मुख्य समाचार
बागमती सरकारले जेनजी प्रदर्शनका पीडितलाई सवारी साधनमा कर छुट
बागमती सरकारले जेनजी प्रदर्शनका पीडितलाई सवारी साधनमा कर छुट

। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि गत गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका कारण पूर्णरूपमा क्षतिग्रस्त भएका सवारी साधनका लागि सवारी साधन कर, नवीकरण दस्तुर र जरिवानामा छुट दिने निर्णय गरेको छ । प्रदेश सरकारको सो निर्णय राजपत्रमा प्रकाशित भएको छ ।

प्रदेश सचिव झलकराम अधिकारीका अनुसार प्रदर्शनका क्रममा पूर्णरूपमा क्षतिग्रस्त भएका सरकारी, सार्वजनिक, बोर्ड तथा निजी सवारी साधनमा चालु आर्थिक वर्षको मात्र सवारी साधन कर र नवीकरण दस्तुर छुट दिइनेछ ।


साथै, भाडाका सार्वजनिक सवारी साधनका लागि जाँचपास र बाटो इजाजतपत्र नवीकरण दस्तुरमा पनि छुट प्रदान गरिने बताइएको छ ।

नेपाल ट्रक व्यवसायी महासंघले सो निर्णयको स्वागत गरेको छ । संघले बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापासँग भेट गरी सवारी साधन कर र दस्तुर छुट सम्बन्धी सुझाव दिएको बताएको छ ।


सुझावअनुसार बागमती प्रदेश सरकारले मन्त्रिपरिषद्‌को गत पुस १६ गतेको बैठकमा चालु आर्थिक वर्षको सवारी साधन कर, केही दस्तुर र जरिवाना छुट दिने निर्णय गरेको थियो ।

नेपाल ट्रक व्यवसायी महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले महासंघको तर्फबाट धन्यवाद व्यक्त गर्दै प्रदेश सरकारको यो निर्णयले व्यवसायीहरूलाई ठूलो राहत पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ । गत कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपाइ सुरु गरेयता आठ हजार ९८३ लाइसेन्स छपाई भएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागको ‘मास प्रिन्टर’ जेनजी आन्दोलनका क्रममा तोडफोडपछि रोकिएको लाइसेन्स छपाइ उक्त केन्द्रबाट सुरु गरिएको हो ...
— २३ भदौको जेन–जी आन्दोलन र २४ को प्रदर्शनका कारण साढे ८४ अर्बको भौतिक सम्पत्तिको क्षति भएकामा भवन र सवारीसाधनको मात्र साढे ५२ अर्ब रहेको छ । प्रदर्शनमा भएको क्षतिमध्ये सरकारी संरचनाको पुनर्निर्माणमा मात्रै ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ । आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्यांकन र सार्वजनिक ...
— कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने दोहोर्‍याएका छन् । आज सामाजिक सञ्जाल एक्समा संक्षिप्त धारणा राख्दै शर्माले कांग्रेस पार्टी 'फुट्ने' भय र भ्रम नराख्न आग्रह गरेका छन् । 'पार्टी एकता जोगाउन विष पिउन तयार', 'विभाजन हुन लागे हलबाट बाहिरिने l' हामीले यो भन्नूको अर्थ- हो विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजन हुन्न,' उनले लेखेका ...
— प्रतिनिधि सभा सदस्य निर्वाचन ,२०८२ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको लागि विभिन्न जिल्लामा पठाउनको लागि निर्वाचन आयोगमा मतदाता परिचयपत्र प्रिन्ट गरेर तयारी गर्दै कर्मचारीहरु ।
— गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताएका छन् । शुक्रबार ललितपुरमा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले वर्तमान सरकारको पहिलो म्यान्डेट तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको बताएका हुन् । सरकार निर्वाचनमा होमिइसकेकोले तोकिएको मितिमा नै निर्वाचन हुनेमा शंका नगर्न सम्बन्धित सबै पक्षलाई गृहमन्त्री अर्यालले आग्रह गरे । त्यस्तै जेन-जी आन्दोलन ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम