: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ।
अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो।
खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि आइभरी कोस्टका लागि अहमद फतुहले आत्मघाती गोल गरेपछि खेल २-१ को अवस्थामा पुग्यो।
तर दोस्रो हाफ सुरु भएको केही समयमै इजिप्टका कप्तान मोहम्मद सालाहले गोल गर्दै खेल ३-१ को स्थितिमा पुग्यो।
खेलको ७३ मिनेटपछि आइभरी कोस्टका गुयला डोउले ब्याकहिलमार्फत गोल गर्दै ३-२ अवस्थामा पुर्यार खेललाई रोमाञ्चक बनाए। तर आइभरी कोस्टले बाँकी गोल थप्न नसकेपछि प्रतियोगिताबाट बाहिरिएको छ।