: नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङ चीन प्रस्थान गरेका छन्। एयर चाइनाको विमानबाट उनी बुधबार विहान चीन प्रस्थान गरेका हुन्।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा उनी चीन गएको स्रोतले बताएको छ। फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको मिति नजिकिरहेका बेला गुरुङको चीन भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
नेपाली कम्युनिस्ट पार्टीका नेताहरूमध्ये गुरुङ एक रणनीतिक नेताका रूपमा मानिन्छन्। प्रतिनिधिसभा निर्वाचनमा कम्युनिस्टहरू एक हुनसक्ने आकलन भइरहेका बेला गुरुङको चीन भ्रमण भएको हो।
माघ ११ का लागि तोकिएको राष्ट्रिय सभा निर्वाचनका लागि भने नेपाली कम्युनिस्ट पार्टीले एमालेसँग गठबन्धन गरेको छैन।