मुख्य समाचार
विगु गाउँपालिका-१ को दुर्गम गाउँ लुमनाङमा बिजुली बत्ती बले
विगु गाउँपालिका-१ को दुर्गम गाउँ लुमनाङमा बिजुली बत्ती बले

: विगु गाउँपालिका-१ को दुर्गम गाउँ लुमनाङमा बिजुली बत्ती बलेको छ। भौगालिक विकटता, कठोर मौसम, आधारभूत पूर्वधारका अभावमा जीवन बिताउँदै आएका लप्चीवासीको घरमा शुक्रबार रातिदेखि बिजुली बलेको हो।




नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रको कार्यक्षेत्र पर्ने विगु गाउँपालिका-१ को लुमनाङमा शुक्रबार रातीबाट बिजुली बलेको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रको कार्यालय प्रमुख रोसनकुमार सिंहले बताए। बिजुलीको लागि ट्रान्सफर्मरको व्यवस्था लामाबगरमा रहेको सासा हाइड्रो पावरले गरेको र अन्य व्यवस्था प्राधिकरणले गरेको उनको भनाई छ।


लप्चीवासीहरु हिउँदमा जाडो छल्न र चौरीगाईको सुरक्षाको लागि हरेक वर्ष लुमनाङ झर्ने गर्छन् भने अलि जाडो कम हुँदै गएपछि लप्ची जाने गर्छन्। चौरीपालन नै यहाँका बासिन्दाको मुख्य जीवीकोपार्जनको आधार भएको लप्ची गुम्बाका अध्यक्ष पासाङ शेर्पाले बताए। लुमनाङमा जम्मा ४८ घरधुरी रहेका छन् तर त्यहाँ बसोबास गर्ने घरधुरी चाहिँ जम्मा १३ घर धुरी मात्र रहेका छन्।



लुमनाङ (लप्ची)वासीहरुको दैनिकी अत्यन्तै कष्टकर छ। सडक सञ्जालको पहुँच नहुदा आफ्नै वडाको लामाबगरबाट खाद्यान्न लगायतका दैनिक उपभोग्य सामान ढुवानी गर्न पनि अत्यधिक खर्च लाग्ने स्थानीयहरूको भनाइ छ। आफ्नै वडाको लामाबगरबाट लगिने एक प्याकेट नुनको एक सय ६० रुपैयाँसम्म पर्ने र सबैभन्दा सस्तो ३० केजीको एक बोरा चामललाई ६ हजारसम्म पर्ने लप्ची टोल विकास समितिका अध्यक्ष वाङ्चुक शेर्पाले बताए। तर लप्ची–रामदिङ नाका हुँदै चीनको छुप्साङबाट सामान ल्याउँदा नुन एक पोकाको बढीमा ५० रुपैयाँ मात्र पर्ने उनको भनाइ छ।

लप्चीबाट रामदिङ हुँदै चिनको छुप्साङ पुग्न झन्डै डेढ घण्टा लाग्छ पास भएपछि चीन सरकारले टाँसिघाङसम्म जान दिँदा झन् सस्तोमा सामान पाउन सकिने लप्चीका स्थानीयवासीको भनाइ छ। त्यसैले लप्चीवासीको दैनिकी चीनको बजारमै निर्भर रहेको छ। एक सय ५० जनसङ्ख्या रहेको लप्चीवासी सबैको बसोबास लप्चीमा नभए पनि अहिले बसोबास गरिरहेका मुख्य पेसा चौरीपालन रहेको छ।

