मुख्य समाचार
अर्घाखाँचीको सन्धिखर्कमा आजदेखि सातौं अर्घाखाँची महोत्सव एवं, कृषि, पर्यटन संस्कृति औद्योगिक तथा व्यापार मेला सुरु
अर्घाखाँचीको सन्धिखर्कमा आजदेखि सातौं अर्घाखाँची महोत्सव एवं, कृषि, पर्यटन संस्कृति औद्योगिक तथा व्यापार मेला सुरु

: अर्घाखाँचीको सन्धिखर्कमा आजदेखि सातौं अर्घाखाँची महोत्सव एवं, कृषि, पर्यटन संस्कृति औद्योगिक तथा व्यापार मेला सुरु भएको छ। अर्घाखाँची चेम्बर अफ कमर्सको आयोजनामा सन्धिखर्कको कुँडुले फाँटमा आउँदो माघ ११ गतेसम्म सञ्चालन हुने महोत्सवको आज उद्घाटन गरिएको छ।

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने तथा जिल्लाका पर्यटकीय क्षेत्रलाई टेवा पुर्‍याउने उद्देश्य सहित महोत्सवको आयोजना गरिएको अर्घाखाँची चेम्बर अफ कमर्सका अध्यक्ष अशोक श्रेष्ठले बताए।


महोत्सवको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री दिनेश पन्थीले मेला महोत्सवले स्थानीय उत्पादनलाई बढवा दिनु पर्ने बताए।



३ सय स्टल रहने मेलामा ५० हजार दर्शकले अवलोकन गर्ने र ५ करोड बराबरको कारोबार हुने आयोजकले अनुमान गरेको छ।
जिल्लामा उत्पादन भएका रैथाने खाना, फलफूल तथा उत्पादित बस्तुको बिक्री वितरण गर्न तथा धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गरी पर्यटन भित्राउन र जिल्लालाई चिनाउनका लागि महोत्सवले भूमिका खेल्ने अपेक्षा गरिएको सचिव प्रेम थापाले बताए। ऐतिहासिक धार्मिक सांस्कृतिक र प्राकृतिक सम्पदाको प्रचारप्रसार गर्नुको साथै कृषि उपज, हस्तकला, घरेलु तथा साना उद्योगका उत्पादनलाई बजारसँग जोड्ने मूल उदेश्यले महोत्सव सञ्चालन गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पर्साको वीरगञ्ज महानगरपालिका–१७ अलौबाट सशस्त्र प्रहरीले करिब ९ किलो ५ सय ग्राम चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत घर बताउने २० वर्षीय सन्दीप चौधरी रहेका छन्। उनलाई सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले पक्राउ गरेको हो। चौधरीले मोटरसाइकलको तेल ट्यांकीभित्र फल्स बटम बनाएर चरेश लुकाई लैजाँदै गरेका थिए। ...
। मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । उनले बुधबारका निर्णयमध्ये मुख्य निर्णय भनेर ६ वटा निर्णयहरू सुनाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसेको थियो । यस्ता छन् निर्णयहरू– –सरकारी निर्णय प्रक्रिया, सरलीकरण, तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली–२०८३ स्वीकृत गर्ने । –नेपाल धितोपत्र बोर्डमा ...
। रसुवाको भोटेकोशीमा गएको बाढीपछि चितवनमा ३६४ जनाको शव फेला परेकामा १४ शवको पहिचान भएको छ । हराइरहेका व्यक्तिको पहिचानका लागि उनीहरुका ८१ जना आफन्तको डिएनए नमूना सङ्कलन गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म जिल्लामा फेला परेकामध्ये अधिकांश शव पहिचान गर्न नसकिने अवस्थामा रहेकाले डिएनए परीक्षण तथा कानुनी प्रक्रियामार्फत व्यवस्थापन ...
: महोत्तरीमा नापी सर्वेक्षक घुस रकमसहित पक्राउ परेका छन्। बर्दिबासस्थित नापी कार्यालयमा कार्यरत नापी सर्वेक्षक शिवकुमार साह सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ परेका हुन्। एक सेवाग्राहीसँग लिएको १ लाख रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टिमले उनलाई पक्राउ गरेको हो। जग्गा ट्रायलका लागि निवेदन दिएका सेवाग्राहीसँग लामो समयदेखि घुस रकमका लागि बार्गेनिङ ...
: सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ भक्तपुरबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का ५२ वर्षीय यमनाथ चालिसे(राजन) रहेका छन्। २६ जेठ २०६५ मा मध्यपुर ठिमी नगरपालिका–२ सानोठिमीस्थित सडक खण्डमा सवारी दुर्घटना गराएर चालिसे फरार रहेका थिए। मगंलबार प्रहरी वृत ठिमीबाट खटिएको प्रहरी टोलिले उनलाई फक्राउ गरेको हो। उनीमाथि थप ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम