मुख्य समाचार
नेपाल पुलिस क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब नवौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश
नेपाल पुलिस क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब नवौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश

: विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब नवौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । चार टोलीको सहभागिता रहेको प्रतियोगितामा राउन्ड रोविन लिगमा लगातार दोस्रो जित निकाल्दै

पुलिस र न्यु डायमन्ड एक खेल अगावै फाइनलमा पुगेका हुन् । बिहीबार भएका दुवै खेलमा पुलिस र न्यु डायमन्डले आ–आफ्नो प्रतिद्वन्द्वीलाई समान ३–२ सेटले पराजित गरेका थिए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको पहिलो खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २०–२५, २५–१९, २४–२६, २५–२०, १५–११ ले पराजित ग¥यो । अर्को खेलमा न्यु डायमन्डले एपीएफ क्लबलाई २५–१६, २५–२१, १९–२५, १९–२५, १५–७ ले हरायो । लगातार दोस्रो पराजयसँगै आर्मी र एपीएफ उपाधि होडबाट बाहिरिएका हुन् । यसअघि पुलिसले एपीएफलाई ३–० र न्यु डायमन्डले आर्मीलाई ३–० ले नै पाखा लगाएको थियो ।

बिहीबारको पहिलो खेलमा पुलिसकी उषा भण्डारी र दोस्रोमा न्यु डायमन्डकी सलिना बुढा मगर ‘प्लेयर अफ द म्याच’ चुनिए । उनीहरूले समान १५ हजार रुपैयाँ नगद पुरस्कार पाए ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठान, बालकोटको आयोजना तथा बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा शुक्रबार दुई खेल हुनेछ । पहिलो खेल न्यु डायमन्ड र पुलिसबीच हुनेछ । यो खेलले नै राउन्ड रोविन लिगमा शीर्ष स्थानमा रहने टोलीको टुंगो लगाउने छ । दोस्रो खेलमा एपीएफले आर्मीसँग प्रतिस्पर्धा गर्नेछ ।

सहभागी चार टोलीमध्ये आर्मीले मात्र यो प्रतियोगिताको उपाधि जित्न सकेको छैन । पुलिस साविक विजेता हो भने न्यु डायमन्ड सातौं संस्करणको विजेता हो । एपीएफ सुरुका ६ संस्करणमा च्याम्पियन बनेको थियो ।

प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार र तेस्रो हुने टोलीले एक लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार प्रदान गरिने छ । विधागततर्फ सात उत्कृष्टलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: खेलकुद विकासका साझा एजेन्डा बनाउने र प्रदेशहरूबीच सहकार्य विस्तार गर्ने उद्देश्यले सातै प्रदेशका खेलकुद निकायका सदस्यसचिव पहिलोपटक कोशी प्रदेशमा भेला हुने भएका छन्। कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा शनिबार सुनसरीको बराहक्षेत्रस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल चतरामा अन्तरप्रदेश सदस्यसचिव सम्मेलन हुन लागेको हो। सम्मेलनमा सहभागी हुन सातै प्रदेशका सदस्यसचिव शुक्रबार विराटनगर आइपुग्नेछन्। सम्मेलनअघि कोशी र मधेस ...
। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै छ । अल अमेरत ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । नेपालले आइतबार भएको पहिलो खेलमा क्यानडालाई पराजित गरेको थियो । त्यस खेलमा नेपालका ब्याटर रोहित पौडेलले शतक बनाएका थिए ...
: इंग्लिस प्रिमियर लिगमा खेल भइरहेको छ। मैदानमा खेल भइरहँदा मैदानबाहिरको खेलको चर्चा पनि उत्तिकै छ। लिभरपुललाई उसकै मैदानमा ३–० ले हराउँदै म्यानचेस्टर सिटीले आफ्नो उत्कृष्ट लय कायम राखेको छ। एर्लिङ हालान्ड, जेरेमी डोकु र रयान चेर्कीको गोलमा सिटीले अंकतालिकाको शीर्ष स्थानमा तीन अंकको अग्रता बनायो। तर मैदानमा सिटीको प्रदर्शन जति प्रभावशाली देखियो, मैदानबाहिरको आर्थिक ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले जर्सीलाई ‘अपि एडिसन’ नाम दिएको छ । सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र जैविक विविधतालाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको जर्सीले अपि हिमाललाई विशेष रूपमा सम्मान गरेको छ । जर्सीको पछाडिको भागमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने ...
: आइसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम शृंखलाको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले क्यानडालाई २४ रनले पराजित गरेको हो। ओमानस्थित एल अमेरत क्रिकेट मैदान(ट्रफ-१)मा नेपालले क्यानडालाई २११ रनमा अलआउट गरेको हो। क्यानडाका लागि आरोन जहन्सनले सर्वाधिक ४४ रन बनाए। त्यस्तै समित गोहेलले ३५, हम्जा तारिकले २६, श्रेयस मुफाले २६ र अखिल कुमार ३० रनमा अविजित ...