: नेपाली कांग्रेसका शीर्ष नेता शेखर कोइरालाका विश्वासिला मानिएका दुई नेता डा. सुनिल शर्मा र केदार कार्की विशेष महाधिवेशनको पक्षमा उभिएका छन्।
अघिल्लो निर्वाचनमा शर्मा मोरङ-३ बाट विजयी भएका थिए। शर्मा शेखरको पक्षमा खुलेरै लामो समयदेखि साथ दिँदै आएका छन्।
त्यस्तै कांग्रेसका अर्का नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की पनि पार्टीको विशेष महाधिवेशनको पक्षमा उभिएका छन्। उनले देश र पार्टी जोगाउन विशेष महाधिवेशन अपरिहार्य भएको बताएका छन्।
कोइरालाका विश्वासपात्र मानिएका उनी भन्छन्, ‘देश र पार्टी जोगाउन विशेष महाधिवेशनको सफलता अपरिहार्य छ।’