मुख्य समाचार
बुद्ध एयरको एटीआर विमानको छानबिन गर्न दुई वटा छुट्टाछुट्टै छानबिन समिति गठन
बुद्ध एयरको एटीआर विमानको छानबिन गर्न दुई वटा छुट्टाछुट्टै छानबिन समिति गठन

— भद्रपुर विमानस्थलमा अवतरणका क्रममा पुस १८ गते दुर्घटनामा परेको बुद्ध एयरको एटीआर विमानको छानबिन गर्न दुई वटा छुट्टाछुट्टै छानबिन समिति गठन गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार समिट एयरमा कार्यरत वरिष्ठ क्याप्टेन विनोद पुरीलाई अनुसन्धानकर्ताका रूपमा नियुक्त गर्दै मन्त्रालयस्तरीय छानबिन समिति गठन गरेको हो । गैरसैनिक हवाई उडान नियमावली, २०७१ अनुसार क्याप्टेन पुरीले आवश्यकताअनुसार विषयगत विज्ञहरू समेटी दुर्घटनाको अनुसन्धान गर्नेछन् ।

Two committees formed to investigate Buddha Air's ATR crashगैरसैनिक हवाई उडान नियमावलीमा रहेको दुर्घटना छानबिनसम्बन्धी व्यवस्थाअनुसार क्याप्टेन पुरीको नेतृत्वमा गठित आयोगले भद्रपुरमा भएको उक्त दुर्घटनाको विस्तृत छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउनुपर्नेछ । आयोगले वायुयान, चालकदल, वायुसेवा कम्पनी, सेवाप्रदायक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण, भद्रपुर विमानस्थल कार्यालयलगायत सबै पक्षको स्वतन्त्र र निष्पक्ष छानबिन गर्नेछ ।

यसैबीच, नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि घटनाको बेग्लै छानबिन प्रक्रिया अघि बढाएको छ । सेवाप्रदायक र नियामक दुवै भूमिकामा रहेको प्राधिकरणलाई हवाई घटना तथा दुर्घटनाको छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणको नागरिक उड्डयन नियमावली, २०५८ अनुसार कानुनी अधिकार छ । उक्त नियमावली अनुसार नागरिक उड्डयनसँग सम्बन्धित कुनै पनि घटना वा दुर्घटनाको प्रचलित कानुनबमोजिम हुने छानबिनका अतिरिक्त महानिर्देशकले आफैं पनि उक्त विषयमा छानबिन गर्न सक्ने नियमावलीमा व्यवस्था रहेको छ ।

यसै कानुनी प्रावधानअनुसार प्राधिकरणले त्यहाको फ्लाइट सेफ्टी विभागमा एफओआईमा कार्यरत वरिष्ठ क्याप्टेन रूपकुमार सिद्धीको संयोजकत्वमा छानबिन समिति गठन गरेको प्राधिकरणका प्रवक्ता विक्रमराज गौतमले जानकारी दिए । उनका अनुसार समितिमा एएनएसडीका उपनिर्देशक मुकेश दाहाल, फ्लाइट सेफ्टी विभागका उपप्रबन्धक विधान श्रेष्ठ, सेफ्टी म्यानेजमेन्ट डिभिजनका प्रबन्धक लक्ष्मण देवकोटा तथा एरोड्रम सेफ्टीका उपप्रबन्धक योगेश पुडासैनी सदस्य रहेका छन् । समितिले ३५ दिनभित्र प्रतिवेदन निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णलाई बुझाउनुपर्नेछ ।

यसैबीच, बुद्ध एयरले पनि दुर्घटनाको आन्तरिक छानबिन गरिरहेको कम्पनीका एक अधिकारीले बताएका छन् । उक्त उडानमा कुनै मानवीय क्षति नभए पनि प्रारम्भिक अवलोकनका क्रममा विमानको अगाडिको नोज, ककपिट तथा ल्याण्डिङ गियरमा क्षति पुगेको उद्धारकर्मीहरूले जनाएका छन् । दुर्घटनामा संलग्न क्याप्टेन र को–पाइलट दुवैलाई हाल उडान रोस्टरबाट हटाइ ग्राउन्डेड गरिएको छ । दुवै छानबिन समितिले विमानका फ्लाइट डाटा रेकर्डर (एफडीआर) र ककपिट भ्वाइस रेकर्डर (सीभीआर) अध्ययन गर्ने, पाइलट तथा भद्रपुर विमानस्थलको टावरमा कार्यरत एयर ट्राफिक कन्ट्रोल कर्मचारीसँग बयान लिने लगायतका अनुसन्धान कार्य गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भरुवा बन्दुकसहित सुर्खेतमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लेकबेशी नगरपालिका–९ सिम दमार बस्ने ३८ वर्षीय धनबहादुर रावत रहेका हुन् । रावतलाई एक थान भरुवा बन्दुक सहित बाटोमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय लेकबेशीले बुधबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका रावतलाई जिल्ला ...
। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पहिलोपटक औपचारिक रुपमै पार्टी विशेष महाधिवेशन आह्वान गरेका छन् । बुधबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले विधानको पालना गर्दै पार्टीलाई जीवन्त बनाउन विशेष केन्द्रीय महाधिवेशनमा सहभागी हुन भनेका हुन् । उनीहरूले धारा १७ (२) बमोजिम विशेष महाधिवेशन आह्वान गर्न २४८८ जना (५४.५८) प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी बदलिँदो ...
। राष्ट्रिय मानव अधिकार आयोगले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिएको छ । २३ र २४ भदौको घटनाका बारेमा अनुसन्धान गरिरहेको आयोगले बुधबार कार्यालयमै लामिछानेलाई बोलाएर बयान लिएको स्रोतले जानकारी दियो । ‘रवि लामिछानेजी १ बजेतिर बयानका लागि आउनुभएको थियो । करिब डेढ घन्टा बयान दिनुभयो,’ स्रोतले अनलाइनखबरसँग भन्यो । जेनजी आन्दोलनका क्रममा लामिछानेको ...
। कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आगामी निर्वाचनमा एउटा कानुन बनाउन पाँच वर्ष लगाउनेहरूलाई भोट नदिन आग्रह गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगले बिहीवार आयोजना गरेको कार्यक्रममा उनले जनताप्रति उत्तरदायी र जिम्मेवारीवोध भएका जनप्रतिनिधि चुन्न आग्रह गरेका हुन् । ‘एउटा कानुन बनाउन ५ वर्ष लगाउने, त्यसको प्रत्यायोजित विधायन बनाउनको निम्ति अर्को ५ वर्ष लगाउने जनप्रतिनिधिहरू, ...
। मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले कुर्सीभन्दा माथि आत्मसम्मान हुने बताएका छन् । सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन् । ‘म मान्छु पदभन्दा ठूलो मूल्य हुन्छ, सिद्धान्त,’ घिसिङले भने, ‘कुर्सीभन्दा माथि हुन्छ आत्मसम्मान र सरकारभन्दा ठूलो हुन्छ जनता ।’ उनले राजीनामा दिनुको निर्णय भाग्ने र जिम्मेवारीबाट विमुख हुने नभएको पनि दाबी गरे । ‘मैले दिएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम