मुख्य समाचार
इरानमा बढ्यो सरकार विरोधी प्रदर्शन
इरानमा बढ्यो सरकार विरोधी प्रदर्शन

— महँगीकोविरुद्ध इरानमा सुरु भएको प्रदर्शनले उग्र रूप लिएको छ । विगत केही वर्षयताकै सबैभन्दा गम्भीर मानिएको यस सरकार विरोधी प्रदर्शनका क्रममा हालसम्म कम्तीमा ४५ जनाको मृत्यु भइसकेको छ ।

नर्वेस्थित 'इरान ह्युमन राइट्स' (आईएचआर)लाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले प्रदर्शनका क्रममा हालसम्म ४५ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा ८ जना बालबालिका रहेका छन् ।

पछिल्लो समय इरानमा दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको र बेरोजगारी बढेपछि नागरिकहरू सडकमा उत्रिएका हुन् । प्रदर्शनकारीहरूले आर्थिक सुधारसँगै राजनीतिक स्वतन्त्रताको समेत माग गरिरहेका छन् ।

बिहीबार अहिलेसम्मकै ठूलो प्रदर्शन भएपछि इरानी अधिकारीहरूले राजधानी तेहरानसहित देशका प्रमुख सहरहरूमा इन्टरनेट र टेलिफोन सेवा काटिदिएका छन् ।

अमिनीको मृत्युपछिकै ठूलो आन्दोलन सन् २०२२ मा २२ वर्षीया महसा अमिनीको हिरासतमा मृत्यु भएपछि इरानमा देशव्यापी आन्दोलन चर्किएको थियो । अहिले भइरहेको प्रदर्शनलाई त्यसपछिकै सबैभन्दा ठूलो र संगठित विद्रोहका रूपमा हेरिएको छ ।

ट्रम्प-खामेनी वाकयुद्ध

पछिल्लो अवस्थालाई लिएर अन्तर्राष्ट्रिय स्तरमा पनि वाकयुद्ध सुरु भएको छ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा बलले प्रदर्शनकारीको हत्या गरे इरानमाथि आक्रमण गर्ने धम्की दिएका छन् ।

यसको जवाफमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले शुक्रबार ट्रम्पलाई आफ्नो देशको समस्यामा ध्यान दिन चेतावनी दिएका छन् । उनले भनेका छन्, 'अमेरिकी राष्ट्रपतिले अरूको विषयमा बोल्नुभन्दा आफ्नै देशका समस्याहरूमा केन्द्रित हुनु राम्रो हुन्छ ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फिलीपिन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ,भने ८७ जना यात्रु बेपत्ता भएका छन्। 'एमभी जुनियर एस्टर' नामको उक्त फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा अचानक आगलागी भएको हो। दुर्घटनाको खबर पाउनेबित्तिकै खटिएका कोस्ट गार्ड र उद्धारकर्ताहरूको टोलीले हालसम्म ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि (मिडटर्म) निर्वाचनलगत्तै समाप्त हुन सक्ने दाबी गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरान अब लामो समयसम्म युद्ध जारी राख्ने स्थितिमा नरहेको बताए। त्यसैगरी, निर्वाचन अघिसम्म इन्धनको मूल्य घट्ने सम्भावना नरहेको संकेत पनि उनले गरे। 'मलाई लाग्छ निर्वाचनको लगत्तै युद्ध सकिनेछ, किनभने उनीहरू ...
: पाकिस्तानले 'मक्का रक्षा सम्झौता' का तीन सदस्य राष्ट्रमध्ये कुनै एकमाथि आक्रमण भएमा त्यसलाई तीनै देशमाथिको संयुक्त आक्रमण मानिने स्पष्ट पारेको छ। उक्त प्रावधानका विषयमा कसैलाई पनि कुनै अन्योल नरहन पाकिस्तानले चेतावनी दिएको छ। बीबीसी फारसीलाई उद्धृत गर्दै पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले साउदी अरबमाथि यमनका हुथी विद्रोहीहरूले शृङ्खलाबद्ध हमला गरेपछि यो सम्झौता लागू हुन सक्ने ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन मदिरा, केही दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यस कदमले भन्सार महसुलबाट सुरु भएको व्यापार युद्धलाई अझ उग्र बनाएको छ। दशकौंदेखि आपसमा जोडिएको दुई देशको व्यापारिक सम्बन्धमा यस निर्णयले गम्भीर खटपट ल्याएको छ। यसले सीमाका दुवैतर्फका व्यवसायी तथा उपभोक्ताहरूलाई ठूलो असर पुर्याउने सम्भावना बढाएको छ। यो आयात ...
। इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सीहरूले जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल आक्रमण भएको दाबी गरेका छन् । इरानी मिसाइलहरूले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य आधार शिविरलाई निशाना बनाएको दाबी छ । इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित धेरै भिडियो फुटेज प्रकाशित गरेका छन् । तीमध्ये केही भिडियोमा ‘इरानी मिसाइलहरू ...