मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोलाई ह्वाइट हाउस भ्रमणको निम्तो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोलाई ह्वाइट हाउस भ्रमणको निम्तो

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोलाई ह्वाइट हाउस भ्रमणको निम्तो दिएका छन् । कोलम्बियास्थित सञ्चारसंस्था कोलम्बिया रिपोर्टका अनुसार पछिल्लो समय बिग्रिएको दुई देशबीचको सम्बन्धलाई पुनः लयमा फर्काउने प्रयासस्वरूप ट्रम्पले यस्तो कदम चालेका हुन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत पेट्रोसँग फोनमा कुराकानी भएको र उनलाई भेट्न उत्सुक रहेको जानकारी दिएका छन् ।

'कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोसँग कुरा गर्न पाउनु सम्मानको कुरा हो,' ट्रम्पले लेखेका छन्, 'हामीबीच रहेका लागुऔषधसम्बन्धी विवाद र अन्य असहमतिबारे बुझाउन उनले फोन गरेका थिए । म उनको संवाद शैली र कुराकानीबाट प्रभावित छु ।'

कोलम्बियाको राजधानी बोगोटामा आयोजित एक र्‍यालीलाई सम्बोधन गर्दै राष्ट्रपति पेट्रोले ट्रम्पको निमन्त्रणाबारे पुष्टि गरेका छन् । उनले ट्रम्पसँगको सम्बन्ध चिसिनुमा मियामीका केही कुलीन वर्ग (एलिट) को हात रहेको आरोप लगाए ।

'उनीहरूले ट्रम्पलाई मेरो आफ्नै कोकिन कारखाना छ र म भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरोको मान्छे हुँ भनेर ढाँटेका रहेछन्,' पेट्रोले भने, 'उनीहरूले ट्रम्पलाई झुक्याए, जसका कारण ट्रम्पले मलाई लागुऔषध तस्करीको मुख्य नाइके भएको आरोप लगाए, जुन कुरा कुनै पनि कोलम्बियालीका लागि हास्यास्पद छ ।'

पेट्रोका अनुसार ट्रम्पसँग करिब एक घण्टा लामो कुराकानी भएको थियो । सो क्रममा उनले लागुऔषध तस्करी नियन्त्रणमा आफ्नो सरकारले गरेका प्रयासहरूबारे ट्रम्पलाई जानकारी गराएका थिए ।

केही समयअघि मात्र अमेरिकाले कोलम्बियालाई लागुऔषध नियन्त्रणमा सहयोग नगर्ने देशको सूचीमा राखेको थियो भने राष्ट्रपति पेट्रोलाई नै लागुऔषध तस्कर र सम्पत्ति शुद्धीकरण गर्नेहरूको 'ब्ल्याकलिस्ट' मा समावेश गरेको थियो ।



यद्यपि, यो टेलिफोन वार्ता र निमन्त्रणापछि पनि ट्रम्पले पेट्रोमाथि लगाइएका प्रतिबन्धहरू तत्काल हटाएका छैनन् र कोलम्बियालाई दिइने लागूऔषध विरोधी सहायतामा गरिएको कटौती पनि कायमै छ । दुई नेताबीच ह्वाइट हाउसमा हुने आगामी भेटले यी प्रतिबन्धहरू हट्ने वा नहट्ने टुङ्गो लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले युक्रेनलाई हवाई रक्षा प्रणालीका ५०० वटा प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न स्वीकृति दिएको छ । रुसले युक्रेनमाथि हवाई आक्रमण तीव्र पारिरहेका बेला अमेरिकी सरकारले अत्यावश्यक मानिएको प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न अनुमति दिएको हो । अमेरिकी विदेश मन्त्रालयका अनुसार अत्याधुनिक पीएसी–३ इन्टरसेप्टर क्षेप्यास्त्र बिक्रीको मूल्य २ अर्ब १० करोड अमेरिकी डलर हुनेछ । उक्त खरिदका लागि ...
: विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्समा भएको ठूलो साइबर आक्रमणमा ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको डिजिटल सम्पत्ति चोरी भएको छ । बाइनान्सले चोरी भएको रकममध्ये करिब ३ अर्ब डलर सुरक्षित गर्न सफल भएको जनाएको छ । कम्पनीका अनुसार बाँकी रकम अझै अज्ञात ह्याकरहरूको नियन्त्रणमा रहेको छ । सुरुमा एक इन्जिनियरको ल्यापटप ह्याक गरी ...
: युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शनिबार टर्कीको भ्रमणमा जाने भएका छन्। भ्रमणका क्रममा उनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग रुस–युक्रेन युद्ध र ब्ल्याक सी क्षेत्रको सुरक्षा अवस्थाबारे छलफल गर्ने कार्यक्रम रहेको टर्कीको राष्ट्रपतिको कार्यालयले जनाएको छ। टर्कीको राष्ट्रपतिको कार्यालयका सञ्चार निर्देशक बुर्हानेत्तिन दुरानले सामाजिक सञ्जाल एक्समार्फत इस्तानबुलमा हुने भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सहकार्य विस्तारका उपायबारे पनि ...
: पोल्यान्डको संवैधानिक अदालतमा सरकार र अदालतका वरिष्ठ न्यायाधीशबीच विवाद चर्किएपछि दंगा प्रहरी परिचालन गरिएको छ । प्रधानमन्त्री डोनाल्ड टस्क नेतृत्वको सरकार र पूर्ववर्ती दक्षिणपन्थी ल एन्ड जस्टिस (PiS) पार्टीबीच अदालतको नियन्त्रण तथा न्यायिक नियुक्तिको विषयलाई लिएर विवाद बढेको हो । न्यायमन्त्री वाल्डेमार जुरेकले संवैधानिक अदालतका अध्यक्ष बोग्दान स्वेन्चकोव्स्की र उपाध्यक्ष बार्तलोमिए सोचान्स्कीमाथि अभियोजन अघि बढाउन उनीहरूको ...
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...