रम्ख र ११ प्रदेश सभा सदस्य गरी १ हजार ५८, नागरिक उन्मुक्ति पार्टीको ७ स्थानीय तह र ७ प्रदेस सभा सदस्य गरी ५०४, नेकपा एसको ५ स्थानीय तह र ४ प्रदेश सभा सदस्य गरी ३०७, राप्रपा एक प्रदेश सभा सदस्य गरी ५३ मतभार र स्वतन्त्रको स्थानीय तह ३ र प्रदेश सभा सदस्य १ गरी ११० मतभार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भरुवा बन्दुकसहित सुर्खेतमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लेकबेशी नगरपालिका–९ सिम दमार बस्ने ३८ वर्षीय धनबहादुर रावत रहेका हुन् । रावतलाई एक थान भरुवा बन्दुक सहित बाटोमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय लेकबेशीले बुधबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका रावतलाई जिल्ला ...
। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पहिलोपटक औपचारिक रुपमै पार्टी विशेष महाधिवेशन आह्वान गरेका छन् । बुधबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले विधानको पालना गर्दै पार्टीलाई जीवन्त बनाउन विशेष केन्द्रीय महाधिवेशनमा सहभागी हुन भनेका हुन् । उनीहरूले धारा १७ (२) बमोजिम विशेष महाधिवेशन आह्वान गर्न २४८८ जना (५४.५८) प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी बदलिँदो ...
। राष्ट्रिय मानव अधिकार आयोगले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिएको छ । २३ र २४ भदौको घटनाका बारेमा अनुसन्धान गरिरहेको आयोगले बुधबार कार्यालयमै लामिछानेलाई बोलाएर बयान लिएको स्रोतले जानकारी दियो । ‘रवि लामिछानेजी १ बजेतिर बयानका लागि आउनुभएको थियो । करिब डेढ घन्टा बयान दिनुभयो,’ स्रोतले अनलाइनखबरसँग भन्यो । जेनजी आन्दोलनका क्रममा लामिछानेको ...
। कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आगामी निर्वाचनमा एउटा कानुन बनाउन पाँच वर्ष लगाउनेहरूलाई भोट नदिन आग्रह गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगले बिहीवार आयोजना गरेको कार्यक्रममा उनले जनताप्रति उत्तरदायी र जिम्मेवारीवोध भएका जनप्रतिनिधि चुन्न आग्रह गरेका हुन् । ‘एउटा कानुन बनाउन ५ वर्ष लगाउने, त्यसको प्रत्यायोजित विधायन बनाउनको निम्ति अर्को ५ वर्ष लगाउने जनप्रतिनिधिहरू, ...
। मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले कुर्सीभन्दा माथि आत्मसम्मान हुने बताएका छन् । सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन् । ‘म मान्छु पदभन्दा ठूलो मूल्य हुन्छ, सिद्धान्त,’ घिसिङले भने, ‘कुर्सीभन्दा माथि हुन्छ आत्मसम्मान र सरकारभन्दा ठूलो हुन्छ जनता ।’ उनले राजीनामा दिनुको निर्णय भाग्ने र जिम्मेवारीबाट विमुख हुने नभएको पनि दाबी गरे । ‘मैले दिएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम