मुख्य समाचार
ट्रम्पले तेल बिक्रीको पैसाले भेनेजुएलाले अमेरिकी सामान मात्र खरिद गर्नु पर्ने बताए
ट्रम्पले तेल बिक्रीको पैसाले भेनेजुएलाले अमेरिकी सामान मात्र खरिद गर्नु पर्ने बताए

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल बिक्रीको पैसाले भेनेजुएलाले अमेरिकी सामान मात्र खरिद गर्नु पर्ने बताएका छन् ।

आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले तेलको बिक्रीको पैसा भेनेजुएलाले अमेरिकी सामानमा मात्र खर्च गर्न पाउने बताएका हुन् ।


ट्रम्पले लेखेका छन्, ‘मलाई जानकारी प्राप्त भएको छ कि भेनेजुएलाले तेल बिक्रीबाट प्राप्त रकमले अमेरिकामा बनेका सामान नै खरिद गर्नेछ ।’

‘यस्ता खरिदमा अमेरिकी कृषि उपज, औषधि, मेडिकल उपकरण र भेनेजुएलाको विद्युत् ग्रिड र ऊर्जा केन्द्रको सुधारका लागि प्रयोग हुने मेसिन सामेल हुनेछन्,’ ट्रम्पले थप लेखेका छन् ।


राष्ट्रपति ट्रम्पले भेनेजुएला अब अमेरिकाको मुख्य व्यापारिक साझेदार बन्न प्रतिबद्ध रहेको समेत दाबी गरेका छन् ।

‘यो समझदारीपूर्ण निर्णय भेनेजुएला र अमेरिकाका साथै दुवै देशका नागरिकलाई पनि निकै राम्रो कुरा हो,’ उनले भनेका छन् ।

अमेरिकाले गत शनिबार भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई लागुऔषध तस्करीलाई वैधता दिएको आरोप लगाउँदै राजधानी काराकासबाटै गिरफ्तार गरेको थियो ।

त्यसपछि उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नयाँ ‘भिसा बन्ड’ नीतिमा नेपाललाई पनि समावेश गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालय (यूएस डिपार्टमेन्ट अफ स्टेट) ले सूचना सार्वजनिक गर्दै २१ जनवरी २०२६ देखि नेपाललाई पनि ‘भिसा बन्ड’ नीतिमा समावेश गर्ने भएको हो । नेपाललाई ‘भिसा बन्ड’ नीतिमा समावेश गरेसँगै २१ जनवरीदेखि व्यवसाय र पर्यटन भिसाका लागि आवेदन दिने आवेदकले ५ ...
: अमेरिकाको मिनियापोलिसमा अध्यागमन अधिकारीले चलाएको गोली लागेर एक महिलाको मृत्यु भएको छ। अमेरिकी अधिकारीहरूले गोली प्रहार आत्मरक्षाका लागि गरिएको दाबी गरेका छन्। तर, स्थानीय नेतृत्वले भने उक्त दाबीमाथि प्रश्न उठाएको छ। बीबीसीका अनुसार डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (DHS) का अनुसार ती महिलाले अफिसरमाथि गाडी चलाएर आक्रमण गर्ने प्रयास गरेकाले आत्मरक्षाका लागि गोली चलाउनुपरेको बताएका छन्। गृह ...
। अमेरिकाको उटाहको साल्ट लेक सिटीमा बिहीबार भएको गोली हानाहानमा दुई जनाको मृत्यु हुनुकासाथै अन्य घाइते भएको अमेरिकी प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता ग्लेन मिल्सले प्रारम्भिक रिपोर्टले पार्किङ स्थलमा घटना भएको सङ्केत गरेको बताउदै त्यहाँ झगडाको समयमा गोली चलाइएको पत्रकारहरूलाई बताएका छन् । प्रहरीले आठ जना पीडितहरू मध्ये कम्तीमा दुई जनाको चोटपटकबाट मृत्यु भएको उल्लेख गर्दै ...
। भेनेजुएलाका विदेश मन्त्री यवन गिलले आफ्नो भूभाग र प्राकृतिक स्रोतहरूमा भेनेजुएलाका जनताको पूर्ण सार्वभौमसत्ताका लागि चीनको समर्थन प्रति आफ्नो देशको तर्फबाट कृतज्ञता व्यक्त गरेका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै गिलले अमेरिकी गतिविधिले अन्तर्राष्ट्रिय कानून र भेनेजुएलाको सार्वभौमिकताको गम्भीर उल्लङ्घनको साथसाथै संयुक्त राज्य अमेरिकाको अराजक कार्यको चीनले कडा निन्दा गरेको बताएका छन् । बेइजिङमा पत्रकारहरुसँगको ...
। अमेरिका ६६ वटा अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरिएको छ । यससँगै ती संस्थाले पाउँदै आएको अमेरिकी रकम र सहयोग रोकिनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ३५ गैर–संयुक्त राष्ट्र संघका संगठन र ३१ संयुक्त राष्ट्र संघसँग सम्बन्धित निकायहरूबाट बाहिरिने निर्णयमा हस्ताक्षर गरेका रोयटर्सले जनाएको छ । ती निकायहरू ‘अमेरिकी राष्ट्रिय हितविपरीत सञ्चालन हुने’ भएका कारण यस्तो कदम चालिएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम