मुख्य समाचार
ब्राउन सुगर बोकेर विराटनगर छिरेका तीनजना भारतीय युवा पक्राउ
ब्राउन सुगर बोकेर विराटनगर छिरेका तीनजना भारतीय युवा पक्राउ

: लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) बोकेर विराटनगर छिरेका तीनजना भारतीय युवालाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको छ। भारतीय नम्बर प्लेटको एउटै मोटरसाइकलमा सवार रहेका उनीहरूलाई प्रहरीले दिउँसो १ बजेतिर विराटनगर महानगरपालिका–१७ स्थित आईसीपी रोडबाट पक्राउ गरेको हो। पक्राउ परेकाको साथबाट ठूलो परिमाणको ब्राउन सुगर बरामद भएको छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले पक्राउ गरेको हो।


मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बीआर ३८ एपी ९०४९ नम्बरको मोटरसाइकलमा सवार भारत बिहारको अररिया जिल्ला खैराखगरा–४ का १९ वर्षीय राजकुमार साह, २० वर्षीय सेठू कुमार र २० वर्षीय रोशन कुमारलाई पक्राउ गरिएको जानकारी दिइन्। उनका अनुसार शंका लागेपछि प्रहरीले उनीहरू सवार मोटरसाइकललाई रोकेको थियो।


मोटरसाइकल रोकेर चेकजाँच गर्दा पछाडि सवार राजकुमारको साथबाट १ सय ४ ग्राम ब्राउन सुगर बरामद भएको चुँडालले बताइन्। उनका अनुसार राजकुमारले ‘देभगन्ध’ लेखिएको धूपको बट्टाभित्र लुकाइछिपाइ राखेको अवस्थामा ब्राउन सुगर फेला परेको थियो। बरामद भएको ब्राउन सुगर र नियन्त्रणमा लिइएको मोटरसाइकसहित तीनै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ।



पक्राउ परेकाहरू नेपालमा लागुऔषध आपूर्ति गर्न आएको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरी स्रोतका अनुसार उनीहरू केही समययता भारतीय भूमिबाट नेपालमा लागुऔषध ‘सप्लाई’ गर्ने धन्दामा संलग्न रहेको सूचना प्राप्त भएको थियो। पक्राउ परेकाहरूमाथि इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ। उनीहरूविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरिएको जानकारी प्रहरीले दिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जेनजी आन्दोलनमा सहभागी हुँदा‍ पक्राउ परेकाका आमाहरूले सिंहदरबार अगाडि धर्ना दिएका छन्। गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सहभागी हुँदा पक्राउ परेर प्रहरी हिरासतमा रहेकाका आमाहरूले आज सिंहदरबार अगाडि धर्ना दिएका हुन्। उनीहरूले सिंहदरबार प्रवेशको गेटमा बसेर धर्ना दिए।
: संविधानले दिएको अधिकार कार्यान्वयन नभएको र संघीय सरकारले आवश्यक कानुन तथा स्रोतसाधन उपलब्ध नगराएको भन्दै प्रदेशका मुख्यमन्त्रीहरू साझा दबाब सिर्जना गर्ने तयारीमा जुटेका छन्। प्रदेश सरकारका समस्या छुट्टाछुट्टै उठाउँदा सुनुवाइ नभएको निष्कर्षसहित सातै प्रदेशका मुख्यमन्त्रीहरूले मोर्चाबन्दी गरेका हुन्। उनीहरु साझा एजेन्डा बनाएर प्रधानमन्त्रीसँग सामूहिक छलफल गर्ने तयारीमा छन्। कोशी प्रदेश सरकारको आयोजनामा विराटनगरमा मंगलबारदेखि ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको राजनीतिमा अनिश्चय र अनिश्चितताको कालो बादलहरू मडारिरहेको भन्दै यस्तो समयमा मुलुकलाई निकास दिने एकमात्र पार्टी राप्रपा भएको जिकिर गरेका छन् । नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले मुलुकका अन्य राजनीतिक दलहरु असफल भइसकेको उनको भनाइ छ । ‘नेपालको राजनीति एउटा अध्यारो सुरुङमा ...
: ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र ओमानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने बताएका छन्। मंगलबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत राणाले नेपालको राष्ट्रिय हितको संरक्षण र प्रवद्र्धन गर्दै नेपाल र ओमानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएका हुन्। उनले नेपाल–ओमानबीचको बलियो जनस्तरको ...
। काठमाडौंको तारकेश्वर नगरपालिकामा प्रहरीले गोली चलाएको छ । लागूऔषध नियन्त्रण ब्यूरोले गोली चलाएर ३ सय ग्राम खैरो हिरोइन बरामद गरेको हो । प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको हो । सो क्रममा प्रहरीले एक जना नेपाली नागरिकलाई नियन्त्रणमा पनि लिएको छ । यद्यपि उनको पहिचान भने खुलेको छैन ।