मुख्य समाचार
धनगढी उपमहानगरपालिकाले ५८० जना दलित छात्रालाई छात्रवृत्ति प्रदान
धनगढी उपमहानगरपालिकाले ५८० जना दलित छात्रालाई छात्रवृत्ति प्रदान

: धनगढी उपमहानगरपालिकाले ५८० जना दलित छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरभित्र कक्षा ८ देखि १० सम्म अध्ययनरत ५७६ जना र उच्च शिक्षाका लागि अध्ययनरत ४ जना गरी ५८० जना दलित छात्रालाई छात्रवृत्ति प्रदान गरिएको मेयर गोपाल हमालले बताए।


धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा पहिलोपटक दलित अभियन्ताहरूका नामबाट २ वटा छात्रवृत्ति कार्यक्रम घोषणा गरेको थियो। कक्षा ८ देखि १० कक्षासम्म अध्ययनरत दलित छात्राका लागि ‘जुठे दमाई छात्रवृत्ति कार्यक्रम’ र उच्च शिक्षा अथवा १२ कक्षादेखि स्नातकसम्म अध्ययनरत दलित छात्राका लागि ‘टिकाराम पार्की छात्रवृत्ति कार्यक्रम’ घोषणा गरेको थियो। ‘उपमहानगरभित्र दलित छात्राहरुको विद्यालय भर्नादर न्यून थियो। एसईईसम्म जेनतेन पढाए पनि उच्च शिक्षाका लागि भने नगन्य दलित छात्राहरु अध्ययनरत थिए। दलित समुदायका विद्यार्थी त्यसमा पनि महिलाहरु अझ सशक्त हुन भनेर यी दुई छात्रवृत्ति कार्यक्रम ल्याइएको हो’, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले भने।


नगरसभाबाट स्वीकृत कार्यक्रमको कार्यान्वयन गर्ने क्रममा धनगढी उपमहानगरपालिकाले प्रति छात्रा एउटा झोला, एक दर्जन कापी र एक दर्जन डट्पेन गरी वार्षिक ढाई हजार भन्दा बढीको अध्ययन सामाग्री वितरण गर्नेछ। ‘दलित अभियन्ता जुठे दमाई छात्रवृत्ति’ स्वरूप हरेक वर्ष उनीहरूलाई छात्रवृत्ति प्रदान गरिने उपमहानगरका शिक्षा महाशाखा प्रमुख घुम्मन सिह बडायकले बताए।



धनगढी उपमहानगरपालिकाको वडा नं. १६ को रामपुरस्थित शिव माध्यमिक विद्यालयबाट छात्रवृत्ति सामग्री वितरण सुरु गरिएको थियो। मेयर गोपाल हमाल, उपमेयर कन्दकला राना सहितको टोलीले उपमहानगरभित्रका विद्यालयहरूमा पुगेर छात्रवृत्ति हस्तान्तरण गरेका थिए। उपमहानगरभित्रका सामुदायिक ४० सामुदायिक विद्यालयका कक्षा ८ देखि १० सम्मका ५७६ जना दलित छात्रालाई छात्रवृत्ति स्वरूप सामग्री प्रदान गरिएको हो। यस कार्यक्रमबाट शैक्षिक सामग्रीको अभावमा दलित छात्राहरूले विद्यालय छाड्नु पर्ने अवस्थाको अन्त्य हुने र दलित छात्राहरूको सिकाइमा सुधार हुने अपेक्षा गरिएको उपमहानगरपालिकाले जनाएको छ।

दलित अभियन्ता स्वर्गीय जुठे दमाईको जन्म १९९३ सालमा डोटीको सिलगढीमा आमा पदमा दमाई र बुबा बहादुर दमाईका ज्येष्ठ सुपुत्रका रूपमा भएको हो। उनको परिवार २०२७ सालमा डोटीको सिलगढीबाट कैलालीको धनगढी झरेको थियो। धनगढीमा रहेर स्वर्गीय जुठे दमाईले सामाजिक अभियन्ता र अधिकारका पहरेदारका रूपमा काम गरेका थिए। उनले आफू बाँचुन्जेल दलित अधिकार, आर्थिक अभाव, सामाजिक विभेद, असमानता, जातीय छुवाछुत लगायतका विषयमा निरन्तर बहस पैरवी गरेर दलित समुदायको उत्थानका लागि कार्य गरेकाले उपमहानगरले उनकै नामबाट छात्रवृत्तिको नाम राखेको मेयर हमालले बताए।

यस्तै उमहानगरपालिकाले अर्का दलित अभियन्ता टीकाराम पार्कीको नामबाट स्थापना गरेको ‘टीकाराम पार्की छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत ४ जनालाई छात्रवृत्ति प्रदान गरेको छ। नगर शिक्षा समितिको उपस्थितिमा अभिभावकसहित आयोजित कार्यक्रममा शिक्षा, विज्ञान, कृषि र कानुन संकायमा अध्ययनरत दलित छात्राहरूलाई छात्रवृत्ति रकम प्रदान गरिएको उपमहानरले जनाएको छ।

छात्रवृत्ति योजनाअन्तर्गत शारदा माध्यमिक विद्यालयमा कृषि विषयमा डिप्लोमा गरिरहेकी छात्रा आशिकाकुमारी पार्कीलाई एक वर्षको शुल्क वापतको ६२ हजार पाँच सय, फूलबारी बहुमुखी क्याम्पसमा अध्ययनरत सीमा विकलाई पहिलो वर्षको शुल्कका लागि २३ हजार ५० रुपैयाँ, चन्द्रोदय माध्यमिक विद्यालय फूलबारीमा कक्षा ११ मा अध्ययनरत विसिका सुनारलाई एक वर्षको शुल्क ७ हजार ५७५ तथा कैलाली बहुमुखी क्याम्पस मनिषा कुमारी सार्कीलाई पहिलो र दोस्रो सेमेस्टरको शुल्क ७ हजार २५० रुपैयाँ हस्तान्तरण गरिएको उपमहानरपालिकाका शिक्षा प्रमुख घुम्मन सिह बडायकले जानकारी दिए।

उपमहानगरपालिकाले दलित समुदायका छात्राहरूको शैक्षिक पहुँच विस्तार र उच्च शिक्षा हासिल गर्न सहयोग पुर्‍याउने उद्देश्यले यो छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको जनाएको छ। छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको स्नातक तहसम्मको अध्ययन पूरा गर्न लाग्ने कलेज शुल्क धनगढी उपमहानगरपालिकाले उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) सुदूरपश्चिमको चुनावी भ्रमण गर्ने भएका छन्। उनी सोमबार नेपालगन्ज हुँदै कैलाली पुग्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ। बालेनले कैलाली क्षेत्र नं २ मा आयोजना हुने चुनावी सभामा सहभागी बन्नेछन्। रास्वपाबाट कैलाली २ मा उम्मेदवारी दिएका केपी खनालले सोमबार बालेन आफ्नो क्षेत्रमा आउने पुष्टि ...
— राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशबाट कांग्रेस र एमालेको गठबन्धनबाट महिलातर्फ गीता देवकोटा र अन्य तर्फका उम्मेदवार प्रेमप्रसाद दंगाल निर्वाचित भएका छन् । राष्ट्रिय सभा निर्वाचनमा नेकपा र नेमकिपाका गरी ६ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । महिलातर्फ प्रदेश सभाबाट देवकोटाले ६० मतसहित ३१८० मतभार पाइन् । स्थानीयतर्फ १६१ मतसहित ३,०५९ गरी देवकोटाले कुल ६ जार २ ...
: निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ। आइतबार काठमाडौंको कान्तिपथस्थीत आयोगको कार्यालयमा स्थापना गरिएको संयुक्त निर्वाचन सञ्चालन केन्द्रको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुभारम्भ गरे। आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गराउने उद्देश्यसहित आयोगका सचिवको संयोजकत्वमा सञ्चालन हुने केन्द्रमा गृह मन्त्रालय, सेना, प्रहरी, सशस्त्र प्रहरी बल ...
: राष्ट्रिय सभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशबाट अपाङ्गता कोटातर्फ नेपाली कांग्रेसका उम्मेदवार वासुदेव घिमिरे (जङ्गली) निर्वाचित भएका छन्। निर्वाचनमा घिमिरेले नेकपाका उम्मेदवार सर्जन विकलाई पराजित गर्दै राष्ट्रिय सभामा स्थान सुरक्षित गरेका हुन्। मतगणनाको अन्तिम नतिजाअनुसार कांग्रेसका घिमिरेले उल्लेख्य मतान्तरसहित जीत हाँसिल गरेका छन्। उनले ६ हजार ३२२ मत प्राप्त गर्दा विकले १ ...
— नक्कली उद्धार कागजात तयार पारी ठगी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ परेकाहरुलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । सीआईबीका प्रमुख एआईजी मनोज केसीअनुसार पक्राउ पर्नेमा माउन्टेन रेस्क्युका सञ्चालक तथा अध्यक्ष जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका सञ्चालक तथा अध्यक्ष रविन्द्र अधिकारी ...