चौरी चरनका लागि वार्षिक रूपमा चिनियाँ सरकारलाई यिनीहरु कर तिर्ने गर्छन्। वर्षौंदेखि विद्युत् सुविधाबाट वञ्चित स्थानीयवासीहरू राष्ट्रिय ग्रिडको पहुँचमा आएपछि खुसी भएका छन्। विद्युत् आपूर्तिसँगै दैनिकी सहज हुनुका साथै शिक्षा, स्वास्थ्य, सञ्चार र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। अब मोबाइल तथा सञ्चार उपकरण चार्ज गर्न सहज हुने र साना उद्यम सञ्चालनको सम्भावना बढ्ने पनि अध्यक्ष पासाङको भनाइ छ। दुर्गम भौगोलिक अवस्थाका कारण निर्माण कार्य चुनौतीपूर्ण भए पनि स्थानीयको सहयोग र प्राधिकरणको निरन्तर प्रयासबाट योजना सफलतापूर्वक सम्पन्न गरिएको दोलखा वितरण केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: च्याटजीपीटीको मातृ कम्पनी ओपनएआईले आन्तरिक नियम उल्लंघन गरेको आरोपमा आफ्ना तीन अनुसन्धानकर्तालाई बर्खास्त गरेको छ। कम्पनीका प्रवक्ताले अनुसन्धानका क्रममा ती व्यक्तिहरूले कम्पनीले तय गरेका प्रक्रियाबाहिर संवेदनशील जानकारीको दुरुपयोग गरेको, कम्पनीका नीतिहरू उल्लंघन गरेको र आफ्नो सञ्चालनका लागि आवश्यक विश्वास कमजोर बनाएको पुष्टि भएको बताएका छन्। ओपनएआईले ती अनुसन्धानकर्ताहरूले कुन जानकारी प्राप्त गरेका थिए वा त्यसको कसरी ...
। मेटाका सीईओ मार्क जुकरबर्गले आफ्ना प्रतिस्पर्धी कम्पनी एप्पलमाथि कटाक्ष गर्दै ‘म्युज चार्म’ नामको नयाँ एआई डिभाइस सार्वजनिक गरेका छन्। स्टिभ जब्सको शैलीमा आयोजित मेटाको वार्षिक ‘मेटा कनेक्ट’ सम्मेलनमा पकेट वाच आकारको यो नयाँ ग्याजेट प्रस्तुत गरिएको हो । जसले मेटाको भाइरल एआई एजेन्ट ‘म्युज’लाई भौतिक रूपमा मानिसको हातसम्म पुर्‍याउनेछ। ग्याजेटको मद्दतले प्रयोगकर्ताहरूले स्मार्टफोनका एआई एपहरू ...
। अमेरिकी एआई कम्पनीहरू एन्थ्रोपिक र ओपनएआईले मंगलबार एकै दिन नयाँ, सस्तो एआई मोडलहरू सार्वजनिक गरेका छन्। दुवै कम्पनीका कार्यकारीहरूले केही दिनअघि मात्र एआई विकासमा ढिलाइ र कडा सुरक्षा उपायको आह्वान गरेपछि नै यो मोडल सार्वजनिक गरेका हुन्। एन्थ्रोपिकले क्लड ओपस ५.५ सार्वजनिक गरेको छ, जसले कम्पनीको फ्ल्यागसिप मोडल क्लड फेबल ५.१ जस्तै पर्फमेन्स दिने र अघिल्लो ...
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले सबैभन्दा उन्नत एआईको विकास केही समयका लागि सुस्त बनाउनुपर्ने प्रस्तावलाई समर्थन गरेका छन् । साथै उनले मानवताको सुरक्षा आवश्यक परे ओपनएआईले आफ्ना सबै जीपीयू पगाल्न समेत तयार रहेको समेत बताएका हुन् । यद्यपि यो अवस्था आउने कुरा एउटा हाइपोथेसिस मात्र रहेको उनले बताएका छन् । अल्टम्यानले एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो ...
। एआई कम्पनी एन्थ्रोपिकले आफ्नो एआई सेवा क्लडको दुरुपयोग गरी साइबर हमला, सूचना हेरफेर, निगरानी, ठगी र प्रतिस्पर्धी एआई मोडल विकास गर्ने काम भएको दाबी गरेको छ। कम्पनीले सार्वजनिक गरेको ‘डिटेक्टिङ एन्ड काउन्टरिङ मिसयुज अफ एआई : सेप्टेम्बर २०२६’ रिपोर्टमा पछिल्ला ८ महिनामा पत्ता लगाइएका र अवरुद्ध गरिएका विभिन्न गतिविधिको विवरण सार्वजनिक गरेको हो। रिपोर्टमा समेटिएका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम