: रुकुम पूर्वमा प्रहरीले ठूलो परिमाणमा भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व मातहतका विभिन्न इकाइहरूले सञ्चालन गरेको विशेष अप्रेसनका क्रममा ९ नाल भरुवा बन्दुक फेला परेको हो।
इलाका प्रहरी कार्यालय काँक्री, रुकुम पूर्वले पुस २४ गते भूमे गाउँपालिका–२ ढुसीडाँडास्थित बनमाराको जंगलमा लुकाइ छिपाइ राखिएको अवस्थामा १ नाल साबुत र ६ नाल बेसाबुत गरी ७ नाल भरुवा बन्दुक बरामद गरेको छ।
त्यसैगरी, सोही दिन अस्थायी प्रहरी पोस्ट खोपिचारले सिस्ने गाउँपालिका–६ सांग्रेखोलास्थित जंगलबाट १ नाल साबुत र १ नाल बेसाबुत गरी २ नाल भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर बिकले बताए।