मुख्य समाचार
नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अगाडि बढाइएकोको छ
नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अगाडि बढाइएकोको छ

: नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अगाडि बढाइएकोको छ। मंगलबार कांग्रेस विशेष केन्द्रीय महाधिवेशन केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम के.सी.को संयोजकत्वमा बसेको बैठकले निर्वाचन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।




संयोजक के.सी.ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ʻनेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित), नियमावली २०७६ तथा नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२ एवं नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन निर्वाचन निर्देशिका, २०८२ बमोजिम नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनबाट निर्वाचित हुने नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन आज मिति २०८ २००९ २९ गतेका दिन काठमाडौं जिल्ला भृकुटी मण्डपमा सम्पन्न हुने गरी नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता श्री सीताराम के.सी. ज्यूको संयोजकत्वमा आज मिति २०८ २००९ २९ गते मंगलबारका दिन नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको कार्यालय, काठमाडौंमा बैठक बसी निर्वाचन प्रक्रिया अगाडि बढाइएको ब्यहोरा सूचित गरिन्छ।ʼ


कांग्रेस केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिका समेत प्रकाशन गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै गतिविधि नगर्न अपील गरेको छ। विशेष महाधिवेशन पक्षधरलाई लक्षित गर्दै जारी गरेको विज्ञप्तिमा उनले भनेका छन्, 'देशको विषम परिस्थितिका प्रति गम्भीर हुँदै पार्टीभित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरूरी छ। यस अवस्थामा पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सम्बन्धित ...
: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, वरिष्ठ अधिवक्ताहरूसँग छलफल गरेका छन्। छलफलमा डा. कोइरालाले आफू पार्टीलाई एकताबद्ध गरेर लैजानका लागि प्रतिबद्ध रहेको बताएका हुन्। नेता कोइरालाले पार्टीलाई फुटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको जानकारी दिए। उनले आफू विष पिएरै भएपनि पार्टीभित्रको एकता ...
उपेन्द्र यादव पुगे निर्वाचन आयोग, लोसपासँग एकतापछि समानुपातिक बन्दसूचीमा साझा नाम बुझाउने तयारी
: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हजारौं संख्यामा उपस्थित भएका महाधिवेशन प्रतिनिधिहरूको भेलालाई हल्का रूपमा नलिन आग्रह गरेका छन्। भुकुटीमण्डपमा बन्द सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले भागबण्डाका लागि भेला गरेको हल्ला फैलाइएको बताए। 'यो त टिकेट र भागबण्डाका लागि गरिएको भनेर हल्ला फैलाइएको छ। यसले अझै के पुष्टि हुन्छ भने उनीहरूले हाम्रो कुरा बुझेकै छैनन्। हामीलाई ...
: मृत्यु भइसकेका व्यक्तिको नाममा भत्ता निकासा गरी अनियमितता गरेको आरोपमा वडाध्यक्षसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दोलखा मेलुङ गाउँपालिका-१ का वडाध्यक्ष ईश्वर कोइरालासहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। आयोगले मेलुङ गाउँपालिका-१ का वडाध्यक्ष कोइरालासहित सोही वडा कार्यालयका तत्कालीन वडा सचिव विजय उप्रेती र कार्यालय सहायक दलबहादुर थापाविरुद्ध सामाजिक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम