मुख्य समाचार
राष्ट्रियसभा निर्वाचनअन्तर्गत कोशी प्रदेशबाट ‘अन्य समूह’तर्फ नेपाली कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापा निर्विरोध निर्वाचित
राष्ट्रियसभा निर्वाचनअन्तर्गत कोशी प्रदेशबाट ‘अन्य समूह’तर्फ नेपाली कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापा निर्विरोध निर्वाचित

: राष्ट्रियसभा निर्वाचनअन्तर्गत कोशी प्रदेशबाट ‘अन्य समूह’तर्फ नेपाली कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्।


उम्मेदवारी दर्ताको दिन थापाको एकल उम्मेदवारी मात्रै कायम भएपछि निर्वाचन अधिकृतको कार्यालयले आइतबार औपचारिक रूपमा उनी निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। कोशीमा अन्य समूहतर्फ रिक्त रहेको एक सदस्य पदका लागि थापाबाहेक अरूको उम्मेदवारी परेन। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट उम्मेदवारी दिने तयारीमा रहेका हेमराज घिमिरे समयमै निर्वाचन अधिकृतको कार्यालयमा नपुगेपछि थापाको मात्रै उम्मेदवारी कायम भएको थियो।


एकल उम्मेदवारीका कारण अन्य समूहमा प्रतिस्पर्धा नै नहुने अवस्था बन्यो। निर्वाचन अधिकृतको कार्यालयले कानुनी व्यवस्थाअनुसार थापालाई निर्विरोध निर्वाचित घोषणा गरेको हो। अन्य समूहको नतिजा टुंगिएसँगै अब कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको ध्यान महिला र दलित समूहमा केन्द्रित भएको छ। यी दुई समूहमा कांग्रेस–एमाले गठबन्धन र नेकपाबीच प्रतिस्पर्धा हुने छ।



महिला समूहतर्फ कांग्रेस–एमाले गठबन्धनबाट रोशनी मेचे उम्मेदवार रहेकी छन् भने नेकपाबाट नमिता न्यौपाने मैदानमा छन्। दलित समूहमा कांग्रेस–एमाले गठबन्धनबाट सोम पोर्तेल र नेकपाबाट खेमराज सुन्दास उम्मेदवार बनेका छन्। राष्ट्रियसभाका १८ रिक्त पदका लागि देशभर माघ ११ गते निर्वाचन हुँदैछ। तीमध्ये कोशी प्रदेशबाट तीन जना सदस्य निर्वाचित हुने व्यवस्था छ।

अन्य समूहमा थापा निर्विरोध भइसकेकाले बाँकी दुई पदका लागि महिला र दलित समूहमा मतदानमार्फत निर्णय हुनेछ। यद्यपि, कोशीको हालको मतभार संरचना हेर्दा कांग्रेस–एमाले गठबन्धन स्पष्ट रूपमा बलियो अवस्थामा देखिन्छ। कोशीमा राष्ट्रियसभा निर्वाचनका लागि जम्मा ३ सय ६७ जना मतदाता छन्। तीमध्ये ९३ जना प्रदेशसभा सदस्य र २ सय ७४ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख रहेका छन्। निर्वाचन प्रणालीअनुसार प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख–उपप्रमुखको मतभार १९ निर्धारण गरिएको छ। यही आधारमा मतभार गणना गर्दा दलहरूको शक्ति सन्तुलन स्पष्ट देखिन्छ।

प्रदेश र स्थानीय तह दुवै मिलाएर एमालेको कुल मतभार ४ हजार २ सय १० रहेको छ भने कांग्रेसको ३ हजार ६ सय ८४ मतभार छ। माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको नेकपाको संयुक्त मतभार १ हजार ६ सय ४२ मा सीमित छ। यसरी हेर्दा कांग्रेस–एमाले गठबन्धनको मात्र कुल मतभार ७ हजार ८ सय ९४ पुग्छ। जुन प्रतिस्पर्धी नेकपाको मतभारभन्दा धेरै गुणा बढी हो।

