मुख्य समाचार
लागुऔषधसहित दुई जना पक्राउ
लागुऔषधसहित दुई जना पक्राउ

: ठूलो परिमाणको लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानले लागुऔषध नियन्त्रण अभियानअन्तर्गत ठूलो परिमाणको लागुऔषध सहित उनीहरूलाई पक्राउ गरेको डीएसपी भीषणबाबू राईले बताए।

आइतबार बिहान प्रहरी हवलदार खेम बरालको कमाण्डमा खटिएको तीन जनाको गस्ती टोलीले धरान उप–महानगरपालिका–१७ मा कालाबञ्जारबाट धरानतर्फ आउँदै गरेको को १८ प ४२५६ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा मोटरसाइकलमा सवार सुनसरीको कोशी गाउँपालिका–१ का १८ वर्षीय जयप्रकाश यादवको साथबाट लागुऔषध ट्रामाडोल ९ हजार ९ सय १० क्याप्सुल फेला परेको डीएसपी राईले बताए।


लागुऔषध बरामद गरेपछी प्रहरीले लागुऔषध सहित जयप्रकाश यादव र मोटरसाइकल चालक सोही स्थानका २३ वर्षीय रोशन झालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखेको छ। बरामद गरिएको लागुऔषध, मोटरसाइकल र दुवै व्यक्तिलाई हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको डीएसपी राईले जानकारी दिए।



प्रहरीका अनुसार नेपाल–भारत खुला सिमानाको दुरुपयोग गर्दै तस्करहरूले भारतबाट लागुऔषध खरिद गरी नेपाल भित्र्याउने र पहाडी जिल्लासम्म पुर्‍याई बिक्री वितरण गर्ने गरेका छन्। पछिल्लो समय सुनसरी, मोरङलगायत तराईका जिल्लालाई ट्रान्जिट प्वाइन्ट बनाएर लागुऔषधको अवैध कारोबार बढ्दै गएको प्रहरीले जनाएको छ।

प्रहरीले दैनिकजसो लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिरहेको भए पनि लागुऔषध नियन्त्रण अझै चुनौतीपूर्ण बन्दै गएको छ। विशेषगरी ट्रामाडोल, ब्राउन सुगर र विभिन्न प्रकारका नशालु औषधिहरू युवा पुस्तामाझ सजिलै उपलब्ध हुन थालेपछि समाजमा गम्भीर समस्या देखिन थालेको छ।

लागुऔषधको कुलतमा फस्दै गएका युवाहरूका कारण पारिवारिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा नकारात्मक प्रभाव परिरहेको छ। यस समस्याको दीर्घकालीन समाधानका लागि सीमा नाकामा कडाइ, निरन्तर प्रहरी निगरानी, समुदाय–प्रहरी सहकार्य तथा युवालाई लक्षित सचेतनामूलक कार्यक्रम आवश्यक रहेको धरान–१५ का कुमार भारतीले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय लाग्ने बताएका छन् । शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले ढिलो होला तर गलत नहुने बताएका हुन् । उनले नआत्तिन पनि सबैलाई आग्रह गरेका छन् । शाहले सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्ने पनि बताएका छन् । कहिलेकाहीँ एक्लै लड्नुपर्ने र यो पहिलो चोटी नभएको बताएका ...
। विभिन्न प्रगतिशील तथा परिवर्तनकारी राजनीतिक शक्तिहरूलाई एकताबद्ध गर्ने उद्देश्यसहित साना आठ दलले ‘अग्रगामी मोर्चा’ गठन गरेका छन् । जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, र खुम्बुवान राष्ट्रिय मोर्चाले ‘अग्रगामी मोर्चा’ गठन गरेका हुन् । नयाँ बानेश्वरको थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा आयोजित ...
। खोटाङमा जंगलमा रोकेर राखेको ट्रकमा एक हजार ३१५ किलो गाँजा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले शुक्रबार उक्त गाँजा फेला पारेको हो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरी डाँडास्थित मध्यपहाडी लोकमार्गमा जंगलमा शंकास्पद अवस्थामा रोकेर राखेको ट्रकमा जाँच गर्दा लुकाएर राखिएको अवस्थामा उक्त गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक निराजन बस्नेतले ...
। खोटाङमा जंगलमा रोकेर राखेको ट्रकमा एक हजार ३१५ किलो गाँजा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले शुक्रबार उक्त गाँजा फेला पारेको हो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरी डाँडास्थित मध्यपहाडी लोकमार्गमा जंगलमा शंकास्पद अवस्थामा रोकेर राखेको ट्रकमा जाँच गर्दा लुकाएर राखिएको अवस्थामा उक्त गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक निराजन बस्नेतले ...
। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति परिवर्तन भएको छ । उनी २८ साउनमा स्वदेश फर्किने भएका छन् । कांग्रेस नेता डा. प्रकाशशरण महतले पूर्वसभापति देउवा नेपाल फर्किने समय परिवर्तन भएको जानकारी दिए । उनका अनुसार पूर्वप्रधानमन्त्री देउवा आगामी बिहीबार (साउन २८ गते) मध्यान्ह साढे १२ बजे काठमाडौं अवतरण हुने भएका छन् । कांग्रेस संस्थापन ...