मुख्य समाचार
राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड प्राप्त गर्ने विभिन्‍न विकल्पबारे छलफल गरिरहेको ह्वाइट हाउसले जनाएको छ
राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड प्राप्त गर्ने विभिन्‍न विकल्पबारे छलफल गरिरहेको ह्वाइट हाउसले जनाएको छ

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड प्राप्त गर्ने विभिन्‍न विकल्पबारे छलफल गरिरहेको ह्वाइट हाउसले जनाएको छ । नेटो सदस्य डेनमार्कको अर्ध-स्वायत्त क्षेत्र ग्रीनल्याण्ड प्राप्त गर्नु अमेरिकाको राष्ट्रिय सुरक्षा प्राथमिकताको विषय रहेको ह्वाइट हाउसले जनाएको छ ।

डेनमार्कले यस टापुमाथि अमेरिकाले गर्ने हस्तक्षेप आफुलाई मान्य नहुने बताउँदै आएको छ । ‘अमेरिकाले अर्को नाटो सदस्य राष्ट्रमाथि सैन्य आक्रमण गर्छ भने दोस्रो विश्वयुद्धपछि स्थापित सुरक्षा व्यवस्था नै समाप्त हुनेछ,’ सोमबार डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले डेनमार्कको टेलिभिजनमा अन्तर्वार्ता दिदैं भनेकी थिइन् । त्यसको केही समयपछि डेनमार्कको समर्थनमा युरोपेली नेताहरूले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

जवाफमा ह्वाइट हाउसले मंगलबार भनेको छ, 'राष्ट्रपति र उनको टोलीले यो महत्त्वपूर्ण विदेश नीति लक्ष्यलाई पछ्याउन विभिन्न विकल्पहरूको बारेमा छलफल गरिरहेका छन्, र अवश्य पनि, अमेरिकी सेनाको प्रयोग गर्नु सधैं कमाण्डर-इन-चीफको अधिकारमा रहेको विकल्प हो।'

नाटो एक ट्रान्स-एट्लान्टिक सैन्य समूह हो । यस समुहमा कुनै एक राष्ट्रमाथि बाहिरी राष्ट्रले आक्रमण गरेमा सबैले मिलेर प्रतिवाद गर्छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सोमबार क्यापिटल हिलमा आयोजित सांसदहरूसँगको छलफलमा ग्रिल्याण्डमा आक्रमण गर्ने योजना सरकारले नबनाएको बताए । तर उनले डेनमार्कबाट टापु किन्ने कुरा दोहोर्‍याए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...
: स्पेनमा दुई तीव्र गतिका रेल एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। रोयटर्सका अनुसार बिहान ९ बजे भएको दुर्घटनामा रेन्फे र इरियो कम्पनीका रेलहरू आपसमा ठोक्किएका हुन्। दुर्घटनाका कारण इरियो रेलका दुई वटा डिब्बा पटरीबाट बाहिर खसेको बताइएको छ। अधिकारीहरूले दुर्घटनाको कारण र घाइतेहरूको यकिन तथ्यांक संकलन गरिरहेका छन्।
: रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा मानवीय सहायता पुर्‍याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सीमित युद्धविराम सुरु भएको छ । खाद्यान्न, पानी र विद्युत् अभावमा रहेका स्थानीय बासिन्दा बाँच्नका लागि बगैँचामा उम्रिएका झारपात पकाएर खान बाध्य भएको बीबीसीले जनाएको छ । युक्रेनी अधिकारी र रुसी रक्षा मन्त्रालयले युद्धविराम पालना भइरहेको बताएका छन्। अमेरिकी प्रथम महिला ...
: बेलायतका राजा चार्ल्स तृतीयले क्यारिबियन क्षेत्रको भ्रमणका क्रममा दास व्यापार र औपनिवेशिक शासनको पीडादायी इतिहास स्वीकार गर्ने भएका छन् । तर, बेलायतको दास व्यापारमा रहेको भूमिकाका लागि औपचारिक माफी माग्ने वा क्षतिपूर्ति दिने योजना भने नरहेको जनाइएको छ । नौदिने क्यारिबियन भ्रमणका क्रममा राजा चार्ल्स पहिलोपटक राष्ट्रप्रमुखका रूपमा बहामास पुगेका हुन् । भ्रमणका क्रममा उनले ...