मुख्य समाचार
विशेष महाधिवेशनमा सहभागी हुन कांग्रेसका ३६ जिल्लाद्वारा आह्वान
विशेष महाधिवेशनमा सहभागी हुन कांग्रेसका ३६ जिल्लाद्वारा आह्वान

: नेपाली कांग्रेसको विशेष महाधिवेशन आउन अब दुई दिन मात्र बाँकी रहँदा पार्टीका विभिन्न जिल्ला कार्यसमितिहरूले विज्ञप्ति जारी गर्दै महाधिवेशनमा सहभागी हुन काठमाडौं आउन आह्वान गरेका छन्।


पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने दोस्रो विशेष महाधिवेशनमा सहभागिताका लागि शुक्रबार बिहानसम्म ३६ जिल्लाबाट औपचारिक रूपमा विज्ञप्ति जारी भइसकेको जनाइएको छ।


विशेष महाधिवेशन जनपरिचालन तथा जुलुस परिचालन समितिका संयोजक जगदीश्वर नरसिंह केसीले विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गर्ने जिल्ला तथा नेताहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको जानकारी दिए।



विज्ञप्ति जारी गर्ने जिल्लामा काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धनकुटा, भोजपुर, बारा, कास्की, बाँके, रोल्पा, अर्घाखाँची, पाल्पा, गोरखा, तनहुँ, नुवाकोट, रसुवा, लमजुङ, उदयपुर, गुल्मी लगायत रहेका छन्।

विशेष महाधिवेशन अपरिहार्य रहेको उल्लेख गर्दै कांग्रेस पाल्पाका जिल्ला सभापति हिमाल श्रेष्ठले जनतामा व्याप्त निराशा चिर्दै आगामी निर्वाचनमा शत्रुतापूर्ण राजनीतिक व्यवहारको अन्त्य, मित्रवत् प्रतिस्पर्धा र ‘जेन–जी आन्दोलन’को मर्मअनुसार युवाको प्रभावकारी सहभागिता सुनिश्चित गर्न विशेष महाधिवेशन आवश्यक रहेको बताए।

यसैगरी विशेष महाधिवेशनमा सहभागिका लागि औपचारिक आह्वान गर्दै कांग्रेस बारा जिल्ला सचिवद्वय राजेश रौनियार र भैयाराम प्रसाद यादवले संयुक्त विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा जनताको आवाज र वर्तमान आवश्यकतालाई मध्यनजर गर्दै अझ एकताबद्ध, ऊर्जाशील र परिवर्तनमुखी कांग्रेस निर्माण गर्नु विशेष महाधिवेशनको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै सबै प्रतिनिधिलाई सफलताका लागि सक्रिय हुन आग्रह गरिएको छ।

कांग्रेस गुल्मीका जिल्ला सभापति खिलध्वज पन्थीले पनि परिवर्तित राजनीतिक सन्दर्भमा पार्टीलाई समयअनुकूल रूपान्तरण गर्न विशेष महाधिवेशन अपरिहार्य रहेको बताए।

यसैबीच, कर्णाली प्रदेशका विभिन्न जिल्लाका महाधिवेशन प्रतिनिधि काठमाडौंका लागि प्रस्थान गरिसकेका छन्। सुदूरपश्चिमसहित सबै प्रदेशका जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू बस रिजर्भ गरी काठमाडौं आउने तयारीमा रहेको जनपरिचालन समितिले जानकारी दिएको छ।

‘जेन–जी आन्दोलन’पछि देशको बदलिएको राजनीतिक परिवेशबीच हुन लागेको आगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नयाँ रूप र नयाँ एजेन्डासहित जनतामाझ जानुपर्ने आवश्यकता देखिएकाले विशेष महाधिवेशन आयोजना गरिएको हो। प्रारम्भमा कुल महाधिवेशन प्रतिनिधिमध्ये ५४ प्रतिशतले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरेकामा हाल समर्थन गर्ने संख्या थप बढ्दै गएको विशेष महाधिवेशन सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ वा ९ लाई प्राथमिकतामा राख्दै चुनावी मैदानमा उत्रिने निर्णय लिएकी हुन् । आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने प्रष्ट पार्दै तामाङले दलीय राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारबाट अघि बढ्ने बताएकी छन् । पछिल्लो केही ...
— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेश घुमेर मात्रै मुलुकको अर्थतन्त्रमा सुधार नआउने बताएका छन् । साथै आफू मन्त्रीका हैसियतमा आफू विदेश भ्रमणमा जान इच्छुक नरहेकोसमेत उनको भनाइ छ । मन्त्री पुनले यसअघि आफूलाई तीन वटा वैदेशिक भ्रमण र कार्यक्रमको निमन्त्रणा आएको र नगएको जनाउँदै अहिले पनि दुई वटा निमन्त्रणा आएकामा नजाने कुरा सामाजिक ...
पूर्वी नवलपरासीको कावासोतीस्थित केरुङ्गे खोलामा दुई वर्षमा निमार्ण सम्पन्न हुनुपर्ने पुल ७ वर्षमा सम्पन्न भएको छ।
— अमेरिका भ्रमणको विवादमा तानिएका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता उक्त कार्यक्रममा सहभागी नहुने भएका छन्। मन्त्रालयनिकट स्रोतका अनुसार ६ गते प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेकाले पनि मन्त्री गुप्ता उता नजाने पक्कापक्की भएको हो। कान्तिपुरसँगको कुराकानीमा मन्त्री गुप्ताले भिसाका लागि आवेदनसमेत नदिएको बताउँदै आयोजकहरूको विवादमा आफूलाई तानिएको बताए। उनले भने, 'उता जाने प्रक्रिया नै सुरु ...
— निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था नरहेको जनाएको छ। तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाउने काम अझै गर्न नसकेको चर्चा भइरहेका बेला शुक्रबार निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो बताएका हुन्। प्रवक्ता भट्टराईले निर्वाचन आयोगले सरकारसँग सहजीकरण गरी निर्वाचनका लागि भरपर्दो र विश्वसनीय ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम