मुख्य समाचार
गुणस्तर नपुगेको भेटिएपछि औषधि व्यवस्था विभाग (डीडीए) ले तेस्रो पुस्ताको एन्टिबायोटिक लेभोफ्लक्स–५०० ट्याब्लेटलाई बजारबाट फिर्ता मगाउन निर्देशन
गुणस्तर नपुगेको भेटिएपछि औषधि व्यवस्था विभाग (डीडीए) ले तेस्रो पुस्ताको एन्टिबायोटिक लेभोफ्लक्स–५०० ट्याब्लेटलाई बजारबाट फिर्ता मगाउन निर्देशन

— प्रयोगशाला परीक्षणमा गुणस्तर नपुगेको भेटिएपछि औषधि व्यवस्था विभाग (डीडीए) ले तेस्रो पुस्ताको एन्टिबायोटिक लेभोफ्लक्स–५०० ट्याब्लेटलाई बजारबाट फिर्ता मगाउन निर्देशन दिएको छ ।

बारामा रहेको म्याग्नस फार्मा प्रा. लि. ले उत्पादन गरेको बीबी२४००१ ब्याच को औषधि आईपी२०२२ मापदण्डअनुसार घुलनशीलता परीक्षणमा असफल भएको विभागले जनाएको छ ।

शुक्रबार फिर्ता गर्न निर्देशन दिइएको लेभोफ्लक्सको नमूना सन् २०२५, फेब्रुअरीमा औषधि निरीक्षकहरूले संकलन गरेका थिए । तर विभागको प्रयोगशालाले औषधि गुणस्तरहीन भएको प्रतिवेदन सार्वजनिक गर्न झन्डै एक वर्ष लगाएको छ। औषधिहरू अझै बजारमा छन् वा पहिले नै बिक्री भइसकेका छन् भन्नेमा अधिकारीहरू निश्चित छैनन्।

विभागका अधिकारीहरूका अनुसार जनशक्ति अभावका कारण फिर्ता गरिएका सबै औषधि बजारबाट फिर्ता भएको/नभएको निगरानी गर्न सकिएको छैन। हाल करिब २० जना औषधि निरीक्षक ले देशभर सञ्चालनमा रहेका करिब २५ हजार फार्मेसी निरीक्षण गर्नुपर्ने अवस्था छ।

'औषधि पहिले नै बिक्री भइसकेको हुन सक्छ र बिरामीहरूले गुणस्तरहीन मात्रा सेवन गरिसकेका हुन सक्छन्, विभागका महानिर्देशक नारायण ढकालले भने ‘धेरैजसो अवस्थामा नमूना संकलनपछि परीक्षण प्रतिवेदन आउन महिनौँ लाग्छ।'

'गुणस्तरहीन औषधि बजारबाट फिर्ता गर्नु हाम्रो दायित्व हो,' ढकालले थपे, 'औषधिको गुणस्तर सुनिश्चित गर्न, जोखिम न्यूनीकरण गर्न र उत्पादकलाई जवाफदेही बनाउन यो कदम चालिएको हो।'

अधिकारीहरूका अनुसार म्याग्नस फार्मा प्रा. लि. सँग गुणस्तर परीक्षणमा औषधि असफल हुनुको कारण र फिर्ता गरिएको ब्याचको अवस्थाबारे छानबिन प्रतिवेदन मागिनेछ।

विशेषज्ञहरूले गुणस्तरहीन औषधिको प्रतिवेदन आउन महिनौँ वा वर्षौँ लाग्दा बिरामीको स्वास्थ्य जोखिममा पर्नसक्ने खतरा औल्याएका छन् । 'यदि बिरामीहरूले गुणस्तरहीन औषधि सेवन गरे भने उनीहरूको स्वास्थ्य गम्भीर जोखिममा पर्न सक्छ,' नाम उल्लेख नगर्ने सर्तमा विभागका एक पूर्व अधिकारीले भने। 'गुणस्तरहीन औषधिले बिरामीको अवस्था झन बिगार्न सक्छ र केही अवस्थामा मृत्यु समेत हुन सक्छ।'

लेभोफ्लोक्सासिन समेत भनिने लेभोफ्लक्स ५०० मिलिग्राम, तेस्रो पुस्ताको एन्टिबायोटिक हो । यो ब्रोंकाइटिस, निमोनिया, छालाको संक्रमण, मुत्रनलीको संक्रमणजस्ता गम्भीर ब्याक्टेरियल संक्रमणको उपचारमा प्रयोग गरिन्छ ।

एलोप्याथिक तथा आयुर्वेदिक दुवै प्रकारका औषधिको राष्ट्रिय नियामक निकाय औषधि व्यवस्था विभागले देशभरका फार्मेसीबाट नियमित रूपमा औषधिको नमूना संकलन गरी प्रयोगशालामा परीक्षण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री कार्यालयमा बोलाएर उनले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिलाई ...
। गुल्मीमा ६ सय कुकुरलाई बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइएको छ । छाडा तथा घरपालुवा कुकुरको टोकाइबाट हुने जोखिमलाई न्यूनीकरण गर्न अभियान नै सञ्चालन गरेर खोप लगाइएको हो । अभियानले समुदायमा फैलिन सक्ने घातक रेबिज रोग नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको पहलमा सञ्चालन भइरहेको यस कार्यक्रमको ...
— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिएको छ । नर्सलगायत स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिकलगायत सेवासुविधा उपलब्ध गराउन मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज र अस्पताललाई निर्देशन दिएको हो । मन्त्रालयअन्तर्गत नीति, योजना तथा अनुगमन महाशाखाले एसोसिएसन फ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल-अफिन, नेपाल मेडिकल तथा डेन्टल कलेज एसोसिएसनलाई पत्र जारी गर्दै गत ...
। खुला सीमा रहेको बाँकेको नेपालगञ्जलगायत स्थानमा बर्ड फ्लूको जोखिम देखिएपछि यहाँ उच्च सर्तकता अपनाइएको छ । जिल्लासँग जोडिएका नाकाबाट अवैध रूपमा भारतबाट ल्याउन लागिएका चल्ला दैनिकजसो नष्ट गरिएको पशु क्वारेन्टाइन कार्यालय, बाँकेका प्रमुख डा हरेराम यादवले जानकारी दिए । उनले यस क्षेत्रमा बर्ड फ्लू नदेखिएको उल्लेख गर्दै कुखुराका चल्ला र सेतो अण्डा ल्याउन रोक लगाइएको ...
— सन् २०३५ सम्म नेपाललाई क्षयरोगमुक्त बनाउन सरकारले थालेको कार्ययोजना अनुसार क्षयरोग नियन्त्रणका लागि प्रत्येक वर्ष स्वास्थ्य सेवा कार्यालय, स्थानीय तह र संघसंस्थाहरुले सचेतनामूलकलगायत विभिन्न कार्यक्रम गर्दै आएका छन् । जिल्लामा सामूहिक रुपमा क्षयरोग पहिचान र उपचारका लागि ५८ स्थानमा डट्स सेन्टर, ५ स्थानमा डिएमसी सेवा र जिल्ला अस्पतालमा एक जना विज्ञले सेवा दिइरहेका छन् । ...