मुख्य समाचार
लागुऔषधसहित दुई जना पक्राउ
लागुऔषधसहित दुई जना पक्राउ

: ठूलो परिमाणको लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानले लागुऔषध नियन्त्रण अभियानअन्तर्गत ठूलो परिमाणको लागुऔषध सहित उनीहरूलाई पक्राउ गरेको डीएसपी भीषणबाबू राईले बताए।

आइतबार बिहान प्रहरी हवलदार खेम बरालको कमाण्डमा खटिएको तीन जनाको गस्ती टोलीले धरान उप–महानगरपालिका–१७ मा कालाबञ्जारबाट धरानतर्फ आउँदै गरेको को १८ प ४२५६ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा मोटरसाइकलमा सवार सुनसरीको कोशी गाउँपालिका–१ का १८ वर्षीय जयप्रकाश यादवको साथबाट लागुऔषध ट्रामाडोल ९ हजार ९ सय १० क्याप्सुल फेला परेको डीएसपी राईले बताए।


लागुऔषध बरामद गरेपछी प्रहरीले लागुऔषध सहित जयप्रकाश यादव र मोटरसाइकल चालक सोही स्थानका २३ वर्षीय रोशन झालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखेको छ। बरामद गरिएको लागुऔषध, मोटरसाइकल र दुवै व्यक्तिलाई हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको डीएसपी राईले जानकारी दिए।



प्रहरीका अनुसार नेपाल–भारत खुला सिमानाको दुरुपयोग गर्दै तस्करहरूले भारतबाट लागुऔषध खरिद गरी नेपाल भित्र्याउने र पहाडी जिल्लासम्म पुर्‍याई बिक्री वितरण गर्ने गरेका छन्। पछिल्लो समय सुनसरी, मोरङलगायत तराईका जिल्लालाई ट्रान्जिट प्वाइन्ट बनाएर लागुऔषधको अवैध कारोबार बढ्दै गएको प्रहरीले जनाएको छ।

प्रहरीले दैनिकजसो लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिरहेको भए पनि लागुऔषध नियन्त्रण अझै चुनौतीपूर्ण बन्दै गएको छ। विशेषगरी ट्रामाडोल, ब्राउन सुगर र विभिन्न प्रकारका नशालु औषधिहरू युवा पुस्तामाझ सजिलै उपलब्ध हुन थालेपछि समाजमा गम्भीर समस्या देखिन थालेको छ।

लागुऔषधको कुलतमा फस्दै गएका युवाहरूका कारण पारिवारिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा नकारात्मक प्रभाव परिरहेको छ। यस समस्याको दीर्घकालीन समाधानका लागि सीमा नाकामा कडाइ, निरन्तर प्रहरी निगरानी, समुदाय–प्रहरी सहकार्य तथा युवालाई लक्षित सचेतनामूलक कार्यक्रम आवश्यक रहेको धरान–१५ का कुमार भारतीले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रुकुम पूर्वमा प्रहरीले ठूलो परिमाणमा भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व मातहतका विभिन्न इकाइहरूले सञ्चालन गरेको विशेष अप्रेसनका क्रममा ९ नाल भरुवा बन्दुक फेला परेको हो। इलाका प्रहरी कार्यालय काँक्री, रुकुम पूर्वले पुस २४ गते भूमे गाउँपालिका–२ ढुसीडाँडास्थित बनमाराको जंगलमा लुकाइ छिपाइ राखिएको अवस्थामा १ नाल साबुत र ६ नाल ...
: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सभापति बन्नका लागि आग्रह गरेको दाबी गरेका छन्। विशेष महाधिवेशनको उद्‍घाटन सत्रमा सम्बोधन गर्दै उनले आफू र विश्वप्रकाश शर्मा उनकै निवास गएर उक्त आग्रह गरेको बताए। 'कार्यवाहक सभापतिको घरमा हात जोडेर सभापति बन्नुस् भनेका छौं। त्यति गर्दा पनि उहाँहरूको उपस्थिति आज भएन। य दुःखद कुरा हो,' ...
: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक तहमा रहेका असन्तुष्टिका प्रत्येक तह (केस्रा केस्रा) केलाएर छलफल गरिने बताएका छन्। आइतबार काठमाडौंमा सुरू भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्‍घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री शर्माले आम नागरिकका गुनासा, असन्तुष्टि र अपेक्षालाई बुँदागत रूपमा संकलन, पहिचान र समीक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले प्रत्यक्ष तथा अनलाइन माध्यमबाट ...
: विराटनगरका सडकमा वर्षौँदेखि देखिँदै आएको सिटी सफारी (ई–रिक्सा)को अव्यवस्थित, असुरक्षित र मनपरी सञ्चालनलाई अन्त्य गर्ने उद्देश्यसहित नयाँ अभियान सुरु गरिएको छ। यात्रु सुरक्षालाई केन्द्रमा राखेर जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले अघि सारेको ‘सुरक्षित चालक’ अभियानअन्तर्गत अब विराटनगरमा चल्ने सिटी सफारी चालक ट्राफिक प्रहरीद्वारा प्रशिक्षित, प्रमाणित र स्पष्ट पहिचानसहित सडकमा देखिने छन्। अभियानमार्फत लाइसेन्सविहीन चालक, ...
: नेपाली कांग्रेसका शीर्ष नेता शेखर कोइरालाका विश्वासिला मानिएका दुई नेता डा. सुनिल शर्मा र केदार कार्की विशेष महाधिवेशनको पक्षमा उभिएका छन्। अघिल्लो निर्वाचनमा शर्मा मोरङ-३ बाट विजयी भएका थिए। शर्मा शेखरको पक्षमा खुलेरै लामो समयदेखि साथ दिँदै आएका छन्। त्यस्तै कांग्रेसका अर्का नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की पनि पार्टीको विशेष महाधिवेशनको पक्षमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम