मुख्य समाचार
महिला र बालबालिकाको नग्न तस्बिर बनाएको भन्दै एलन मस्कको 'ग्रोक' विवादमा
महिला र बालबालिकाको नग्न तस्बिर बनाएको भन्दै एलन मस्कको 'ग्रोक' विवादमा

— इलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी 'एक्सएआई' यतिबेला गम्भीर विवादमा तानिएको छ । मस्कको सामाजिक सञ्जाल 'एक्स' (यसअघि ट्विटर) मा उपलब्ध एआई च्याटबोट 'ग्रोक' ले महिलाहरूको अनुमतिबिना उनीहरूको नग्न तस्बिर (डिजिटल अनड्रेसिङ) बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यम सिएनएनले जनाएको छ ।

पछिल्लो समय ग्रोकको प्रयोग गरी वास्तविक मानिसहरूका तस्बिरलाई तोडमोड गरेर आपत्तिजनक र यौनजन्य मुद्रामा देखाउने क्रम बढेको पाइएको छ । अझ गम्भीर कुरा त के छ भने, केही प्रयोगकर्ताले बालबालिकाका समेत अश्लील तस्बिरहरू सिर्जना गर्न ग्रोकको प्रयोग गरेको भेटिएको छ, जसलाई धेरैले 'चाइल्ड पोर्नोग्राफी' को संज्ञा दिएका छन् ।

गुगलको 'जेमिनाई' वा ओपन एआईको 'च्याटजीपीटी' जस्ता प्रतिस्पर्धी मोडलहरूको तुलनामा ग्रोकमा सुरक्षा मापदण्ड नभएको विज्ञहरूको दाबी छ । मस्कले सुरुदेखि नै एआईमा 'सेन्सरसिप' को विरोध गर्दै आएका छन् । उनले ग्रोकलाई 'स्पाइसी मोड'मा सञ्चालन गर्न अनुमति दिएका कारण यस्ता सामग्री सिर्जना गर्न सजिलो भएको बताइन्छ ।

एआई फरेन्सिक नामक संस्थाले गरेको अनुसन्धान अनुसार, डिसेम्बर २५ देखि जनवरी १ सम्म ग्रोकले उत्पादन गरेका मानिसका तस्बिरमध्ये ५३ प्रतिशत बिकिनी वा भित्री लुगामा थिए । तीमध्ये ८१ प्रतिशत महिलाका तस्बिर थिए भने करिब २ प्रतिशत तस्बिर १८ वर्ष मुनिका बालबालिका जस्ता देखिने गरी बनाइएका थिए ।



गुगलको 'जेमिनाई' वा ओपन एआईको 'च्याटजीपीटी' जस्ता प्रतिस्पर्धी मोडलहरूको तुलनामा ग्रोकमा सुरक्षा मापदण्ड नभएको विज्ञहरूको दाबी

ग्रोकबाट सिर्जना भइरहेका यस्ता सामग्रीलाई लिएर युरोपेली युनियन, बेलायत, भारत र मलेसियाले चासो देखाएका छन् । युरोपेली आयोगका प्रवक्ता थोमस रेनिएरले यसलाई 'घृणित र गैरकानुनी' भन्दै युरोपमा यस्ता गतिविधिका लागि कुनै स्थान नभएको बताएका छन् । यस्तै, भारत सरकारले पनि यस विषयमा प्राविधिक र प्रशासनिक समीक्षा गर्न 'एक्स' लाई निर्देशन दिएको छ ।

अमेरिकामा पनि बालबालिकाको यौनजन्य सामग्री (सीएसएएम) विरुद्ध कडा कानुन छ । गत वर्ष मात्रै पारित भएको 'टेक इट डाउन एक्ट'ले प्रयोगकर्ताको अनुमतिबिना बनाइएका अश्लील तस्बिरहरू ४८ घण्टाभित्र हटाउनुपर्ने व्यवस्था गरेको छ ।

विवाद बढेपछि एलन मस्कले गैरकानुनी सामग्री बनाउनेहरूले परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । एक्सको आधिकारिक सेफ्टी एकाउन्टले भनेको छ, 'हामी बालबालिकामाथिको यौन दुर्व्यवहार झल्काउने सामग्री हटाउन, त्यस्ता खाताहरू स्थायी रूपमा निलम्बन गर्न र सुरक्षा निकायहरूसँग सहकार्य गर्न प्रतिबद्ध छौँ ।'

