मुख्य समाचार
महाधिवेशनले चाह्यो भने नेता र नीति दुवै बदल्न सक्ने
महाधिवेशनले चाह्यो भने नेता र नीति दुवै बदल्न सक्ने

: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महाधिवेशनले चाह्यो भने नेता र नीति दुवै बदल्न सक्ने बताएका छन्। विशेष महाधिवेशनको उद‍घाटन सत्रमा सम्बोधन गर्दै उनले बन्द सत्रले गर्ने निर्णय आफूलाई स्वीकार हुने बताए।

उनले विशेष महाधिवेशन कहाँ गएर टुंगिने आफूलाई पनि थाहा नभएको बताए। 'बन्द सत्र कहाँ गएर टुंगिन्छ मलाई थाहा छैन। विशेष महाधिवेशन माग गर्ने सदस्यहरूले नीति पनि दल्ने र नेता पनि बदल्ने भन्नुएको छ। यो मैले मागेको होइन। तपाईंहरूले मागेको हो। म पनि यहाँ पाहुना भएर आएको हुँ। हाउसले जे निर्णय गर्छ, त्यो मैले मान्नुपर्छ। जहाँ गएर टुंगिन्छ, त्यसलाई मैले स्वीकार्नुपर्छ,' महामन्त्री थापाले भने।


उनले विशेष महाधिवेशनलाई विशेष बनाएर टुंग्याउने बताए। 'उद्‍घाटन पार्टी सभापतिले गरेको देख्न चाहन्थ्यौं। यो सब देखेर कांग्रेसमा झगडा भइरहेको लाग्न सक्छ। कोही उपस्थित र कोही नभएको देख्न सक्छन्। यो शक्ति र सत्ताको संघर्ष होइन। यो विचार, मूल्य र मान्यताको संघर्ष हो,' थापाले भने।



उनले यहाँ कोही मालिक र कोही दास नभएको बताए। 'यहाँ सबै बराबर छन्। लामो समयदेखि पार्टीमा जाम भएको थियो। त्यो आजबाट भत्किएको छ। अब कसैले पनि पार्टीको सदस्यलाई हेप्न सक्दैन। तल बसेकालाई माथिकाले सलाम गर्न पर्छ। अब तलकाले माथिलाई गर्ने होइन,' उनले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा (एमाले)की वरिष्ठ नेत्री विद्यादेवी भण्डारीले नुवाकोट पुगेर बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेकी छन्। मंगलबार उनले गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिकाका विभिन्न क्षेत्रको निरीक्षण गरेकी हुन्। सडकमार्ग हुँदै नुवाकोट पुगेकी भण्डारीले विदुर नगरपालिकाका ढुङ्गे, त्रिशूली, गेर्खु, बेत्रावती, देवीघाट तथा बेलकोटगढी नगरपालिकाको काशीटारलगायतका स्थानहरूको निरीक्षण ...
। जेनजी आन्दोलनमा सहभागी हुँदा‍ पक्राउ परेकाका आमाहरूले सिंहदरबार अगाडि धर्ना दिएका छन्। गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सहभागी हुँदा पक्राउ परेर प्रहरी हिरासतमा रहेकाका आमाहरूले आज सिंहदरबार अगाडि धर्ना दिएका हुन्। उनीहरूले सिंहदरबार प्रवेशको गेटमा बसेर धर्ना दिए।
: संविधानले दिएको अधिकार कार्यान्वयन नभएको र संघीय सरकारले आवश्यक कानुन तथा स्रोतसाधन उपलब्ध नगराएको भन्दै प्रदेशका मुख्यमन्त्रीहरू साझा दबाब सिर्जना गर्ने तयारीमा जुटेका छन्। प्रदेश सरकारका समस्या छुट्टाछुट्टै उठाउँदा सुनुवाइ नभएको निष्कर्षसहित सातै प्रदेशका मुख्यमन्त्रीहरूले मोर्चाबन्दी गरेका हुन्। उनीहरु साझा एजेन्डा बनाएर प्रधानमन्त्रीसँग सामूहिक छलफल गर्ने तयारीमा छन्। कोशी प्रदेश सरकारको आयोजनामा विराटनगरमा मंगलबारदेखि ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको राजनीतिमा अनिश्चय र अनिश्चितताको कालो बादलहरू मडारिरहेको भन्दै यस्तो समयमा मुलुकलाई निकास दिने एकमात्र पार्टी राप्रपा भएको जिकिर गरेका छन् । नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले मुलुकका अन्य राजनीतिक दलहरु असफल भइसकेको उनको भनाइ छ । ‘नेपालको राजनीति एउटा अध्यारो सुरुङमा ...
: ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र ओमानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने बताएका छन्। मंगलबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत राणाले नेपालको राष्ट्रिय हितको संरक्षण र प्रवद्र्धन गर्दै नेपाल र ओमानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएका हुन्। उनले नेपाल–ओमानबीचको बलियो जनस्तरको ...