मुख्य समाचार
अमेरिकाको ‘भिसा बन्ड’ नीतिमा नेपाल पनि समावेश, आवेदकले १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने
अमेरिकाको ‘भिसा बन्ड’ नीतिमा नेपाल पनि समावेश, आवेदकले १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नयाँ ‘भिसा बन्ड’ नीतिमा नेपाललाई पनि समावेश गर्ने भएको छ ।

अमेरिकी विदेश मन्त्रालय (यूएस डिपार्टमेन्ट अफ स्टेट) ले सूचना सार्वजनिक गर्दै २१ जनवरी २०२६ देखि नेपाललाई पनि ‘भिसा बन्ड’ नीतिमा समावेश गर्ने भएको हो ।

नेपाललाई ‘भिसा बन्ड’ नीतिमा समावेश गरेसँगै २१ जनवरीदेखि व्यवसाय र पर्यटन भिसाका लागि आवेदन दिने आवेदकले ५ हजार, १० हजार र १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने हुन्छ । नयाँ भिसा बन्ड नीतिमा अमेरिकी सरकारले एकै पटक नेपालसहित २५ देशलाई समावेश गरेको हो । अमेरिकाले यो नीतिलाई हालसम्म नेपालसहित ३८ मुलुकमा विस्तार गरिसकेको छ । मन्त्रालयले भिसाको अवधि र अन्य अवस्थाको मूल्याङ्कन गर्दै धरौटी रकम थपघट हुन सक्ने जनाएको छ । धरौटी रकम भिसा अन्तर्वार्ताकै क्रममा निर्धारण गरिने र धरौटी रकम तिरे पनि भिसा स्वीकृत हुने निश्चित भने हुने छैन ।

धरौटी बुझाएर अन्तर्वार्तापछि भिसा पाए पनि भिसाका सर्तहरू पालना गरेको र समयमै अमेरिका छाडेको प्रमाण पेस गरेपछि रकम फिर्ता गर्ने विदेश मन्त्रालयले सूचनामा उल्लेख गरेको छ । अमेरिकाले पर्यटक भिसालाई बी–१/बी–२ भिसामा विभाजन गरेको छ । अधिकांश नेपाली बी–१/बी–२ भिसामै अमेरिका आउने गरेका छन् । मन्त्रालयका अनुसार तोकिएको न्यूनतम समयभन्दा बढी अमेरिका बस्ने ‘ओभरस्टे’ दर र कागजात सुरक्षासम्बन्धी कमजोरी भएका मुलुकहरूका लागि यो नीति विस्तार गरिएको हो । यसअघि गतवर्षको अगस्टमा सीमित देशलाई समेटेर यो नीतिलाई परीक्षणका रूपमा अघि बढाइएको थियो । नीति सकारात्मक देखिएपछि २०२६ को जनवरीदेखि नै व्यापक बनाइएको हो ।

विदेश मन्त्रालय र फेडरल रजिस्टरमा प्रकाशित सूचनाअनुसार धरौटी रकम सबै किसिमका भिसा आवेदकले बुझाउनु पर्दैन । कस्ता भिसा आवेदकले ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलरमध्ये फरक रकम धरौटी तिर्ने भन्ने निर्णय दूतावासका कन्सुलर अधिकारीहरूले गर्नेछन् । आवेदकको अवस्थाअनुसार धरौटी रकम निर्धारण हुन सक्छ । नेपालीले प्राप्त पर्यटक भिसामा धेरै संख्यामा ओभरस्टे, पर्यटक भिसामै वर्कपर्मिट र एसाइलमका फाइल बढेपछि यो नीतिमा नेपाललाई पनि समावेश गरिएको हो ।


यो नीति कार्यान्वयन भएपछि भिसा पाएका व्यक्तिले अमेरिकाका ३ वटा अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै प्रवेश पाउनेछन् । अमेरिकामा रहेका ४ सय ८३ अन्तर्राष्ट्रिय विमानस्थलमध्ये बोस्टन लोगन (बोस्टन), जोन एफ केनेडी (न्युयोर्क) र वासिङ्टन डुल्लेस इन्टरनेसनल एयरपोर्ट (भर्जिनिया) बाट मात्र प्रवेश पाउने विदेश मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...
: स्पेनमा दुई तीव्र गतिका रेल एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। रोयटर्सका अनुसार बिहान ९ बजे भएको दुर्घटनामा रेन्फे र इरियो कम्पनीका रेलहरू आपसमा ठोक्किएका हुन्। दुर्घटनाका कारण इरियो रेलका दुई वटा डिब्बा पटरीबाट बाहिर खसेको बताइएको छ। अधिकारीहरूले दुर्घटनाको कारण र घाइतेहरूको यकिन तथ्यांक संकलन गरिरहेका छन्।
: रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा मानवीय सहायता पुर्‍याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सीमित युद्धविराम सुरु भएको छ । खाद्यान्न, पानी र विद्युत् अभावमा रहेका स्थानीय बासिन्दा बाँच्नका लागि बगैँचामा उम्रिएका झारपात पकाएर खान बाध्य भएको बीबीसीले जनाएको छ । युक्रेनी अधिकारी र रुसी रक्षा मन्त्रालयले युद्धविराम पालना भइरहेको बताएका छन्। अमेरिकी प्रथम महिला ...
: बेलायतका राजा चार्ल्स तृतीयले क्यारिबियन क्षेत्रको भ्रमणका क्रममा दास व्यापार र औपनिवेशिक शासनको पीडादायी इतिहास स्वीकार गर्ने भएका छन् । तर, बेलायतको दास व्यापारमा रहेको भूमिकाका लागि औपचारिक माफी माग्ने वा क्षतिपूर्ति दिने योजना भने नरहेको जनाइएको छ । नौदिने क्यारिबियन भ्रमणका क्रममा राजा चार्ल्स पहिलोपटक राष्ट्रप्रमुखका रूपमा बहामास पुगेका हुन् । भ्रमणका क्रममा उनले ...