मुख्य समाचार
कांग्रेसले महामन्त्रीहरुले बोलाएको विशेष महाधिवेशन वैधानिक नहुने भन्दै सहभागी नहुन प्रतिनिधिहरुलाई आग्रह
कांग्रेसले महामन्त्रीहरुले बोलाएको विशेष महाधिवेशन वैधानिक नहुने भन्दै सहभागी नहुन प्रतिनिधिहरुलाई आग्रह

— कांग्रेसले महामन्त्रीहरुले बोलाएको विशेष महाधिवेशन वैधानिक नहुने भन्दै सहभागी नहुन प्रतिनिधिहरुलाई आग्रह गरेको छ ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै पदाधिकारी वा सदस्यहरूले बोलाएको अधिवेशन वा विशेष महाधिवेशन पार्टीको विधानविपरीत हुने भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीपंक्तिलाई आग्रह गरेका हुन् । विशेष महाधिवेशन पक्षधरहरूले पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशनका तयारी अगाडि बढाएको पृष्ठभूमिमा यस्तो विज्ञप्ति जारी भएको हो ।

'पार्टीको विधानमा व्यवस्था भएबमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको छ,' विज्ञप्तिमा लेखिएको छ,'पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधानविपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरुलाई नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ ।'

विशेष महाधिवेशनको विषयमा बुद्धिजीवी र पार्टी शुभेच्छुकसँग थप छलफल गर्दै गगन
विशेष महाधिवेशन रहर वा छनोटको विषय होइन, विधानको बाध्यकारी प्रावधान हो : विशेष महाधिवेशन पक्षधर
कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज पत्रकार सम्मेलन गरी यही पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेस केन्द्रीय कार्यालयले सो परिपत्र जारी गरेको हो ।

गत असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनका लागि पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराएको निवेदनअनुसार तीन महिनाभित्र विशेष महाविधेशन गर्नुपर्ने सो पक्षले माग गर्दै आएको छ ।

गत मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले १५औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत निर्णय गरी पार्टीको विधानबमोजिम महाधिवेशनको प्रक्रिया अघि बढिसकेका सन्दर्भमा विशेष महाधिवेशनको औचित्य मंसिर १५ गतेदेखि नै स्वतः समाप्त भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबाट कार्यतालिका तयार गरी अधिवेशन/महाधिवेशनको प्रक्रिया र कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा, सोही अवधिभित्र माग गरिएको विशेष महाधिवेशनको औचित्य समाप्त भएको यथार्थलाई बेवास्ता गरी विभिन्न सञ्चारमाध्यममार्फत पार्टीको विशेष महाधिवेशन आह्वान गरिएको भन्ने विषयमा पार्टीको ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।



साथै, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले समानुपातिकतर्फ निर्वाचन आयोगमा उम्मेदवार प्रस्तुत गरिसकेको र राष्ट्रियसभा सदस्यको मनोनयनपत्र दर्ता भइसकेको उल्लेख गर्दै पार्टीका उम्मेदवारलाई विजयी गराउने अभियानमा अझ सशक्त रूपमा क्रियाशील भई लागिपर्न आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भरुवा बन्दुकसहित सुर्खेतमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लेकबेशी नगरपालिका–९ सिम दमार बस्ने ३८ वर्षीय धनबहादुर रावत रहेका हुन् । रावतलाई एक थान भरुवा बन्दुक सहित बाटोमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय लेकबेशीले बुधबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका रावतलाई जिल्ला ...
। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पहिलोपटक औपचारिक रुपमै पार्टी विशेष महाधिवेशन आह्वान गरेका छन् । बुधबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले विधानको पालना गर्दै पार्टीलाई जीवन्त बनाउन विशेष केन्द्रीय महाधिवेशनमा सहभागी हुन भनेका हुन् । उनीहरूले धारा १७ (२) बमोजिम विशेष महाधिवेशन आह्वान गर्न २४८८ जना (५४.५८) प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी बदलिँदो ...
। राष्ट्रिय मानव अधिकार आयोगले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिएको छ । २३ र २४ भदौको घटनाका बारेमा अनुसन्धान गरिरहेको आयोगले बुधबार कार्यालयमै लामिछानेलाई बोलाएर बयान लिएको स्रोतले जानकारी दियो । ‘रवि लामिछानेजी १ बजेतिर बयानका लागि आउनुभएको थियो । करिब डेढ घन्टा बयान दिनुभयो,’ स्रोतले अनलाइनखबरसँग भन्यो । जेनजी आन्दोलनका क्रममा लामिछानेको ...
। कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आगामी निर्वाचनमा एउटा कानुन बनाउन पाँच वर्ष लगाउनेहरूलाई भोट नदिन आग्रह गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगले बिहीवार आयोजना गरेको कार्यक्रममा उनले जनताप्रति उत्तरदायी र जिम्मेवारीवोध भएका जनप्रतिनिधि चुन्न आग्रह गरेका हुन् । ‘एउटा कानुन बनाउन ५ वर्ष लगाउने, त्यसको प्रत्यायोजित विधायन बनाउनको निम्ति अर्को ५ वर्ष लगाउने जनप्रतिनिधिहरू, ...
। मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले कुर्सीभन्दा माथि आत्मसम्मान हुने बताएका छन् । सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन् । ‘म मान्छु पदभन्दा ठूलो मूल्य हुन्छ, सिद्धान्त,’ घिसिङले भने, ‘कुर्सीभन्दा माथि हुन्छ आत्मसम्मान र सरकारभन्दा ठूलो हुन्छ जनता ।’ उनले राजीनामा दिनुको निर्णय भाग्ने र जिम्मेवारीबाट विमुख हुने नभएको पनि दाबी गरे । ‘मैले दिएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम