मुख्य समाचार
ओलीले एघारौँ राष्ट्रिय महाधिवेशनले पार्टी मात्र नभई समग्र नेपाली लोकतन्त्रलाई नयाँ भरोसा र आत्मबल दिएको बताए
ओलीले एघारौँ राष्ट्रिय महाधिवेशनले पार्टी मात्र नभई समग्र नेपाली लोकतन्त्रलाई नयाँ भरोसा र आत्मबल दिएको बताए

: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एघारौँ राष्ट्रिय महाधिवेशनले पार्टी मात्र नभई समग्र नेपाली लोकतन्त्रलाई नयाँ भरोसा र आत्मबल दिएको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले प्रतिकूल राजनीतिक परिस्थितिबीच सम्पन्न महाधिवेशनले प्रतिगमनकारी र अराजक शक्तिलाई स्पष्ट सन्देश दिएको बताएका हुन्।


अध्यक्ष ओलीले भदौ २३ र २४ गते घटेका घटनापछि मुलुक असामान्य अवस्थामा धकेलिएको उल्लेख गरे। त्यसपछि लोकतान्त्रिक दल र प्रणालीविरुद्ध नियोजित घृणा, निषेध र आक्रमणको शृङ्खला चलाइएको बताए। उनले जनादेशप्राप्त सरकारलाई विस्थापन गर्ने, प्रतिनिधिसभा विघटन गरी रिक्तता सिर्जना गर्ने र अनिर्वाचित तथा अराजक पात्रहरूले कानुन हातमा लिने दुष्प्रयास गरेको घटनालाई पनि स्मरण गरे। समाजलाई युवाहरू र वृद्ध उमेर समूहबिच विभाजित गर्ने, राजनीतिलाई विचार र मुद्दाबाट हटाएर ‘नयाँ’ र ‘पुरानो’ को हानिकारक कित्ताकाटतर्फ धकेल्ने प्रयास भएको उनको भनाइ छ।


अध्यक्ष ओलीले अहिलेको राजनीतिक ध्रुवीकरण कुनै विचारधारा, दर्शन वा मुद्दामा नभई विध्वंसलाई वैध ठान्ने कि त्यसलाई अस्वीकार गर्दै लोकतन्त्र जोगाउने भन्ने सवालमा केन्द्रित हुँदै गएको बताए। धम्की, घृणा, निषेध र हिंसाका बलमा लोकतान्त्रिक शक्तिलाई किनारा लगाउन नसकेपछि विध्वंसका पक्षधरहरू एक ठाउँमा उभिन खोजिरहेको उनको भनाइ छ।



अध्यक्ष ओलीले लोकतन्त्र र संविधानको रक्षा गर्न सबै लोकतान्त्रिक शक्तिलाई सहकार्यका लागि आह्वान पनि गरे। अब लोकतान्त्रिक शक्ति मिलेर अघि बढ्नु पर्नेमा उनले जोड दिए।

अध्यक्ष ओलीले ढिलो–चाँडो मुलुक निर्वाचनमा जाने कुरामा पार्टी स्पष्ट रहेको उल्लेख गर्दै त्यसका लागि एमाले सधैँ तयारी अवस्थामा रहनुपर्ने धारणा राखे। केन्द्रीय कमिटी बैठकले सिङ्गो पार्टी पङ्क्तिलाई निर्वाचनका लागि सधैँ तम्तयार रहन र आवश्यक तयारीलाई तीव्रता दिन आह्वान गरेको उनले बताए।

उम्मेदवार छनोटका सन्दर्भमा अध्यक्ष ओलीले समानुपातिक सूची निर्वाचन आयोगमा बुझाइसकिएको बताउँदै प्रत्यक्षतर्फका सम्भावित उम्मेदवारको सिफारिस प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए। केही ठाउँमा ‘एकल सिफारिस’ का नाममा इच्छुक आकाङ्क्षीहरूसँग पर्याप्त परामर्श नगरिएको र कतिपय मातहत कमिटीहरूले तलैबाट सहमति गर्ने प्रयास नगरी धेरै नाम केन्द्रमा पठाएको अवस्थाप्रति उनले ध्यानाकर्षण गराए।

अध्यक्ष ओलीले पार्टी नेतृत्वले सिफारिस प्रक्रियाको विश्वसनीयता कायम राख्दै सबै पक्षलाई ध्यानमा राखेर उम्मेदवारको अन्तिम निर्णय गर्ने स्पष्ट पारे। निर्णय भइसकेपछि आकाङ्क्षीहरू सहित सिङ्गो पार्टी पङ्क्ति एकताबद्ध, दृढ सङ्कल्पित र उच्च मनोबलका साथ निर्वाचन अभियानमा होमिनुपर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रुकुम पूर्वमा प्रहरीले ठूलो परिमाणमा भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व मातहतका विभिन्न इकाइहरूले सञ्चालन गरेको विशेष अप्रेसनका क्रममा ९ नाल भरुवा बन्दुक फेला परेको हो। इलाका प्रहरी कार्यालय काँक्री, रुकुम पूर्वले पुस २४ गते भूमे गाउँपालिका–२ ढुसीडाँडास्थित बनमाराको जंगलमा लुकाइ छिपाइ राखिएको अवस्थामा १ नाल साबुत र ६ नाल ...
: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सभापति बन्नका लागि आग्रह गरेको दाबी गरेका छन्। विशेष महाधिवेशनको उद्‍घाटन सत्रमा सम्बोधन गर्दै उनले आफू र विश्वप्रकाश शर्मा उनकै निवास गएर उक्त आग्रह गरेको बताए। 'कार्यवाहक सभापतिको घरमा हात जोडेर सभापति बन्नुस् भनेका छौं। त्यति गर्दा पनि उहाँहरूको उपस्थिति आज भएन। य दुःखद कुरा हो,' ...
: ठूलो परिमाणको लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानले लागुऔषध नियन्त्रण अभियानअन्तर्गत ठूलो परिमाणको लागुऔषध सहित उनीहरूलाई पक्राउ गरेको डीएसपी भीषणबाबू राईले बताए। आइतबार बिहान प्रहरी हवलदार खेम बरालको कमाण्डमा खटिएको तीन जनाको गस्ती टोलीले धरान उप–महानगरपालिका–१७ मा कालाबञ्जारबाट धरानतर्फ आउँदै गरेको को १८ प ४२५६ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गरेको थियो। ...
: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक तहमा रहेका असन्तुष्टिका प्रत्येक तह (केस्रा केस्रा) केलाएर छलफल गरिने बताएका छन्। आइतबार काठमाडौंमा सुरू भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्‍घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री शर्माले आम नागरिकका गुनासा, असन्तुष्टि र अपेक्षालाई बुँदागत रूपमा संकलन, पहिचान र समीक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले प्रत्यक्ष तथा अनलाइन माध्यमबाट ...
: विराटनगरका सडकमा वर्षौँदेखि देखिँदै आएको सिटी सफारी (ई–रिक्सा)को अव्यवस्थित, असुरक्षित र मनपरी सञ्चालनलाई अन्त्य गर्ने उद्देश्यसहित नयाँ अभियान सुरु गरिएको छ। यात्रु सुरक्षालाई केन्द्रमा राखेर जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले अघि सारेको ‘सुरक्षित चालक’ अभियानअन्तर्गत अब विराटनगरमा चल्ने सिटी सफारी चालक ट्राफिक प्रहरीद्वारा प्रशिक्षित, प्रमाणित र स्पष्ट पहिचानसहित सडकमा देखिने छन्। अभियानमार्फत लाइसेन्सविहीन चालक, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम