मुख्य समाचार
राजीनामा दिएका कुलमान घिसिङले उज्यालो नेपाल बनाउन आफ्नो अबको बाटो राजनीतिक यात्रा नै हुने बताए
राजीनामा दिएका कुलमान घिसिङले उज्यालो नेपाल बनाउन आफ्नो अबको बाटो राजनीतिक यात्रा नै हुने बताए

। मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले उज्यालो नेपाल बनाउन आफ्नो अबको बाटो राजनीतिक यात्रा नै हुने बताएका छन् ।

प्रधानमन्त्रीसहितको आग्रहपछि घिसिङले बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा बुझाएका छन् ।


उनले अब भोलिबाटै आफू पूर्ण रुपमा राजनीतिमा सक्रिय हुने बताएका छन् । यसअघि पूरा मन्त्रालयमै काममा व्यस्त भएको भन्दै अब भने खुला रुपमा राजनीतिमा लाग्ने बताए ।

‘म पदबाट बाहिरिएको छु । तर जनताको पक्ष, राष्ट्रको हित र सत्यको बाटोबाट कहिल्यै बाहिरिने छैन,’ उनले भने, ‘उज्यालो नेपाल बनाउन सशक्त रुपमा अबको मेरो बाटो राजनीतिक यात्रा हुनेछ । र, यसैमा म अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’


घिसिङले देशभित्रको समसामयिक विषयलाई लिएर, अहिलेको परिस्थिति र अवस्थालाई परिवर्तन गर्नका लागि राजनीतिक नेतृत्वमा जान चाहेको बताए ।

‘अब त्यो समय आएको छ । भोलिदेखि नै मेरो राजनीतिक जीवन सुरु हुन्छ । भोलिदेखि नै प्रभावकारी हुन्छ,’ घिसिङले भने, ‘देशभित्रको समसामयिक विषयलाई लिएर, अहिलेको परिस्थिति र अवस्थालाई परिवर्तन गर्नका लागि राजनीतिक नेतृत्वमा जानका लागि आज मन्त्रिपरिषद्बाट राजीनामा दिएर अघि बढेको छु ।’

घिसिङ यसअघि नै रास्वपासँगको समझदारी अनुसार, सो पार्टीको उपसभापति बन्ने समझदारी भइसकेको थियो ।

तर, घिसिङले उक्त समझदारी कार्यान्वयन नभइसकेको बताएका छन् ।

‘उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको सहमतिमा मेरो नाम उल्लेख भएको भए पनि उक्त समझदारी हालसम्म कार्यान्वयनमा आएको छैन,’ मैले अहिलेसम्म कुनै पनि राजनीतिक पार्टीको सदस्यता लिएको छैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भरुवा बन्दुकसहित सुर्खेतमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लेकबेशी नगरपालिका–९ सिम दमार बस्ने ३८ वर्षीय धनबहादुर रावत रहेका हुन् । रावतलाई एक थान भरुवा बन्दुक सहित बाटोमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय लेकबेशीले बुधबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका रावतलाई जिल्ला ...
। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पहिलोपटक औपचारिक रुपमै पार्टी विशेष महाधिवेशन आह्वान गरेका छन् । बुधबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले विधानको पालना गर्दै पार्टीलाई जीवन्त बनाउन विशेष केन्द्रीय महाधिवेशनमा सहभागी हुन भनेका हुन् । उनीहरूले धारा १७ (२) बमोजिम विशेष महाधिवेशन आह्वान गर्न २४८८ जना (५४.५८) प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी बदलिँदो ...
। राष्ट्रिय मानव अधिकार आयोगले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिएको छ । २३ र २४ भदौको घटनाका बारेमा अनुसन्धान गरिरहेको आयोगले बुधबार कार्यालयमै लामिछानेलाई बोलाएर बयान लिएको स्रोतले जानकारी दियो । ‘रवि लामिछानेजी १ बजेतिर बयानका लागि आउनुभएको थियो । करिब डेढ घन्टा बयान दिनुभयो,’ स्रोतले अनलाइनखबरसँग भन्यो । जेनजी आन्दोलनका क्रममा लामिछानेको ...
। कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आगामी निर्वाचनमा एउटा कानुन बनाउन पाँच वर्ष लगाउनेहरूलाई भोट नदिन आग्रह गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगले बिहीवार आयोजना गरेको कार्यक्रममा उनले जनताप्रति उत्तरदायी र जिम्मेवारीवोध भएका जनप्रतिनिधि चुन्न आग्रह गरेका हुन् । ‘एउटा कानुन बनाउन ५ वर्ष लगाउने, त्यसको प्रत्यायोजित विधायन बनाउनको निम्ति अर्को ५ वर्ष लगाउने जनप्रतिनिधिहरू, ...
। मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले कुर्सीभन्दा माथि आत्मसम्मान हुने बताएका छन् । सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन् । ‘म मान्छु पदभन्दा ठूलो मूल्य हुन्छ, सिद्धान्त,’ घिसिङले भने, ‘कुर्सीभन्दा माथि हुन्छ आत्मसम्मान र सरकारभन्दा ठूलो हुन्छ जनता ।’ उनले राजीनामा दिनुको निर्णय भाग्ने र जिम्मेवारीबाट विमुख हुने नभएको पनि दाबी गरे । ‘मैले दिएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम