। गोरखामा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
२१ वर्षीया अनुष्का परियारको हत्या गरेको अभियोगमा पालुङटार नगरपालिका-३ बोगटीगाउँ बस्ने शंकर सुनारलाई बिहीबार पक्राउ परेका हुन् ।
शंकरले कुटपिट गर्दा अनुष्का गम्भीर घाइते भएको भन्ने खबर प्राप्त प्रहरीको टोली घटनास्थल पुगेको थियो ।
प्रहरीका अनुसार कुटपिटबाट घाइते भएकी अनुष्काको आँपपिपल अस्पताल हर्मीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।