मुख्य समाचार
सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा
सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

— सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ वा ९ लाई प्राथमिकतामा राख्दै चुनावी मैदानमा उत्रिने निर्णय लिएकी हुन् ।

आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने प्रष्ट पार्दै तामाङले दलीय राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारबाट अघि बढ्ने बताएकी छन् । पछिल्लो केही सातादेखि राजनीतिमा प्रवेश गर्ने विषयमा गम्भीर छलफल र आत्ममन्थन गरेपछि यो निष्कर्षमा पुगेको उनले उल्लेख गरेकी छन् ।

'विगत केही हप्तादेखि सक्रिय राजनीतिमा प्रवेश गर्ने विषयमा सरोकारवालासँग प्रत्यक्ष संवाद र सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण गरेको थिएँ,' उनले सामाजिक सञ्जालमा लेखेकी छन्, 'विशेष गरी 'जेन-जी' (नयाँ पुस्ता) का भाइबहिनीहरूसँग उनीहरूको अपेक्षा र मुद्दाबारे भएको छलफलपछि स्वतन्त्र उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ ।'

तामाङले आफ्नो उम्मेदवारी व्यक्तिगत महत्त्वाकांक्षा नभई नयाँ पुस्ताको आवाज, जवाफदेही राजनीति र पारदर्शिताका लागि भएको दाबी गरेकी छन् । उनले युवा पुस्ताको भावनाको कदर, सडकदेखि सदनसम्म जनसरोकारका मुद्दा उठाउने र भ्रष्टाचार विरुद्धको लडाइँलाई आफ्नो मुख्य एजेन्डा बनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतीय गोर्खा सैनिक (गोर्खा रेजिमेन्ट इन्डिया) मा नेपालीलाई पुन: भर्ती खुलाउन माग गर्दै पोखरामा प्रदर्शन गरिएको छ । भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल, पोखराले बुधबार पोखरामा प्रदर्शन गरेको हो । प्रदर्शनमा नेपाली युवाहरूलाई भारतीय सेनामा पुन: भर्ती खुालाउनुपर्ने र भूतपूर्व सैनिक संघसंस्थाहरूको नवीकरण सुचारु गर्न माग गरिएको छ । पोखराका विभिन्न ठाउँमा भूतपूर्व भारतीय सैनिक ...
। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्वसभापति शेरबहादुर देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागतको तयारी गरेको छ । झण्डै ६ महिनापछि बिहीबार स्वदेश फर्किन लागेको देउवालाई इतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्न लागिएको हो । इतर समूहले राष्ट्रिय भेलाका लागि गठन गरेको सांस्कृतिक समिति संयोजक विद्या तिमिल्सिनाले पूर्वसभापति देउवाको स्वागतका लागि बाजागाजासहित ...
। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले नेपाल प्रहरीको पोसाक तथा सामाग्री खरिदमा भएको भनिएको अनियमितताबारे छलफल गर्न थालेको छ । बुधबार बसेको समिति बैठकले १५ दिनभित्र प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदको विवरण पेस गर्न निर्देशन जारी गरेको छ । यसअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदको विवरण सरकारले १५ ...
। विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने विषयमा निर्वाचन आयोगले अध्ययन थालेको छ । यो विषयमा बुधबार निर्वाचन आयोगको बैठक बसेको थियो । जसले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न अलग अलग दुई वटा समिति नै गठन गरेको छ । कानुनी तथा सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेस गर्न आयोगका आयुक्तज्यूहरूको सयोजकत्वमा ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले युवाको नेतृत्वमा रहेको सरकारले परिणाम दिन नसके युवाहरूले पनि नहुने भाष्य बन्न सक्ने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले राखेको कार्यक्रममा बोल्ने क्रममा सभापति लामिछानेले हाल युवाले चलाएको सरकार, पार्टी, सदन रहेको बताए । ‘युवा भनेर पनि नहुने भन्ने भाष्य बन्न सक्ने अवस्था आउनसक्छ । अहिले यो ...