मुख्य समाचार
झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने
झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने

: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो ।


आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । आगामी माघ २१ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका चार वटा र भारतका चार वटा गरी आठ वटा टिमको सहभागिता रहने मूल आयोजक समितिका संयोजक तथा भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोजले जानकारी दिए ।


प्रतियोगितामा नेपालका तर्फबाट आयोजक भद्रपुर क्रिकेट क्लब,विराटनगर किंग्स डेभलपमेन्ट स्क्वाड,पोखरा एभेन्जर्स गण्डकी हिरोज डेभलपमेन्ट स्क्वाड र काठमाडौँ गोर्खाज डेभलपमेन्ट स्क्वाडल रहेका छन् ।



त्यस्तै भारतको तर्फबाट राइनोल्यान्ड क्रिकेट एकेडेमी गुवाहाटी, ग्लोबल स्टार क्रिकेट क्लब लखनाऊ, क्रिकेट कोचिङ उपाध्याय एकेडेमी न्यु दिल्ली र स्नो लायन टिम सिक्किम रहेका छन् । नेपालका क्लबहरूमा एनपीएल खेलिसकेका खेलाडीहरू र भारतका क्लबहरूमा रञ्जित ट्रफि खेलिरहेका खेलाडीहरूको सहभागिता रहने संयोजक सुब्बाले बताए ।

निर्माणाधीन मेची क्रिकेट ग्राउन्डमा निवेश वर्मा स्मृति जस्तो राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता भइसकेको छ । त्यसपछि कुनै ठूलो प्रतियोगिता हुन सकेन । क्यानले निर्माण गरेको ग्राउन्ड ओझेल परेपछि हामी लागि परेर उत्कृष्ट क्रिकेट ग्राउन्ड बनाउन सफल भएको क्लबका अध्यक्ष आदित्य पराजुलीले बताए । अब त्यही ग्राउन्डमा धेरै वर्षपछि ठूलो प्रतियोगिता हुन लागेको उनले बताए ।

एक करोड २२ लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ, मेडल र ट्रफी पाउनेछ भने उपविजेताले नगद तीन लाख रुपैयाँ, मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ र ट्रफी पाउने छन् । सो पुरस्कार उद्योगी तथा भद्रपुर झापा गोल्डकपका अध्यक्ष दीपेश ढकालले प्रदान गरेका छन् । प्रतियोगिताको उत्कृष्ट बलर र ब्याटरले नगद २५ हजार रुपैयाँ र ट्रफी पाउने छन् ।

उदीयमान खेलाडीलाई नगद ११ हजार रुपैयाँ र ट्रफी पाउँदा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ र ट्रफी पाउने क्लबका महासचिव वसन्त पोखरेलले जानकारी दिए ।
प्रतियोगितामा आठवटा टिमलाई दुई समूहमा विभाजन गरेर लिग ढाँचामा प्रतिस्पर्धा गराइनेछ । केही दिनमै प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिने उनको भनाई छ ।

जिल्ला क्रिकेट संघका अध्यक्ष प्रवीण थापा,भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल,उपप्रमुख राधा कार्की,उद्योगी टिकाराज ढकाल लगायतले निर्माणाधीन मेची क्रिकेट ग्राउण्डमा हुन लागेको प्रतियोगिता एनपीएल जस्तै उत्कृष्ट प्रतियोगिता हुनेमा आफूहरूले विश्वास लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल क्रिकेट संघ (क्यान)ले २० औं एसियन गेम्स खेल्ने टोलीको नाम सार्वजनिक गरेको छ। मंगलबार साँझ क्यानले टोलीको नाम सार्वजनिक गरेको हो। घाइते नन्दन यादवको टिममा पुनरागमन भएको छ भने एकदिवसीय फर्म्याटमा एसीसी प्रिमियर कप खेल्दा टिमबाट ड्रप भएका कुशल भुर्तेल पनि टिममा फर्किएका छन।
: नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान तथा ब्याटर रोहित पौडेलसहित युएईका दुई ब्याटर आदिब उस्मानी र खुजैमा तनविरलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले कारबाही गरेको छ। मलेसियामा भएको एसीसी प्रिमियर कपको फाइनल खेलमा मैदानभित्र भएको विवादमा आचर संहिता उल्लङ्घन गरेको भन्दै तीन खेलाडीलाई आइसीसीले कारबाहीको घोषणा गरेको हो। फाइनल खेलको ३१ औं ओभरमा मैदानमा भएको विवादमा रोहित ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को एक फ्रेन्चाइज टोली विराटनगर किंग्सले एसीसी प्रिमियर कपको विजेता हरेक खेलाडी तथा अफिसियललाई नगद सहित सम्मान गर्ने भएको छ। विराटनगरले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा हरेक खेलाडी तथा अफिसियललाई ५० हजार तथा विराटनगर किंग्स तथा नेपाल राष्ट्रिय टोलीका कप्तान सन्दीप लामीछानेलाई १ लाख दिने घोषणा गरेको हो। राष्ट्रिय टोलीले ...
: २० औं एसियन गेम्स २०२६ अन्तर्गत नेपालको तर्फबाट पहिलो खेल महिला भलिबल टोलीले खेल्दैछ। नेपाली महिला भलिबल टोलीले जापानसँग प्रतिष्पर्धा गर्न लागेको हो। नेपाल-जापानबीच पार्क एरिना कोमाकीमा आज नेपाली समय अनुसार दिउँसोको ४:०५ बजे (जापानी समय अनुसार साँझ ७:२० मा) खेल सुरु हुनेछ। नेपालका लागि जापान बलियो प्रतिद्वन्द्वी टिम हो। नेपाल अन्तर्राष्ट्रिय भलिबल महासंघको वरियतामा ६९ ...
। अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आउने भएका छन् । गोर्खाजले सामाजिक सञ्जाल मार्फत् वार्नरलाई अनुबन्ध गरिएको जनाएको छ । उनी एनपीएल खेल्न आउने हालसम्मकै ठूला विदेशी खेलाडी हुन् । यसअघि अस्ट्रेलियाको क्रिकेटिङ संस्था सिम स्ट्राइकले पनि वार्नरले एनपीएल खेल्ने भनेर पोस्ट नै राखिसकेको थियो । वार्नरले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम