मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को कंग्रेस चुनावमा रिपब्लिकनहरूले जसरी पनि जित्नुपर्नेमा जोड
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को कंग्रेस चुनावमा रिपब्लिकनहरूले जसरी पनि जित्नुपर्नेमा जोड

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को कंग्रेस चुनावमा रिपब्लिकनहरूले जसरी पनि जित्नुपर्नेमा जोड दिएका छन् । उनले चुनाव हारेमा आफूविरुद्ध महाभियोगको प्रक्रिया अगाडि बढ्ने दाबी गरेका छन् ।

रोयटर्सको रिपोर्ट अनुसार वासिङ्टनमा आयोजित रिपब्लिकन सांसदहरूको एक भेलामा ट्रम्पले भने, ‘तपाईंहरूले मध्यावधि चुनाव जित्नैपर्छ, किनकि यदि हामीले जितेनौं भने उनीहरूले (डेमोक्रयाटहरूले) मलाई महाभियोग लगाउने कुनै न कुनै कारण खोज्नेछन् । मलाई महाभियोग लगाइनेछ ।’


हालै भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप, निकोलस मादुरोको गिरफ्तारी र ग्रीनल्याण्ड कब्जा गर्ने विषयमा चर्चामा रहेका ट्रम्पले अहिले आगामी नोभेम्बर २०२६ मा हुने मध्यावधि चुनावका लागि एजेन्डा तय गरिरहेका छन् । उनले आफूविरुद्ध हुन सक्ने सम्भावित अनुसन्धान र आरोपहरूबाट बच्न यो चुनावलाई महत्त्वपूर्ण मानेका छन् ।

उनले आफ्ना सांसदहरूलाई आपसी मतभेद त्याग्न र अमेरिकी जनता माझ स्वास्थ्य सेवा, निर्वाचन निष्पक्षता र लैङ्गिक विषय जस्ता नीतिहरू लैजान आग्रह गरे। विशेषगरी महँगीका कारण आक्रोशित जनतालाई रिझाउन उनले निर्देशन दिएका छन् ।


ट्रम्पले भने, ‘राष्ट्रपतिको चुनाव जित्नेले मध्यावधि चुनाव हार्छ भनिन्छ । जनताको दिमागमा आखिर के चलिरहेको छ भनेर मलाई बुझाउनुहोस् ।’

सञ्चारमाध्यम फर्स्टपोस्टका अनुसार, करिब ८४ मिनेट लामो भाषणमा ट्रम्पले भेनेजुएला हस्तक्षेपको बारेमा थोरै मात्र बोले भने सेयर बजारको बढोत्तरी र जनवरी ६, २०२१ मा भएको क्यापिटल हिल आक्रमणको बारेमा बढी चर्चा गरे ।

भाषणका क्रममा उनले ठट्टा गर्दै भने, ‘मादुरोले मेरो ‘नाच्ने शैली’ कपी गरेका छन् ।’ उनले आफ्नी श्रीमती मेलानिया ट्रम्प निकै परिष्कृत रहेको र उनले सार्वजनिक ठाउँमा डान्स गर्न रोक लगाउँदै ‘यो राष्ट्रपतिका लागि सुहाउने कुरा होइन’ भन्ने गरेको सुनाए ।

ट्रम्पले डेमोक्र्याटहरूको ‘ओबामाकेयर’ सम्बन्धी सन्देशलाई कडा टक्कर दिन रिपब्लिकनहरूलाई आग्रह गरे। उनले स्वास्थ्य सेवाको मुद्दामा रिपब्लिकनहरूले आफ्नो पकड जमाउनुपर्ने भन्दै सांसदहरूलाई भने, ‘यो धेरै महत्त्वपूर्ण मुद्दा हो, स्वास्थ्य सेवाको स्वामित्व लिनुहोस्। यसको समाधान खोज्नुहोस् ।’

ट्रम्पको २०१७-२०२१ को कार्यकालमा डेमोक्र्याट नेतृत्वको ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ ले उनलाई दुई पटक महाभियोग लगाएको थियो। यद्यपि, दुवै पटक सिनेटले उनलाई सफाइ दिएको थियो ।

अहिले ट्रम्पले अध्यागमनदेखि सैन्य कारबाही र संघीय नियमनसम्मका क्षेत्रमा एक्लै निर्णय गर्न सक्ने गरी आफ्नो शक्ति विस्तार गरिरहेका छन् । यसैबीच, उनले लगाएको भन्सार शुल्क संवैधानिक रूपमा कंग्रेसको अधिकार क्षेत्रमा पर्ने हो कि होइन भन्नेबारे सर्वोच्च अदालतको महत्त्वपूर्ण फैसला आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...
: स्पेनमा दुई तीव्र गतिका रेल एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। रोयटर्सका अनुसार बिहान ९ बजे भएको दुर्घटनामा रेन्फे र इरियो कम्पनीका रेलहरू आपसमा ठोक्किएका हुन्। दुर्घटनाका कारण इरियो रेलका दुई वटा डिब्बा पटरीबाट बाहिर खसेको बताइएको छ। अधिकारीहरूले दुर्घटनाको कारण र घाइतेहरूको यकिन तथ्यांक संकलन गरिरहेका छन्।
: रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा मानवीय सहायता पुर्‍याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सीमित युद्धविराम सुरु भएको छ । खाद्यान्न, पानी र विद्युत् अभावमा रहेका स्थानीय बासिन्दा बाँच्नका लागि बगैँचामा उम्रिएका झारपात पकाएर खान बाध्य भएको बीबीसीले जनाएको छ । युक्रेनी अधिकारी र रुसी रक्षा मन्त्रालयले युद्धविराम पालना भइरहेको बताएका छन्। अमेरिकी प्रथम महिला ...
: बेलायतका राजा चार्ल्स तृतीयले क्यारिबियन क्षेत्रको भ्रमणका क्रममा दास व्यापार र औपनिवेशिक शासनको पीडादायी इतिहास स्वीकार गर्ने भएका छन् । तर, बेलायतको दास व्यापारमा रहेको भूमिकाका लागि औपचारिक माफी माग्ने वा क्षतिपूर्ति दिने योजना भने नरहेको जनाइएको छ । नौदिने क्यारिबियन भ्रमणका क्रममा राजा चार्ल्स पहिलोपटक राष्ट्रप्रमुखका रूपमा बहामास पुगेका हुन् । भ्रमणका क्रममा उनले ...