यसबाहेक, कांग्रेस–एमाले गठबन्धनकै पक्षमा रहेको जसपाको १ सय २९ मतभार रहेको छ। राप्रपाको ३ सय ९४ र स्वतन्त्र समूहको ५७ मतभार पनि निर्णायक अवस्थामा पर्न सक्ने देखिन्छ। यद्यपि, समग्र गणनामा महिला र दलित दुवै समूहमा कांग्रेस–एमाले गठबन्धनले सहज जित निकाल्ने आँकलन छ।
अन्य समूहमा निर्विरोध निर्वाचित र बाँकी समूहमा बलियो मतभारसहितको प्रतिस्पर्धाले कोशी प्रदेशबाट राष्ट्रियसभाको प्रतिनिधित्व लगभग गठबन्धनले सुनिश्चित गरेको देखिन्छ। तर, अन्तिम निर्णय भने माघ ११ गतेको मतदानबाट हुने छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रुकुम पूर्वमा प्रहरीले ठूलो परिमाणमा भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व मातहतका विभिन्न इकाइहरूले सञ्चालन गरेको विशेष अप्रेसनका क्रममा ९ नाल भरुवा बन्दुक फेला परेको हो। इलाका प्रहरी कार्यालय काँक्री, रुकुम पूर्वले पुस २४ गते भूमे गाउँपालिका–२ ढुसीडाँडास्थित बनमाराको जंगलमा लुकाइ छिपाइ राखिएको अवस्थामा १ नाल साबुत र ६ नाल ...
: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सभापति बन्नका लागि आग्रह गरेको दाबी गरेका छन्। विशेष महाधिवेशनको उद्‍घाटन सत्रमा सम्बोधन गर्दै उनले आफू र विश्वप्रकाश शर्मा उनकै निवास गएर उक्त आग्रह गरेको बताए। 'कार्यवाहक सभापतिको घरमा हात जोडेर सभापति बन्नुस् भनेका छौं। त्यति गर्दा पनि उहाँहरूको उपस्थिति आज भएन। य दुःखद कुरा हो,' ...
: ठूलो परिमाणको लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानले लागुऔषध नियन्त्रण अभियानअन्तर्गत ठूलो परिमाणको लागुऔषध सहित उनीहरूलाई पक्राउ गरेको डीएसपी भीषणबाबू राईले बताए। आइतबार बिहान प्रहरी हवलदार खेम बरालको कमाण्डमा खटिएको तीन जनाको गस्ती टोलीले धरान उप–महानगरपालिका–१७ मा कालाबञ्जारबाट धरानतर्फ आउँदै गरेको को १८ प ४२५६ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गरेको थियो। ...
: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक तहमा रहेका असन्तुष्टिका प्रत्येक तह (केस्रा केस्रा) केलाएर छलफल गरिने बताएका छन्। आइतबार काठमाडौंमा सुरू भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्‍घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री शर्माले आम नागरिकका गुनासा, असन्तुष्टि र अपेक्षालाई बुँदागत रूपमा संकलन, पहिचान र समीक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले प्रत्यक्ष तथा अनलाइन माध्यमबाट ...
: विराटनगरका सडकमा वर्षौँदेखि देखिँदै आएको सिटी सफारी (ई–रिक्सा)को अव्यवस्थित, असुरक्षित र मनपरी सञ्चालनलाई अन्त्य गर्ने उद्देश्यसहित नयाँ अभियान सुरु गरिएको छ। यात्रु सुरक्षालाई केन्द्रमा राखेर जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले अघि सारेको ‘सुरक्षित चालक’ अभियानअन्तर्गत अब विराटनगरमा चल्ने सिटी सफारी चालक ट्राफिक प्रहरीद्वारा प्रशिक्षित, प्रमाणित र स्पष्ट पहिचानसहित सडकमा देखिने छन्। अभियानमार्फत लाइसेन्सविहीन चालक, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम