मुख्य समाचार
शेखर कोइरालाले आफूलाई सभापति वा प्रधानमन्त्री बन्ने लोभले कहिल्यै आकर्षित नभएको बताए
शेखर कोइरालाले आफूलाई सभापति वा प्रधानमन्त्री बन्ने लोभले कहिल्यै आकर्षित नभएको बताए

: नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले आफूलाई सभापति वा प्रधानमन्त्री बन्ने लोभले कहिल्यै आकर्षित नभएको बताएका छन्। आइतबार विशेष महाधिवेसन सुरू हुन लाग्दा भिडियो सन्देश जारी गर्दै नेता कोइरालाले कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहने बताएका छन्।


'मेरो लड्ने तरिका शान्त र मधुरो थियो। मेरो कयौँ शैलीहरूसँग साथीहरू असहमत भएको म बुझ्थे। तर पनि म कांग्रेसको रूपान्तरण अभियानमा आक्रोश र अधैर्य भएर अगाडि बढ्न चाहिनँ। म यहाँ प्रस्ट भन्न चाहन्छु— मेरो निजी महत्त्वाकांक्षा केही छैन। मलाई मन्त्री,महामन्त्री हुने लोभले विगतमा कहिल्यै आकर्षित गरेन। यस्ता अवसरहरू आए तर मैले रुचि देखाइनँ। त्यस्तै सभापति, प्रधानमन्त्री हुने कुराले मलाई लोभ्याउँदैन। मैले मेरो परिवारबाट पाएको यही शिक्षा मेरो जीवन दर्शन हो र म यही जीवन दर्शनबाट अभिप्रेरित भएर कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहेको छु र उठाइरहने छु,'उनले भिडियो सन्देशमा भनेका छन्।


कोइरालाले पार्टी एकताको पक्षमा आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दै महाधिवेशन प्रतिनिधिहरूलाई पार्टी विधानको सम्मान गर्दै ऐतिहासिक निर्णय लिन तयार रहन आग्रह समेत गरेका छन्।



उनले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीसँग कहिलेकाहीँ असहमत भएपनि पार्टीभित्र युवा शक्तिहरूसँगको संवादलाई समेत सामना गर्नुपरेको बताएका छन्। तर, पनि पार्टीको एकताको पक्षमा निरन्तर लडिरहने उनको भनाइ छ।

'नेपाली कांग्रेसको विधानको विकासक्रममा पार्टीको आन्तरिक जीवनलाई लोकतान्त्रिक बनाउने अनेकन् प्रावधानहरू राखिएका छन्। नेपालको संविधान झैँ यहाँ पनि शक्ति पृथकीकरणको मौलिक सिद्धान्तलाई प्रयोगमा ल्याउने कोसिस गरियो। यसको श्रेय निसन्देह पुरानो पुस्ताहरूलाई दिनुपर्छ। यही कारण आज नेपाली कांग्रेसको पदाधिकारी देखि केन्द्रीय कार्यसमितिमा पनि युवाहरूको सहभागिता रह्यो। कांग्रेसको वैधानिक विकासक्रम हाम्रा श्रद्धेय नेता बीपी कोइरालाको मेलमिलापवादी भावनाबाट उत्प्रेरित थियो। त्यहाँ सहमति, सहकार्य र सहअस्तित्वको सिद्धान्तलाई मूल मर्म ठानिएको थियो र छ। कसैप्रति विद्वेष र निषेध थिएन। मैले यिनै मर्मलाई आत्मसात् गरेर कांग्रेस भित्र पुस्तान्तरण र हस्तान्तरणको अभियान नै चलाएँ। धेरै युवा साथीहरू मसँग जोडिए। म सधैँ कांग्रेस विधि, विधान र नियमसम्मत प्रक्रियाबाट चलोस् भन्ने संघर्षरत रहें। मेरो लड्ने तरिका शान्त र मधुरो थियो। मेरो कयौँ शैलीहरूसँग साथीहरू असहमत भएको म बुझ्थे। तर पनि म कांग्रेसको रूपान्तरण अभियानमा आक्रोश र अधैर्य भएर अगाडि बढ्न चाहिनँ। म यहाँ प्रस्ट भन्न चाहन्छु— मेरो निजी महत्त्वाकाङ्क्षा केही छैन। मलाई मन्त्री, महामन्त्री हुने लोभले विगतमा कहिल्यै आकर्षित गरेन। यस्ता अवसरहरू आए तर मैले रुचि देखाइनँ। त्यस्तै सभापति, प्रधानमन्त्री हुने कुराले मलाई लोभ्याउँदैन। मैले मेरो परिवारबाट पाएको यही शिक्षा मेरो जीवन दर्शन हो र म यही जीवन दर्शनबाट अभिप्रेरित भएर कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहेको छु र उठाइरहने छु। यस क्रममा मैले एकातिर सभापति शेरबहादुर देउवाको कार्यशैली सँग लड्नु परेको थियो भने अर्कोतिर ती युवाहरूको असन्तोषको सामना गर्न परिरहेको छ,जो ऊर्जावान् र जोसिलो भएर मेरो अगाडि उपस्थित हुन्छन्। मलाई थाहा छ, कांग्रेस विधानमा के छ र के हुनुपर्छ। मैले कांग्रेस विशेष महाधिवेशनको अभियान चलिरहँदा आफ्नो मत केन्द्रीय कार्यसमितिमा लिखित रूपमै राखेको छु। मैले यो राखिरहँदा कांग्रेसमा कुनै कतै कुनाबाट पनि विभाजनको प्राविधिक र भावनात्मक सन्देश प्रवाह नहोस् भनी सतर्क थिएँ। मलाई यो पनि थाहा छ, कांग्रेस संक्रमणमा पर्दा कसरी र कसले त्याग र अपमान सहनुपर्छ भनेर। म ती सबै सहेर पनि अन्तिम सम्म पार्टी विधानबाट मात्र होइन, कांग्रेसजनको भावनात्मक एकतामा अगाडि बढिरहने छु। बीपीको मेलमिलाप कुनै कानुनको पन्नाबाट निस्केको थिएन। न कांग्रेसको विधान र नेपालको संविधानमा थियो। यो बीपीको अन्तरआत्माको आवाज थियो। यो नेपाली जनको आवाज थियो। म एक्लो भए पनि बीपी, सुवर्ण, गणेशमान, किसुनजी, गिरिजाबाबु, सुशीलदालगायत हाम्रा अग्रज नेताहरूले छाडेको पदचिह्नबाट विचलित हुने छैन। यो पदचिह्न भनेको कांग्रेसको मौलिक आदर्श सिद्धान्त हो, जसमा टेकेर नेपालीहरू सार्वभौम भए, स्वतन्त्र भए। के हामी सबै कांग्रेसजन मिलेर सहमति, सहकार्य र सहअस्तित्वलाई एकाकार गर्दै समग्र कांग्रेस एकताको बिगुल फुक्ने महाधिवेशन गरेर जान सक्दैनौँरु के हामीसँग भरोसा र विश्वास गर्ने हाम्रा समर्थक, शुभचिन्तक साथीहरू र अन्तर्राष्ट्रिय समुदायले पनि हामी एकताबद्ध भएर अगाडि बढेको हेर्न नचाहेका होलान् र ? सोचौँ हामी,' भिडियो सन्देशमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुदूरपश्चिम प्रदेशबाट दुई जना राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार भएकाे मतदानमा २२० मत मात्र खसेको छ। स्थानीय तहका दुई र प्रदेशसभाका दुई जना मतदाता अनुपस्थित रहेका हुन्। राष्ट्रियसभा सदस्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा सदस्यहरु कांग्रेसका प्रकाशबहादुर देउवा र राप्रपा सांसद खेमादेवी बिष्ट अनुपस्थित रहे । सुदूरपश्चिम प्रदेशसभाका ४९ जना राष्ट्रियसभाका लागि मतदाता हुन् । यस्तै, ...
: राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीबाट तीन सदस्यका लागि आज भएको निर्वाचनमा कांग्रेस एमाले सहकार्यबाट उम्मेदवारी दिएका तीनजना निर्वाचित भएका छन्। कांग्रेस र एमालेले तालमेल गरी उम्मेदवारी दर्ता गराएका थिए। एमालेको भागमा महिला कोटा परेको थियो भने कांग्रेसलाई अपांग र अन्य समूहबाट उम्मेदवारी थियो। अन्तिम मत परिणाम अनुसार सहकार्य गरेका काङ्ग्रेस एमालेका उम्मेदवार विजयी भएका ...
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले जेनजी युवाहरूको माग पूरा गर्ने पार्टी राप्रपामात्रै भएको बताएका छन्। शनिबार राप्रपा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को भेलालाई सम्बोधन गर्दै थापाले युवाहरूले अघि सारेको सुशासन र भ्रष्ट व्यवस्थाको अन्त्यको मुद्दा राप्रपाको समेत मुद्दा भएकाले यसलाई आफ्नो पाटीले मात्रै पूरा गर्नसक्ने बताएका छन्। भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट ...
: कोशी प्रदेशमा आइतबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको छ। निर्वाचन अधिकृतको कार्यालयले प्रशासनिक, प्राविधिक र सुरक्षासम्बन्धी सबै तयारी पूरा भएको जनाएको छ। मतदान शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउने तयारी अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृतको कार्यालय कोशी प्रदेशका सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले बताए। उनका अनुसार यसपटक कोशी प्रदेशबाट महिला ...
— नेपालकै पहिलो रेल सेवाको ऐतिहासिक विरासतलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले वीरगन्ज महानगरले वीरगन्जस्थित रेल संग्रहालय स्थापना गर्ने तयारी औपचारिक रूपमा अघि बढाएको छ । हालको वीरगन्ज महानगरस्थित घण्टाघरमा रहेको प्रस्तावित बीपी उद्यानमा यो संग्रहालय बनाउने योजना महागनरपालिकाको कार्यालयले अघि सारेको हो । यसैको प्रयास स्वरूप प्रस्तावित बीपी उद्यानको जग्गामा शनिबार बृहत् सरसफाइ अभियान सञ्चालन ...