मुख्य समाचार
अमेरिकामा सरकारी अधिकारीको गोली प्रहारबाट एक महिलाको मृत्यु
अमेरिकामा सरकारी अधिकारीको गोली प्रहारबाट एक महिलाको मृत्यु

। अमेरिकामा अवैध रूपमा बसिरहेका आप्रवासी व्यवस्थापन गर्ने निकाय यूएस इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईस) का एक अधिकारीले प्रहार गरेको गोली लागी एक महिलाको मृत्यु भएको छ ।

दक्षिण मिनियापोलिसमा जाँच अभियानका क्रममा एक ३७ वर्षीया महिलालाई गोली प्रहार भएको हो । गोली लागेर ती महिलाको मृत्यु भएको छ। यस घटनाले ट्रम्पका संघीय अधिकारी र स्थानीय अधिकारीहरूबीच ठूलो विवाद निम्त्याएको छ।

राष्ट्रपति ट्रम्प र सरकारी अधिकारीहरूले भनेअनुसार ती महिलाले अधिकारीहरूमाथि नै गाडी चढाउने प्रयास गरेकी थिइन् । त्यसैले आत्मरक्षाका लागि गोली चलाउनु परेको अधिकारीहरुको भनाइ छ ।

यद्यपि, स्थानीय नेताहरूले भिडियो फुटेज र प्रत्यक्षदर्शीको बयानका आधारमा यो दाबीलाई खारेज गर्दै स्वतन्त्र छानबिनको माग गरेका छन्।

गोली प्रहार बुधबार, ७ जनवरीको बिहान करिब साढे ९ बजे ईस्ट ३४औँ स्ट्रिट र पोर्टल्यान्ड एभिन्यु नजिकै भएको थियो। मृत महिला रेनी निकोल गुड रहेको खुलेको छ । मिनियापोलिस प्रहरीका अनुसार उनको टाउकोमा गोली लागेको थियो र अस्पताल पुर्‍याउनासाथ उनलाई मृत घोषित गरियो।

आईसले जारी गरेको बयानमा भनिएको छ, ‘अधिकारीहरूले आप्रवासी लक्षित अभियान चलाइरहेका बेला प्रदर्शनकारीहरूले उनीहरूलाई रोके। यी मध्ये एक हिंसक प्रदर्शनकारीले हाम्रा कानुन प्रवर्तन अधिकारीलाई मार्ने र गाडीले कुल्चिने प्रयास गरिन्, यो एक ‘घरेलु आतंकवाद’ हो।’

होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले घटनालाई ‘घरेलु आतंकवादी हमला’ को संज्ञा दिएकी छिन्। तर, मिनेसोटाका मेयर ज्याकब फ्रेले प्रेस सम्मेलन गर्दै सरकारको दाबीलाई पूर्ण रूपमा खारेज गरिदिए। उनले भने, ‘इमिग्रेशन अधिकारीहरूले सहरमा अराजकता फैलाइरहेका छन्।’
ट्रम्पको प्रतिक्रिया र भाइरल भिडियो

राष्ट्रपति डोनाल्ड ट्रम्पले आईस अधिकारीको बचाउ गर्दै ती महिलाले जानीजानी अधिकारीलाई निसाना बनाएको दाबी गरेका छन्। घटनाको भिडियो हेरेपछि ट्रम्पले भने, ‘भिडियो निकै डरलाग्दो छ,’ । ट्रम्पले आफ्ना अधिकारीको कदमलाई सही ठहर्‍याएका छन् ।

घटनापछि सयौँ मानिसहरू घटनास्थलमा भेला भएर आईसविरुद्ध नाराबाजी गरेका छन्। साँझमा मृतकको सम्झनामा शोक सभा आयोजना गरियो, जहाँ मानिसहरूले आप्रवासन एजेन्सीहरूको विरोध गरे।

होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले घटनालाई ‘घरेलु आतंकवादी हमला’ को संज्ञा दिएकी छिन्। तर, मिनेसोटाका मेयर ज्याकब फ्रेले प्रेस सम्मेलन गर्दै सरकारको दाबीलाई पूर्ण रूपमा खारेज गरिदिए। उनले भने, ‘इमिग्रेशन अधिकारीहरूले सहरमा अराजकता फैलाइरहेका छन्।’

मेयर फ्रेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी आईसले तुरुन्तै यो सहर र राज्य छोडोस् भन्ने चाहन्छौं । हामी हाम्रा आप्रवासी र शरणार्थी समुदायको साथमा छौँ।’

उनले सुरक्षाको नाममा परिवारहरू तोड्ने र मानिस मार्ने काम भइरहेको बताए।

भिडियोमा के देखिन्छ?

सीएनएको रिपोर्ट अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा एक आईस अधिकारी सडकको बिचमा रोकिएको गाडी नजिकै जान्छन् र चालकलाई ढोका खोल्न भन्छन्। त्यति नै बेला गाडी अगाडि बढ्छ र अगाडि उभिएका अर्का आईस अधिकारीले तुरुन्तै बन्दुक निकालेर निकै नजिकबाट कम्तीमा दुई गोली चलाउँछन्।

गाडीले अधिकारीलाई ठक्कर दिएको थियो वा थिएन भन्ने कुरा भिडियोमा प्रस्ट छैन। गोली लागेपछि नजिकैका दुईवटा गाडीमा ठोक्किएर रोकिएको थियो।

(एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...
: स्पेनमा दुई तीव्र गतिका रेल एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। रोयटर्सका अनुसार बिहान ९ बजे भएको दुर्घटनामा रेन्फे र इरियो कम्पनीका रेलहरू आपसमा ठोक्किएका हुन्। दुर्घटनाका कारण इरियो रेलका दुई वटा डिब्बा पटरीबाट बाहिर खसेको बताइएको छ। अधिकारीहरूले दुर्घटनाको कारण र घाइतेहरूको यकिन तथ्यांक संकलन गरिरहेका छन्।
: रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा मानवीय सहायता पुर्‍याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सीमित युद्धविराम सुरु भएको छ । खाद्यान्न, पानी र विद्युत् अभावमा रहेका स्थानीय बासिन्दा बाँच्नका लागि बगैँचामा उम्रिएका झारपात पकाएर खान बाध्य भएको बीबीसीले जनाएको छ । युक्रेनी अधिकारी र रुसी रक्षा मन्त्रालयले युद्धविराम पालना भइरहेको बताएका छन्। अमेरिकी प्रथम महिला ...
: बेलायतका राजा चार्ल्स तृतीयले क्यारिबियन क्षेत्रको भ्रमणका क्रममा दास व्यापार र औपनिवेशिक शासनको पीडादायी इतिहास स्वीकार गर्ने भएका छन् । तर, बेलायतको दास व्यापारमा रहेको भूमिकाका लागि औपचारिक माफी माग्ने वा क्षतिपूर्ति दिने योजना भने नरहेको जनाइएको छ । नौदिने क्यारिबियन भ्रमणका क्रममा राजा चार्ल्स पहिलोपटक राष्ट्रप्रमुखका रूपमा बहामास पुगेका हुन् । भ्रमणका क्रममा उनले ...