मुख्य समाचार
ओलीले निर्वाचनका लागि तम्तयार अवस्थामा रहन र आवश्यक तयारीलाई तीव्रता दिन आह्वान
ओलीले निर्वाचनका लागि तम्तयार अवस्थामा रहन र आवश्यक तयारीलाई तीव्रता दिन आह्वान

: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका लागि तम्तयार अवस्थामा रहन र आवश्यक तयारीलाई तीव्रता दिन आह्वान गरेका छन्। केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ढिलो चाँडो मुलुक निर्वाचनमा जाने भन्दै उनले त्यसका लागि पार्टी हमेशा तैनाथी र तम्तयार अवस्थामा रहनुपर्ने बताएका हुन्।


ʻपार्टी के कुरामा स्पष्ट छ भने ढिलो चाँडो मुलुक निर्वाचनमा जाने नै छ। त्यसका लागि पार्टी हमेशा तैनाथी र तम्तयार अवस्थामा रहनुपर्छ,ʼउनले भने,ʻकेन्द्रीय कमिटीको यो बैठक सिङ्गो पार्टी पङ्क्तिलाई निर्वाचनका लागि हमेशा तम्तयार अवस्थामा रहन र यसका लागि आवश्यक तयारीलाई तीव्रता दिन आह्वान गर्दछ।ʼ


अध्यक्ष ओलीले एमाले लोकतान्त्रिक निर्वाचनबाट कहिल्यै नपञ्छिने र पिठ्यूँ नफर्काउने बताए। उनले फागुन २१ गतेका लागि प्रस्तावित निर्वाचनको वातावरण सरकारले बनाउन नसकेको बताए।



उनले भने,ʻतर भदौ २४ गते भगाइएका कैदीहरू मध्ये ५ हजार भन्दा बढीलाई बाहिरै राखेर, लुटिएका आधुनिक हतियार मध्ये ७ सयभन्दा बढी हतियार र हजारौँ राउण्ड गोली बाहिरै राखेर अनि त्यसै पनि मनोबल खस्किएको सुरक्षा निकायलाई प्रत्यक्ष, परोक्ष कारबाही र अन्य क्रियाकलापबाट अझ बढी मनोबल खस्काउँदै भदौ २४ को विध्वंशमा सङ्लग्न र पछि पनि विभिन्न अपराधकर्ममा लागेकाहरूमाथि अनुसन्धान, तहकिकात र अभियोजन गर्न बाधा सिर्जना गरेर सरकारले कसरी भयरहित निर्वाचनको प्रत्याभूति गर्न सक्छ ?ʼ

अध्यक्ष ओलीले आफूहरूले यो विषय उठाइरहेको भएपनि अझै निर्वाचनको सुनिश्चित र निर्भयताको वातावरण नबनेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले केहि समय दुर्घटनामा परेको पार्टी सफा र चोखिएर आउन सफल भएको बताएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय परिवर्तन पार्टी (युनाईटेड जेन्जी) बीच एकता गर्दै घिसिङले केहि समय अघि करिब १२ दिन आफुहरू दुर्घटनामा परेको भन्दै त्यसपछि चोखिएर आउन सफल भएको बताएका हुन् । अँध्यारोबाट बाहिर निस्किन १२ दिन लागेको ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठग र लुसिफरहरूले युवालाई अल्मल्याएर राष्ट्रविरुद्ध प्रयोग गर्न खोजेको टिप्पणी गरेका छन् । ४२ औं पिस्कर सहिद स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले युवाहरू बाटो बिराउन खोजिरहेको बताए । युवाले देश पढ्न, बुझ्न र यस देशलाई कता लैजान खोजिँदैछ भन्ने जानकारी राख्न आवश्यक रहेको ओलीको भनाइ ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले नेपालमा नेपालीकै सरकार बनाउने र अरुको सरकार बनेमा सङ्घर्ष गरेर ढाल्ने बताएका छन् । ४२ औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तकको विमोचन कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफूहरू नेपालमा नेपालीकै सरकार हुनुपर्छ र समृद्धि आफूहरुकै पालामा हुनुपर्छ भन्ने अभियानका अहिले पनि लागिरहेको ...
। गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आयोगमा बुझाइएको समानुपातिकतर्फको बन्दसूची र मनोनयनको हस्ताक्षर संशोधन गर्ने निर्णय गरेको छ । बुधबारमात्रै निर्वाचित भएको थापा नेतृत्वको केन्द्रीय समितिको पहिलो बैठकले उक्त निर्णय गरेको हो । सोही निर्णयअनुसार सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसालसहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् । यसअघि निर्वाचन आयोगमा बुझाइएको ...
। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले कृषि जैविक विविधता संरक्षण, उपयोग र प्रवर्द्धनमा युवाको सक्रिय सहभागिता हुनुपर्ने बताएका छन् । चौथो ‘राष्ट्रिय कृषि जैविक विविधता दिवस’ तथा माघे संक्रान्ति (माघी) पर्वका अवसरमा मन्त्री परियारले कृषि क्षेत्रको आधुनिकीकरण र जैविक विविधता संरक्षणलाई सँगसँगै लैजानुपर्ने बताए । यस वर्ष ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा : संरक्षण, ...