मुख्य समाचार
अमेरिकाले नेपाललाई पनि ‘भिसा बन्ड’ राख्नुपर्ने देशहरूको सूचीमा समावेश
अमेरिकाले नेपाललाई पनि ‘भिसा बन्ड’ राख्नुपर्ने देशहरूको सूचीमा समावेश

: अमेरिकाले नेपाललाई पनि ‘भिसा बन्ड’ राख्नुपर्ने देशहरूको सूचीमा समावेश गरेको छ। जनवरी २१ देखि लागू हुने गरी नेपाललाई उक्त सूचीमा राखिएको हो।


अमेरिकी विदेश मन्त्रालयका अनुसार नेपाली नागरिकहरूले अमेरिकाको बी-१/बी-२ (पर्यटक वा व्यावसायिक) भिसा आवेदन दिँदा धरौटी रकम राख्नुपर्ने छ। यस्तो धरौटी न्यूनतम ५ हजारदेखि अधिकतम् रकम १५ हजार अमेरिकी डलर हुने गर्छ।


भिसा बन्ड भनेको कुनै व्यक्तिले भिसा पाएपछि तोकेको समयभित्र अमेरिका छोड्छु र भिसाका सबै नियम पालना गर्छु भन्ने कुराको आर्थिक जमानत (ज्ञारेन्टी) हो। भिसा दुरुपयोग हुने सम्भावना बढी देखिएको भन्दै अमेरिकाले उक्त नियम ल्याएको हो।



धरौटी रकम भिसा अन्तर्वार्ताको समयमा निर्धारण गरिन्छ। अमेरिकी भिसा लिने आवेदकले अमेरिकी कोष विभागको अनलाइन भुक्तानी प्रणाली पेडटजिओभीमार्फत धरौटी रकम बुझाउने र आवश्यक सर्तहरू पनि स्वीकार गर्नुपर्छ।

त्यस्तो धरौटी कन्सुलर अधिकृतको स्पष्ट निर्देशन प्राप्त भएपछि मात्र आवेदकले बुझाउनुपर्छ। तर, धरौटी रक बुझाउँदैमा भिसा स्वीकृत हुने ग्यारेन्टी भने हुँदैन। कन्सुलर अधिकृतको निर्देशनबिना शुल्क बुझाइएमा त्यस्तो शुल्क पनि फिर्ता नहुने उल्लेख छ।

नयाँ नियम लागू भएपछि त्यस्तो भिसा लिने नेपाली नागरिकहरूले अमेरिकाको तीनवटा प्रवेशद्वार मात्र प्रयोग गर्न पाउनेछन्। अमेरिका प्रवेश तथा प्रस्थान गर्दा बोस्टन लोगन अन्तर्राष्ट्रिय विमानस्थल, जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थल र वासिङ्टन डलस अन्तर्राष्ट्रिय विमानस्थलको मात्र प्रयोग गर्नुपर्छ। उक्त शर्त पालना नगरे धरौटी रकम जफत हुने उल्लेख छ।

तोकिएको समयभित्र अमेरिका छोडेमा धरौटी रकम फिर्ता हुन्छ। त्यस्तै भिसा पाएर पनि अमेरिका जान नपाएमा वा उल्लेखित प्रवेश बिन्दुमा अमेरिका छिर्न नपाएमा पनि धरौटी रकम फिर्ता हुन्छ। तर, मितिभन्दा ढिलो अमेरिका छोडेमा, भिसाको नियम उल्लंघन गरेमा धरौटी रकम जफत हुन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ वा ९ लाई प्राथमिकतामा राख्दै चुनावी मैदानमा उत्रिने निर्णय लिएकी हुन् । आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने प्रष्ट पार्दै तामाङले दलीय राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारबाट अघि बढ्ने बताएकी छन् । पछिल्लो केही ...
— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेश घुमेर मात्रै मुलुकको अर्थतन्त्रमा सुधार नआउने बताएका छन् । साथै आफू मन्त्रीका हैसियतमा आफू विदेश भ्रमणमा जान इच्छुक नरहेकोसमेत उनको भनाइ छ । मन्त्री पुनले यसअघि आफूलाई तीन वटा वैदेशिक भ्रमण र कार्यक्रमको निमन्त्रणा आएको र नगएको जनाउँदै अहिले पनि दुई वटा निमन्त्रणा आएकामा नजाने कुरा सामाजिक ...
पूर्वी नवलपरासीको कावासोतीस्थित केरुङ्गे खोलामा दुई वर्षमा निमार्ण सम्पन्न हुनुपर्ने पुल ७ वर्षमा सम्पन्न भएको छ।
— अमेरिका भ्रमणको विवादमा तानिएका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता उक्त कार्यक्रममा सहभागी नहुने भएका छन्। मन्त्रालयनिकट स्रोतका अनुसार ६ गते प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेकाले पनि मन्त्री गुप्ता उता नजाने पक्कापक्की भएको हो। कान्तिपुरसँगको कुराकानीमा मन्त्री गुप्ताले भिसाका लागि आवेदनसमेत नदिएको बताउँदै आयोजकहरूको विवादमा आफूलाई तानिएको बताए। उनले भने, 'उता जाने प्रक्रिया नै सुरु ...
— निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था नरहेको जनाएको छ। तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाउने काम अझै गर्न नसकेको चर्चा भइरहेका बेला शुक्रबार निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो बताएका हुन्। प्रवक्ता भट्टराईले निर्वाचन आयोगले सरकारसँग सहजीकरण गरी निर्वाचनका लागि भरपर्दो र विश्वसनीय ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम