: नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरूलाई आज शपथ ग्रहण हुने भएको छ।
पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो साढे १ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको संयोजक प्रचण्डको सचिवालयले जनाएको छ।
कात्तिक अन्तिम साता नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दलहरूबीच एकतापछि नेपाली कम्युनिस्ट पार्टी घोषणा भएको हो। सहमतिमा पुष्पकमल दाहाल संयोजक र माधवकुमार नेपाललाई सहसंयोजक बनाएको थियो।