: राष्ट्रिय सभा निर्वाचनमा सिटसंख्यामा सहमति जुट्न नसकेपछि नेपाली कांग्रेस र नेकपा एमालेसँग भएको गठबन्धनबाट नेकपा बाहिरिएको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाहिरिएपछि कांग्रेस, एमाले र जसपाबीच राष्ट्रिय सभा निर्वाचनमा मिलेर जाने सहमति भएको छ।
राष्ट्रिय सभाको १८ सिटका लागि हुन लागेको निर्वाचनमा कांग्रेस ९,एमाले ८ र जसपा १ सिटमा भागबण्डा मिलिसकेको छ। यी दलहरूले उम्मेदवारको टुंगो पनि लगाइसकेका छन्।
कांग्रेसले कोशी प्रदेशबाट सुनिल बहादुर थापा,मधेश प्रदेशबाट धमेन्द्र पासवान र रञ्जित कर्ण,बागमती प्रदेशबाट गीता देवकोटा,गण्डकी प्रदेशबाट जगत तिमल्सिना,लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी,कर्णाली प्रदेशबाट ललितबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाएको छ।
यसैगरी एमालेले रोशनी मेचे, प्रेम दंगाल, सम्झना देवकोटा, रामकुमारी झाँक्री,मिना रखाल, लीला भण्डारी र सोम पोर्तेललाई राष्ट्रिय सभाको उम्मेदवार बनाएका छन्। एक सिट पाएको जसपाबाट महन्थ ठाकुर राष्ट्रियसभा सदस्य उम्मेदवार सिफारिस भएका छन्।
आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन हुँदैछ। त्यसका लागि आज उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ।