: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रयोग गर्न सकिने सैन्य र गोप्य विकल्पबारे जानकारी दिएको रक्षा विभागका दुई अधिकारीले बीबीसीसँग बताएका छन्।
सम्भावित अमेरिकी हस्तक्षेपका लागि लामो दूरीको क्षेप्यास्त्र आक्रमण एक विकल्प बनेको छ। तर पेन्टागनका अधिकारीहरूले साइबर अपरेशन र मनोवैज्ञानिक अभियान प्रतिक्रिया पनि अगाडि बढाइने उल्लेख छ।
तीन हप्तादेखि जारी सरकार विरोधी प्रदर्शनमा ६०० भन्दा बढी प्रदर्शनकारी मारिएको अधिकार समूहहरूले बताएपछि ट्रम्पले सोमबार इरानसँग व्यावसायिक सम्बन्ध भएका देशबाट आउने सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्।
इरानका विदेशमन्त्रीले वासिङ्टनसँग वार्ता गर्न खुला रहेको तर युद्धका लागि पनि तयार रहेको बताएका थिए।
ट्रम्पको राष्ट्रिय सुरक्षा टोलीले इरानका लागि विकल्पबारे छलफल गर्न मंगलबार ह्वाइट हाउसमा बैठक गर्ने जनाएका छन्।
अमेरिकी राष्ट्रपतिले यसअघि इरानमा धेरै प्रदर्शनकारी मारिएमा आफ्नो सेनाले हस्तक्षेप गर्न धेरै बलियो विकल्पबारे विचार गरिरहेको भनेका थिए। उनले इरानी नेताहरूले आफूलाई वार्ता गर्न बोलाएको तर अमेरिकाले बैठक अघि कारबाही गर्नुपर्ने हुन सक्ने बताए।
अमेरिकी राष्ट्रपतिले आवश्यक परेमा सैन्य विकल्प प्रयोग गर्ने उल्लेख छ।
बीबीसीसँग दुई स्रोतले इरानमा हुने कुनै पनि अमेरिकी सैन्य प्रतिक्रियामा हवाई शक्ति प्रयोग हुने सम्भावना रहेको बताएका छन्। तर योजनाकारहरूले इरानी कमाण्ड संरचना र सञ्चारलाई बाधा पुर्याउने विकल्प पनि रहेको उल्लेख गरेका छन्।