मुख्य समाचार
पूर्वराजा ज्ञानेन्द्र शाहले देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको बताएका छन्
पूर्वराजा ज्ञानेन्द्र शाहले देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको बताएका छन्

: पूर्वराजा ज्ञानेन्द्र शाहले देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको बताएका छन्। पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले आफूहरू नारायणहिटीबाट बाहिरिएको करिब दुई दशक बित्दा पनि देशले संकटको सामना गर्नुपरिरहेको बताए।


'नारायणहिटीबाट बाहिरिएको करिब दुई दशक बित्दा पनि देशले सामना गरिरहेको संकटले चिन्तित बनाएको छ। हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ,' भिडियो सन्देशमा उनले भनेका छन्।


उनले देशबाट पलायनको सिलसिला जारी रहेकाले चिन्ता व्यक्त गरेका थिए। युवाहरूको पलायन तत्काल रोक्न नसकिए मुलुक असफलताको संघारमा पुग्ने उनको भनाइ छ। 'जबसम्म युवा पुस्ताको चाहना सम्बोधन गरिँदैन। त्यसले असन्तोष पैसा हुन्छ। जसले विद्रोहको रूप पनि लिन सक्छ भन्ने नेतृत्वले बुझ्नैपर्छ,' उनले भने।



नेतृत्वले पटक-पटक युवालाई प्रयोग गरे पनि उनीहरूको आवश्यकता बुझेर काम नगर्ने प्रवृत्तिले देशमा जनधनको हानी भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीबाट तीन सदस्यका लागि आज भएको निर्वाचनमा कांग्रेस एमाले सहकार्यबाट उम्मेदवारी दिएका तीनजना निर्वाचित भएका छन्। कांग्रेस र एमालेले तालमेल गरी उम्मेदवारी दर्ता गराएका थिए। एमालेको भागमा महिला कोटा परेको थियो भने कांग्रेसलाई अपांग र अन्य समूहबाट उम्मेदवारी थियो। अन्तिम मत परिणाम अनुसार सहकार्य गरेका काङ्ग्रेस एमालेका उम्मेदवार विजयी भएका ...
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले जेनजी युवाहरूको माग पूरा गर्ने पार्टी राप्रपामात्रै भएको बताएका छन्। शनिबार राप्रपा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को भेलालाई सम्बोधन गर्दै थापाले युवाहरूले अघि सारेको सुशासन र भ्रष्ट व्यवस्थाको अन्त्यको मुद्दा राप्रपाको समेत मुद्दा भएकाले यसलाई आफ्नो पाटीले मात्रै पूरा गर्नसक्ने बताएका छन्। भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट ...
: कोशी प्रदेशमा आइतबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको छ। निर्वाचन अधिकृतको कार्यालयले प्रशासनिक, प्राविधिक र सुरक्षासम्बन्धी सबै तयारी पूरा भएको जनाएको छ। मतदान शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउने तयारी अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृतको कार्यालय कोशी प्रदेशका सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले बताए। उनका अनुसार यसपटक कोशी प्रदेशबाट महिला ...
— नेपालकै पहिलो रेल सेवाको ऐतिहासिक विरासतलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले वीरगन्ज महानगरले वीरगन्जस्थित रेल संग्रहालय स्थापना गर्ने तयारी औपचारिक रूपमा अघि बढाएको छ । हालको वीरगन्ज महानगरस्थित घण्टाघरमा रहेको प्रस्तावित बीपी उद्यानमा यो संग्रहालय बनाउने योजना महागनरपालिकाको कार्यालयले अघि सारेको हो । यसैको प्रयास स्वरूप प्रस्तावित बीपी उद्यानको जग्गामा शनिबार बृहत् सरसफाइ अभियान सञ्चालन ...
— इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । आज साँझ इटहरी–४ गैरी गाउँका पूर्णप्रसाद राईको ट्रकको ठक्करबाट मृत्यु भएको थियो । उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् । राईको मृत्यु भएपछि प्रहरीले आफन्तबिना नै मुचुल्का उठाएको भन्दै ठूलो संख्यामा उपस्थित स्थानीय तोडफोड र आगजनीमा उत्रिएका छन् । आक्रोशित स्थानीयले ...