मुख्य समाचार
न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफूलाई 'नैतिकता'ले मात्र रोक्न सक्ने बताए
न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफूलाई 'नैतिकता'ले मात्र रोक्न सक्ने बताए

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई अन्तर्राष्ट्रिय कानुन नचाहिने बताएका छन् । न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफूलाई 'नैतिकता'ले मात्र रोक्न सक्ने बताएका हुन् ।

ट्रम्पले अन्तर्वार्ताका क्रममा भनेका छन्, 'मलाई अन्तर्राष्ट्रिय कानुन आवश्यक छैन । मलाई रोक्न सक्ने भनेको मेरै आफ्नै नैतिकता हो, मेरै आफ्नै मस्तिष्क हो ।' उनले अगाडि भनेका छन्, 'म मानिसहरूलाई दु:खी बनाउन चाहन्नँ ।'

त्यस्तै उहाँले अन्तर्राष्ट्रिय कानुन पालना गर्नु आवश्यक छ कि छैन भन्ने न्युयोर्क टाइम्सको प्रश्नमा उनले भने, 'म गर्छु ।' तर उनी त्यतिमै रोकिएनन्, 'यो तपाईँको अन्तर्राष्ट्रिय कानुनको परिभाषामा निर्भर गर्छ ।'

न्युयोर्क टाइम्सका अनुसार अन्तर्वार्ताका क्रममा ट्रम्पले ग्रीनल्यान्ड कब्जाबारे विभिन्न विकल्पहरू अध्ययन गर्दै थिए । सोही क्रममा उनले स्वामित्वको महत्त्वमा पनि जोड दिएका थिए । अन्तर्वार्ताका क्रममा उनले भने, 'स्वामित्व धेरै महत्त्वपूर्ण छ । मेरो विचारमा सफलता हासिल गर्न मानसिक रूपमा यसैको आवश्यकता हुन्छ । मलाई लाग्छ कि स्वामित्वले तपाईंलाई त्यस्ता कुरा दिन्छ जुन तपाईं सम्झौता वा लिजमार्फत पाउन सक्नुहुन्न । स्वामित्वले त्यस्ता वस्तु र तत्त्व दिन्छ जुन केवल कागजमा हस्ताक्षर गरेर पाउन सकिँदैन ।'

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई हटाउने आफ्नो निर्णयले ताइवानमाथि चीन र युक्रेनमाथि रुसले कब्जा जमाउने कुराको नजिर बन्न सक्ने कुरा पनि ट्रम्पले अस्वीकार गरेका छन् । त्यस्तै भेनेजुएलामाथिको आक्रमणलाई जायज भन्दै मदुरोले अमेरिकामा 'ग्याङ मेम्बर' पठाउने गरेको आरोप ट्रम्पले लगाए ।

'यो साँच्चिकै खतरा थियो । तपाईंले चीनमा मान्छेको लावालस्कर गएको देख्नु भएन । तपाईंले चीनमा लागुऔषध ओसारिएको पनि देख्नु भएन । हामीले भोगेका सबै नराम्रा त्यहाँ थिएनन् । ताइवानका जेल खुलै र मान्छेहरू चीनतर्फ पनि आएका छैनन् । कुनै अपराधीहरू रुसतिर पनि गएका छैनन्,' ट्रम्पले भनेका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानमाथि कब्जा गर्नेमा आफूलाई विश्वास नभएको ट्रम्पले बताए । उनले अगाडि भने, 'यो उनीमाथि नै भर पर्ने कुरा हो, उनी के गर्छन् । तर, मैले भनेको छु कि उनले त्यसो गरे भने म खुसी हुने छैन । मलाई आशा छ, उनले त्यसो गर्ने छैनन् ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले युक्रेनलाई हवाई रक्षा प्रणालीका ५०० वटा प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न स्वीकृति दिएको छ । रुसले युक्रेनमाथि हवाई आक्रमण तीव्र पारिरहेका बेला अमेरिकी सरकारले अत्यावश्यक मानिएको प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न अनुमति दिएको हो । अमेरिकी विदेश मन्त्रालयका अनुसार अत्याधुनिक पीएसी–३ इन्टरसेप्टर क्षेप्यास्त्र बिक्रीको मूल्य २ अर्ब १० करोड अमेरिकी डलर हुनेछ । उक्त खरिदका लागि ...
: विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्समा भएको ठूलो साइबर आक्रमणमा ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको डिजिटल सम्पत्ति चोरी भएको छ । बाइनान्सले चोरी भएको रकममध्ये करिब ३ अर्ब डलर सुरक्षित गर्न सफल भएको जनाएको छ । कम्पनीका अनुसार बाँकी रकम अझै अज्ञात ह्याकरहरूको नियन्त्रणमा रहेको छ । सुरुमा एक इन्जिनियरको ल्यापटप ह्याक गरी ...
: युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शनिबार टर्कीको भ्रमणमा जाने भएका छन्। भ्रमणका क्रममा उनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग रुस–युक्रेन युद्ध र ब्ल्याक सी क्षेत्रको सुरक्षा अवस्थाबारे छलफल गर्ने कार्यक्रम रहेको टर्कीको राष्ट्रपतिको कार्यालयले जनाएको छ। टर्कीको राष्ट्रपतिको कार्यालयका सञ्चार निर्देशक बुर्हानेत्तिन दुरानले सामाजिक सञ्जाल एक्समार्फत इस्तानबुलमा हुने भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सहकार्य विस्तारका उपायबारे पनि ...
: पोल्यान्डको संवैधानिक अदालतमा सरकार र अदालतका वरिष्ठ न्यायाधीशबीच विवाद चर्किएपछि दंगा प्रहरी परिचालन गरिएको छ । प्रधानमन्त्री डोनाल्ड टस्क नेतृत्वको सरकार र पूर्ववर्ती दक्षिणपन्थी ल एन्ड जस्टिस (PiS) पार्टीबीच अदालतको नियन्त्रण तथा न्यायिक नियुक्तिको विषयलाई लिएर विवाद बढेको हो । न्यायमन्त्री वाल्डेमार जुरेकले संवैधानिक अदालतका अध्यक्ष बोग्दान स्वेन्चकोव्स्की र उपाध्यक्ष बार्तलोमिए सोचान्स्कीमाथि अभियोजन अघि बढाउन उनीहरूको ...
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...