यद्यपि, एक्सएआईको सुरक्षा टोलीबाट केही प्रमुख सदस्यहरूले राजीनामा दिएका कारण कम्पनीलाई यस्ता सामग्री नियन्त्रण गर्न चुनौती थपिएको स्रोतहरूले जनाएका छन् । एआई प्रविधिको दुरुपयोग रोक्न प्रभावकारी 'गार्डरेल्स' नभएसम्म समाजका कमजोर वर्ग र बालबालिकाहरू जोखिममा रहने विज्ञहरूको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: च्याटजीपीटीको मातृ कम्पनी ओपनएआईले आन्तरिक नियम उल्लंघन गरेको आरोपमा आफ्ना तीन अनुसन्धानकर्तालाई बर्खास्त गरेको छ। कम्पनीका प्रवक्ताले अनुसन्धानका क्रममा ती व्यक्तिहरूले कम्पनीले तय गरेका प्रक्रियाबाहिर संवेदनशील जानकारीको दुरुपयोग गरेको, कम्पनीका नीतिहरू उल्लंघन गरेको र आफ्नो सञ्चालनका लागि आवश्यक विश्वास कमजोर बनाएको पुष्टि भएको बताएका छन्। ओपनएआईले ती अनुसन्धानकर्ताहरूले कुन जानकारी प्राप्त गरेका थिए वा त्यसको कसरी ...
। मेटाका सीईओ मार्क जुकरबर्गले आफ्ना प्रतिस्पर्धी कम्पनी एप्पलमाथि कटाक्ष गर्दै ‘म्युज चार्म’ नामको नयाँ एआई डिभाइस सार्वजनिक गरेका छन्। स्टिभ जब्सको शैलीमा आयोजित मेटाको वार्षिक ‘मेटा कनेक्ट’ सम्मेलनमा पकेट वाच आकारको यो नयाँ ग्याजेट प्रस्तुत गरिएको हो । जसले मेटाको भाइरल एआई एजेन्ट ‘म्युज’लाई भौतिक रूपमा मानिसको हातसम्म पुर्‍याउनेछ। ग्याजेटको मद्दतले प्रयोगकर्ताहरूले स्मार्टफोनका एआई एपहरू ...
। अमेरिकी एआई कम्पनीहरू एन्थ्रोपिक र ओपनएआईले मंगलबार एकै दिन नयाँ, सस्तो एआई मोडलहरू सार्वजनिक गरेका छन्। दुवै कम्पनीका कार्यकारीहरूले केही दिनअघि मात्र एआई विकासमा ढिलाइ र कडा सुरक्षा उपायको आह्वान गरेपछि नै यो मोडल सार्वजनिक गरेका हुन्। एन्थ्रोपिकले क्लड ओपस ५.५ सार्वजनिक गरेको छ, जसले कम्पनीको फ्ल्यागसिप मोडल क्लड फेबल ५.१ जस्तै पर्फमेन्स दिने र अघिल्लो ...
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले सबैभन्दा उन्नत एआईको विकास केही समयका लागि सुस्त बनाउनुपर्ने प्रस्तावलाई समर्थन गरेका छन् । साथै उनले मानवताको सुरक्षा आवश्यक परे ओपनएआईले आफ्ना सबै जीपीयू पगाल्न समेत तयार रहेको समेत बताएका हुन् । यद्यपि यो अवस्था आउने कुरा एउटा हाइपोथेसिस मात्र रहेको उनले बताएका छन् । अल्टम्यानले एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो ...
। एआई कम्पनी एन्थ्रोपिकले आफ्नो एआई सेवा क्लडको दुरुपयोग गरी साइबर हमला, सूचना हेरफेर, निगरानी, ठगी र प्रतिस्पर्धी एआई मोडल विकास गर्ने काम भएको दाबी गरेको छ। कम्पनीले सार्वजनिक गरेको ‘डिटेक्टिङ एन्ड काउन्टरिङ मिसयुज अफ एआई : सेप्टेम्बर २०२६’ रिपोर्टमा पछिल्ला ८ महिनामा पत्ता लगाइएका र अवरुद्ध गरिएका विभिन्न गतिविधिको विवरण सार्वजनिक गरेको हो। रिपोर्टमा समेटिएका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम