मुख्य समाचार
जिल्लाको बेदकोट नगरपालिका भएर बग्ने चौधरनदीको मुख्य सहायक राधानदीमा ‘राडार लेभल सेन्सर’ (आरएलएस) जडान
जिल्लाको बेदकोट नगरपालिका भएर बग्ने चौधरनदीको मुख्य सहायक राधानदीमा ‘राडार लेभल सेन्सर’ (आरएलएस) जडान

। जिल्लाको बेदकोट नगरपालिका भएर बग्ने चौधरनदीको मुख्य सहायक राधानदीमा ‘राडार लेभल सेन्सर’ (आरएलएस) जडान गरिएको छ ।

बाढीको पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यका साथ नदीमा जलस्तर मापन गर्ने आधुनिक आरएलएस प्रविधि जडान गरिएको हो ।

इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन, डिसिए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए), कञ्चनपुरको साझेदारीमा सञ्चालित ‘स्मार्ट’ परियोजनाअन्तर्गत उक्त प्रविधि जडान गरिएको परियोजनाका संयोजक राजकुमार सुनारले बताए ।

उनका अनुसार प्रविधि जडानमा जल तथा मौसम विज्ञान कार्यालय अत्तरिया र बेदकोट नगरपालिकाको सहकार्य रहेको छ ।

नदीमा जडान गरिएको राडार लेभल सेन्सरले नदीको जलस्तरको वास्तविक तथ्याङ्क (रियल टाइम डाटा) सङ्कलन गरी तत्काल जानकारी उपलब्ध गराउने संयोजक सुनारले जानकारी दिए । ‘यसबाट बर्खायाममा आउन सक्ने सम्भावित बाढीको पूर्वसूचना समयमा प्राप्त हुने र तल्लो तटीय क्षेत्रका नागरिकको जीउधनको सुरक्षामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ’, उनले भने ।

सेन्सर जडान भएपछि बेदकोटसँगै भीमदत्त नगरपालिका र बेलडाँडी गाउँपालिका क्षेत्रका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई समयमा बाढीबारे सचेत गराउन मद्दत पुग्ने संयोजक सुनारले बताए ।

‘अहिले प्रविधि जडान मात्रै गरिएको छ’, उनले भने, ‘यसलाई जल तथा मौसम विज्ञानको प्रणालीमा आबद्ध गर्ने कार्य वर्षा सुरु हुनुअगावै पूरा हुन्छ । त्यसपछि नदीको जलस्तर विभागको वेबसाइटबाट प्रत्यक्ष हेर्न सकिनेछ ।’

बेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहराले नगरपालिकाले विपद् जोखिम न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको बताए । यस कार्यले स्थानीय समुदायलाई बाढीबाट हुनसक्ने क्षति कम गर्न र विपद् व्यवस्थापनमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ । गत कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपाइ सुरु गरेयता आठ हजार ९८३ लाइसेन्स छपाई भएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागको ‘मास प्रिन्टर’ जेनजी आन्दोलनका क्रममा तोडफोडपछि रोकिएको लाइसेन्स छपाइ उक्त केन्द्रबाट सुरु गरिएको हो ...
— २३ भदौको जेन–जी आन्दोलन र २४ को प्रदर्शनका कारण साढे ८४ अर्बको भौतिक सम्पत्तिको क्षति भएकामा भवन र सवारीसाधनको मात्र साढे ५२ अर्ब रहेको छ । प्रदर्शनमा भएको क्षतिमध्ये सरकारी संरचनाको पुनर्निर्माणमा मात्रै ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ । आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्यांकन र सार्वजनिक ...
— कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने दोहोर्‍याएका छन् । आज सामाजिक सञ्जाल एक्समा संक्षिप्त धारणा राख्दै शर्माले कांग्रेस पार्टी 'फुट्ने' भय र भ्रम नराख्न आग्रह गरेका छन् । 'पार्टी एकता जोगाउन विष पिउन तयार', 'विभाजन हुन लागे हलबाट बाहिरिने l' हामीले यो भन्नूको अर्थ- हो विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजन हुन्न,' उनले लेखेका ...
— प्रतिनिधि सभा सदस्य निर्वाचन ,२०८२ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको लागि विभिन्न जिल्लामा पठाउनको लागि निर्वाचन आयोगमा मतदाता परिचयपत्र प्रिन्ट गरेर तयारी गर्दै कर्मचारीहरु ।
— गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताएका छन् । शुक्रबार ललितपुरमा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले वर्तमान सरकारको पहिलो म्यान्डेट तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको बताएका हुन् । सरकार निर्वाचनमा होमिइसकेकोले तोकिएको मितिमा नै निर्वाचन हुनेमा शंका नगर्न सम्बन्धित सबै पक्षलाई गृहमन्त्री अर्यालले आग्रह गरे । त्यस्तै जेन-जी आन्दोलन ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम