मुख्य समाचार
कर्णालीको सत्तीघाटलाई माछा संरक्षित क्षेत्र घोषणा
कर्णालीको सत्तीघाटलाई माछा संरक्षित क्षेत्र घोषणा

— कर्णालीको सत्तीघाटलाई माछा संरक्षित क्षेत्र घोषणा गरिएको छ । राजापुर र टिकापुर नगरपालिकाको सीमा क्षेत्रमा रहेको सत्तीघाट र आसपास क्षेत्रलाई मुलुकमै पहिलो ‘मत्स्य अभयारण्य क्षेत्र’ घोषणा गरिएको हो ।

माछाको दिगो संरक्षण गर्नका लागि राजापुर र टिकापुर नगरपालिकाबीच माछा संरक्षित क्षेत्र घोषणा गर्ने सम्झौता भएको हो । राजापुरका नगर प्रमुख दिपेश थारु र टिकापुरका नगर प्रमुख रामलाल डगौंरा थारुले ८ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

दुबै नगरपालिकाका नगर प्रमुखले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरेपछि मत्स्य अभयारण्य क्षेत्र घोषणा गरिएको थियो । राजापुर–३, बाट दक्षीण टेडियादेखि वडा नम्बर–४ को छेदिया घाटसम्म र टिकापुर–८, फाँटादेखि सोही वडाको अर्नहवा घाटसम्मको क्षेत्रलाई माछा संरक्षण क्षेत्र घोषणा गरिएको छ । तोकिएको क्षेत्रमा माछा मार्न रोक लगाइएको छ ।

कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणका १५ समुहले माछा संरक्षणकालागि विशेष भूमिका निर्वाह गरिरहेका छन् । राजापुर नगरपालिका अन्तर्गत १३ र कैलालीको टिकापुर अन्तर्गतका २ वटा सामुदायिक नदी खण्ड सह–व्यवस्थापन समुहले अवैद्य गतिविधिको अनुगमन, माछा संरक्षण सम्बन्धि जनचेतना फैलाउने कार्य गरिरहेका छन् ।


नेपालको जलचर ऐन २०१७, टिकापुर नगरपालिकाको जलचर तथा जलिय जैविक विविधता संरक्षण ऐन २०७६ र राजापुर नगरपालिकाको जलचर तथा जलिय जैविक विविधता संरक्षण ऐन २०८२ को दफा १८ मा आधारित भएर संरक्षित घोषणा गरिएको हो ।

मत्स्य अभयारण्य घोषणा क्षेत्रको आवश्यकता, यसको दिर्घकालीन संरक्षण रणनीति, समुदायको चाहनाका आधारमा यस क्षेत्रलाई परिष्कृत गर्दै लगिने, दुवै स्थानीय तहले नदी सह व्यवस्थापन समुहको अनुगमन र संरक्षणको भूमिकालाई आत्मसात गर्ने र ती समुहलाई शशक्त र दिगोपनकालागि उनीहरुको दर्ता तथा नेतृत्व रहनेगरि पालिकास्तरीय संयन्त्र निर्माण गर्ने, उल्लेखित मत्स्य अभयारण्य भित्र माछा मार्न, विषादी तथा करेन्ट प्रयोग गर्न, ढुङ्गा, बालुवा उत्खनन् जस्ता कार्यमा रोक लगाउने लगायत बुँदाहरु घोषणा पत्रका उल्लेख गरिएको छ ।



मत्स्य अभयारण्य क्षेत्र भन्दा बाहिर व्यवस्थित तरिकाले माछा मार्न पाइने राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले बताए । ‘यस क्षेत्रलाई माछा संरक्षणको केन्द्र बनाएरर् पर्यटक भित्रिर्‍याउने योजना छ,’ उनले भने,‘यसका लागि दुवै पालिकाले कार्यविधि बनाएर माछा संरक्षणलाई व्यवस्थित बनाउदै अघि बढ्नेछ ।’

पहिलाको दाँजोमा आजभोली नदीमा कम माछा पाइन थालेको टिकापुर नगरपालिकाका प्रमुख रामलाल डगौंरा थारुले बताए । ‘विष, विस्फोटक पदार्थ, जाल प्रयोग गरी माछा मार्नेक्रम बढ्यो,’उनले भने, ‘अबको ५० वर्षपछि माछा हराउने सम्भावना देखिएको छ ।’ लोप हुँदै गइरहेका माछाको संरक्षण गर्न संरक्षित क्षेत्र घोषणा गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ वा ९ लाई प्राथमिकतामा राख्दै चुनावी मैदानमा उत्रिने निर्णय लिएकी हुन् । आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने प्रष्ट पार्दै तामाङले दलीय राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारबाट अघि बढ्ने बताएकी छन् । पछिल्लो केही ...
— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेश घुमेर मात्रै मुलुकको अर्थतन्त्रमा सुधार नआउने बताएका छन् । साथै आफू मन्त्रीका हैसियतमा आफू विदेश भ्रमणमा जान इच्छुक नरहेकोसमेत उनको भनाइ छ । मन्त्री पुनले यसअघि आफूलाई तीन वटा वैदेशिक भ्रमण र कार्यक्रमको निमन्त्रणा आएको र नगएको जनाउँदै अहिले पनि दुई वटा निमन्त्रणा आएकामा नजाने कुरा सामाजिक ...
पूर्वी नवलपरासीको कावासोतीस्थित केरुङ्गे खोलामा दुई वर्षमा निमार्ण सम्पन्न हुनुपर्ने पुल ७ वर्षमा सम्पन्न भएको छ।
— अमेरिका भ्रमणको विवादमा तानिएका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता उक्त कार्यक्रममा सहभागी नहुने भएका छन्। मन्त्रालयनिकट स्रोतका अनुसार ६ गते प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेकाले पनि मन्त्री गुप्ता उता नजाने पक्कापक्की भएको हो। कान्तिपुरसँगको कुराकानीमा मन्त्री गुप्ताले भिसाका लागि आवेदनसमेत नदिएको बताउँदै आयोजकहरूको विवादमा आफूलाई तानिएको बताए। उनले भने, 'उता जाने प्रक्रिया नै सुरु ...
— निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था नरहेको जनाएको छ। तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाउने काम अझै गर्न नसकेको चर्चा भइरहेका बेला शुक्रबार निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो बताएका हुन्। प्रवक्ता भट्टराईले निर्वाचन आयोगले सरकारसँग सहजीकरण गरी निर्वाचनका लागि भरपर्दो र विश्वसनीय ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम