मुख्य समाचार
ट्रम्पले तेल बिक्रीको पैसाले भेनेजुएलाले अमेरिकी सामान मात्र खरिद गर्नु पर्ने बताए
ट्रम्पले तेल बिक्रीको पैसाले भेनेजुएलाले अमेरिकी सामान मात्र खरिद गर्नु पर्ने बताए

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल बिक्रीको पैसाले भेनेजुएलाले अमेरिकी सामान मात्र खरिद गर्नु पर्ने बताएका छन् ।

आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले तेलको बिक्रीको पैसा भेनेजुएलाले अमेरिकी सामानमा मात्र खर्च गर्न पाउने बताएका हुन् ।


ट्रम्पले लेखेका छन्, ‘मलाई जानकारी प्राप्त भएको छ कि भेनेजुएलाले तेल बिक्रीबाट प्राप्त रकमले अमेरिकामा बनेका सामान नै खरिद गर्नेछ ।’

‘यस्ता खरिदमा अमेरिकी कृषि उपज, औषधि, मेडिकल उपकरण र भेनेजुएलाको विद्युत् ग्रिड र ऊर्जा केन्द्रको सुधारका लागि प्रयोग हुने मेसिन सामेल हुनेछन्,’ ट्रम्पले थप लेखेका छन् ।


राष्ट्रपति ट्रम्पले भेनेजुएला अब अमेरिकाको मुख्य व्यापारिक साझेदार बन्न प्रतिबद्ध रहेको समेत दाबी गरेका छन् ।

‘यो समझदारीपूर्ण निर्णय भेनेजुएला र अमेरिकाका साथै दुवै देशका नागरिकलाई पनि निकै राम्रो कुरा हो,’ उनले भनेका छन् ।

अमेरिकाले गत शनिबार भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई लागुऔषध तस्करीलाई वैधता दिएको आरोप लगाउँदै राजधानी काराकासबाटै गिरफ्तार गरेको थियो ।

त्यसपछि उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
पाकिस्तानको कराँचीमा रहेको पाकिस्तान रेन्जर्स सिन्ध क्याम्पमा भएको आक्रमणमा तीन सुरक्षाकर्मीको मृत्यु भएको छ । शनिबार राति भएको आक्रमणमा तीन सुरक्षाकर्मी मारिएको पाकिस्तानी सेनाले पुष्टि गरेको छ। सेनाले जवाफी कारबाहीमा तीन आक्रमणकारी पनि मारिएको बताएको छ। पाकिस्तानी सेनाको जनसम्पर्क विभाग, आईएसपीआरले अपरेशनको क्रममा एक आक्रमणकारी, एक अफगानी नागरिक, घाइते अवस्थामा पक्राउ परेको बताएको छ। शनिबार राति कराँचीको गुलिस्तान-ए-जोहर क्षेत्रमा ...
सिंगापुरका प्रधानमन्त्री वोङले रसियासँग कूटनीतिक सन्तुलन राख्न सक्लान् ?
। अमेरिका र इरानबीच होर्मुज स्ट्रेटमा शुक्रबार राति थप आक्रमण-प्रत्याक्रमण भएको छ। यसले दुई देशबीच जारी अस्थिर युद्धविरामलाई थप कमजोर बनाएको छ। द्वन्द्व सुरु भएको आज १२० औँ दिन पुगेको छ। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले शुक्रबार इरानको मिसाइल तथा ड्रोन भण्डारण स्थल र समुद्रतटीय रडार प्रणालीमाथि आक्रमण गरेको जनाएको छ। यो आक्रमण एक दिनअघि एक ...
: दुबईमा एक २३ वर्षीया बेलायती टिकटक इन्फ्लुएन्सरमाथि आफ्नै प्रेमीको हत्या गरेको आरोप लागेको छ । बेलायतको केन्टस्थित ग्रेभसेन्डकी ब्रुक जर्जमाथि आफ्ना प्रेमीलाई चक्कु प्रहार गरी हत्या गरेको आरोप लगाइएको हो । दुवैको भेट अनलाइनमार्फत भएको थियो र त्यसपछि उनीहरू प्रेम सम्बन्धमा रहेका थिए । यो जानकारी ‘डिटेन्ड इन दुबई’ नामक संस्थाले दिएको हो । संस्थाका ...
: दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा बुधबार साँझ गएको विनासकारी भूकम्पका कारण मृत्यु हुनेहरूको संख्या कम्तीमा १,४३० पुगेको छ। भेनेजुएलाका शीर्ष अधिकारीहरूले शनिबार सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार भग्नावशेषमा पुरिएका नागरिकहरूलाई जीवितै उद्धार गर्ने समय निकै ढिलाइ भएको बताएका छन् । अन्तर्राष्ट्रिय उद्धार टोलीहरूले समयसँग प्रतिस्पर्धा गर्दै तीव्र गतिमा खोजी कार्य अघि बढाए पनि प्रभावित क्षेत्रमा ...