मुख्य समाचार
४३ वर्षीय गायक प्रशान्त तामाङको निधन
४३ वर्षीय गायक प्रशान्त तामाङको निधन

: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो।




नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्।


उनको निधनको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनका प्रशंसकहरूले आफ्नो दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गणेश पाण्डेद्वारा निर्देशित डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रीम’ ले अमेरिकाको जर्जियास्थित कोब इन्टरनेसनल फिल्म फेस्टिभलमा बेस्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको छ । अगस्ट ६ देखि ९ सम्म जर्जियाको मारिएट्टा सहरमा आयोजना भएको महोत्सवमा नेपालबाट सो फिल्म मात्र छनोट भएको थियो । महोत्सवका कार्यकारी निर्देशक तथा फेस्टिभल डाइरेक्टर डा. रिचर्ड टाभेनारोका अनुसार संसारभरबाट प्राप्त फिल्मको प्रतिस्पर्धामा ...
। सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका नवनियुक्त पदाधिकारीले सोमबार पदभार ग्रहण गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले शुक्रबार ब्रजेश खनाललाई कुलपतिको सपथ खुवाएका थिए । त्यसपछि खनालले सोमबार अन्य पदाधिकारीलाई सपथ ग्रहण गराएका हुन् । प्रतिष्ठानको उपकुलपतिमा ‘काफ्ले’ गीतबाट चर्चित गायिका झुमा लिम्बु, सदस्यसचिवमा भूपेन्द्रसिंह रायमाझी र प्राज्ञपरिषद् सदस्यमा राजन मुकारुङ, रेखा शाह गुरुङ, ...
। ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ नेपालमा धेरै कमाउने छैटौं विदेशी फिल्म बनेको छ । प्रदर्शनको ११ औं दिन आइतबारसम्म टम हल्यान्ड स्टारर फिल्मको ग्रस कलेक्सन १४ करोड रुपैयाँ नाघेको छ । शीर्ष १० को सूचीमा छैटौं स्थानमा उक्लिएको फिल्मले नेपाली बक्सअफिसमा धुरन्धर, कान्तारा, कल्की र धुरन्धर २ लाई उछिनेको छ । अब यसअघि जवान, एनिमल, आरआरआर, ...
। सोनी र मार्भलको कमिक बुकमा आधारित फिल्म ‘स्पाइडर-म्यानः ब्रान्ड न्यु डे’ले प्रदर्शनमा आएको ६ दिनमै विश्वव्यापी रूपमा १ अर्ब अमेरिकी डलरभन्दा बढी कमाइ गरेको छ । टम हल्यान्ड सुपरहिरोको भूमिकामा रहेको यो फिल्मले बक्स अफिसमा लगभग कीर्तिमानी गतिमा उक्त उपलब्धि हासिल गरेको हो । सन् २०१९ को सुपरहिरो फिल्म ‘एभेन्जर्सः एन्डगेम’ले मात्र यो आँकडा ...
सुपरहिरो फिल्म ‘स्पाइडर-म्यानः ब्रान्ड न्यु डे’ले विश्वव्यापी टिकट बिक्रीबाट ९२७ मिलियन अमेरिकी डलर कमाउँदै इतिहासकै दोस्रो ठूलो ओपनिङ सप्ताहन्त हासिल गरेको छ । फिल्मले आफ्नो अनुमानित २२५ मिलियन डलरको निर्माण बजेटलाई पनि सहजै उछिनेको छ । वास्तविक जीवनका श्रीमान-श्रीमती टम हल्यान्ड र जेन्डाया अभिनीत यो फिल्म विश्वव्यापी ओपनिङका आधारमा ‘एभेन्जर्सः इन्डगेम’भन्दा मात्र पछाडि छ । सन् ...