मुख्य समाचार
२० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनामा प्राविधिक परीक्षण कार्य सुरु
२० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनामा प्राविधिक परीक्षण कार्य सुरु

: गोसाइँकुण्ड गाउँपालिका-५, स्याफ्रुबेसीमा मल्टी इनर्जी डेभलपमेन्ट प्रालिद्वारा निर्माण भएको २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनामा आइतबार प्राविधिक परीक्षण कार्य सुरु भएको छ।

आयोजनाको बाँधस्थलको सफल परीक्षणपछि बालुवा थिग्राउने पोखरी, सुरुङ, पेन्स्टक लगायत आयोजनाअन्तर्गत निर्माण भएका संरचना तथा उपकरणहरूको चरणबद्ध प्राविधिक परीक्षण पुस २७ गतेदेखि सुरु भई परीक्षण सम्पन्न नहुँदासम्म निरन्तर जारी रहने आयोजनाले जनाएको छ।


आयोजना निमित्त प्रमुख नारायण सुवेदीका अनुसार प्राविधिक परीक्षणका क्रममा बाँधस्थलमा रहेका गेट तथा विद्युतगृहका उपकरणहरू समय–समयमा खोल्ने र बन्द गर्ने कार्य गरिने भएकाले कहिलेकाहीँ एकैपटक ठूलो मात्रामा पानी छोड्नुपर्ने अवस्था आउन सक्ने बताए। यसका कारण बाँधस्थलभन्दा तल्लो तटीय क्षेत्रमा लाङटाङ खोलाको बहाव असामान्य रूपमा परिवर्तन हुन सक्ने भएकाले नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आयोजना कार्यालयले आग्रह गरेको छ।



यस अवधिमा नदी क्षेत्रमा आवतजावत गर्ने, पौडी खेल्ने, माछा मार्ने, नुहाउने, लुगा धुने, बस्तुभाउ चराउने तथा नदीजन्य सामग्री उत्खनन जस्ता गतिविधिहरू अत्यन्त जोखिमपूर्ण हुने भन्दै सर्वसाधारणलाई नदी क्षेत्रभित्र प्रवेश नगर्न तथा नगराउन अनुरोध गरिएको छ।

साथै, परीक्षण अवधिमा कुनै असामान्य अवस्था वा सम्भावित जोखिम देखिएमा तत्काल आयोजना कार्यालय वा नजिकको प्रहरी चौकीमा जानकारी गराउन आयोजनाले आग्रह गरेको छ। यो आयोजना २०७७ सालदेखि सुरु भएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: च्याटजीपीटीको मातृ कम्पनी ओपनएआईले आन्तरिक नियम उल्लंघन गरेको आरोपमा आफ्ना तीन अनुसन्धानकर्तालाई बर्खास्त गरेको छ। कम्पनीका प्रवक्ताले अनुसन्धानका क्रममा ती व्यक्तिहरूले कम्पनीले तय गरेका प्रक्रियाबाहिर संवेदनशील जानकारीको दुरुपयोग गरेको, कम्पनीका नीतिहरू उल्लंघन गरेको र आफ्नो सञ्चालनका लागि आवश्यक विश्वास कमजोर बनाएको पुष्टि भएको बताएका छन्। ओपनएआईले ती अनुसन्धानकर्ताहरूले कुन जानकारी प्राप्त गरेका थिए वा त्यसको कसरी ...
। मेटाका सीईओ मार्क जुकरबर्गले आफ्ना प्रतिस्पर्धी कम्पनी एप्पलमाथि कटाक्ष गर्दै ‘म्युज चार्म’ नामको नयाँ एआई डिभाइस सार्वजनिक गरेका छन्। स्टिभ जब्सको शैलीमा आयोजित मेटाको वार्षिक ‘मेटा कनेक्ट’ सम्मेलनमा पकेट वाच आकारको यो नयाँ ग्याजेट प्रस्तुत गरिएको हो । जसले मेटाको भाइरल एआई एजेन्ट ‘म्युज’लाई भौतिक रूपमा मानिसको हातसम्म पुर्‍याउनेछ। ग्याजेटको मद्दतले प्रयोगकर्ताहरूले स्मार्टफोनका एआई एपहरू ...
। अमेरिकी एआई कम्पनीहरू एन्थ्रोपिक र ओपनएआईले मंगलबार एकै दिन नयाँ, सस्तो एआई मोडलहरू सार्वजनिक गरेका छन्। दुवै कम्पनीका कार्यकारीहरूले केही दिनअघि मात्र एआई विकासमा ढिलाइ र कडा सुरक्षा उपायको आह्वान गरेपछि नै यो मोडल सार्वजनिक गरेका हुन्। एन्थ्रोपिकले क्लड ओपस ५.५ सार्वजनिक गरेको छ, जसले कम्पनीको फ्ल्यागसिप मोडल क्लड फेबल ५.१ जस्तै पर्फमेन्स दिने र अघिल्लो ...
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले सबैभन्दा उन्नत एआईको विकास केही समयका लागि सुस्त बनाउनुपर्ने प्रस्तावलाई समर्थन गरेका छन् । साथै उनले मानवताको सुरक्षा आवश्यक परे ओपनएआईले आफ्ना सबै जीपीयू पगाल्न समेत तयार रहेको समेत बताएका हुन् । यद्यपि यो अवस्था आउने कुरा एउटा हाइपोथेसिस मात्र रहेको उनले बताएका छन् । अल्टम्यानले एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो ...
। एआई कम्पनी एन्थ्रोपिकले आफ्नो एआई सेवा क्लडको दुरुपयोग गरी साइबर हमला, सूचना हेरफेर, निगरानी, ठगी र प्रतिस्पर्धी एआई मोडल विकास गर्ने काम भएको दाबी गरेको छ। कम्पनीले सार्वजनिक गरेको ‘डिटेक्टिङ एन्ड काउन्टरिङ मिसयुज अफ एआई : सेप्टेम्बर २०२६’ रिपोर्टमा पछिल्ला ८ महिनामा पत्ता लगाइएका र अवरुद्ध गरिएका विभिन्न गतिविधिको विवरण सार्वजनिक गरेको हो। रिपोर्टमा समेटिएका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम